प्रधानमन्त्री भन्छन् माओवादीले केही गर्दैन निर्धक्क भएर लगानी गर्नुस

काठमाडौं माघ १४
प्रधानमन्त्री वावुराम भट्टराईले सरकारले लिएको आर्थिक नीति नै माओवादीको नीति भएको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले आर्थिक वृद्धि हासिल गर्न विदेशी तथा आन्तरिक पुँजी आवश्यक हुने भएकाले लगानीको सुरक्षा सरकारले गर्ने बताए ।
'माओवादीले स्वदेशी तथा विदेशी लगानीलाई जहिले प्रोत्साहन गर्ने छ,' वालुवाटार निवासमा आर्थिक पत्रकारहरुसँग उनले भने, 'विदेशी लगानी विना आर्थिक वृद्धि संभव पनि छैन ।' प्रधानमन्त्रीले माओवादी विदेशी लगानीको विरोधी छैन भन्ने सन्देश दिनसमेत भारतसँग विप्पा भएको दावी गरे ।
'सरकारमा मलाई पाटीले पठाएको हो । सरकारले अगाडि सारेको नीति नै पार्टीको नीति हो,' उनले भने । प्रधानमन्त्रीले पार्टीका सदस्यले दिएको भनाइ व्यक्तिगत भएको दावी गरे ।
'भारतसँग विप्पा हुनुमा विदेशी लगानी ल्याउन सुरक्षा महत्वपूर्ण भएकोले गरिएको हो,' उनले भने, 'चीन लगायत अरु मुलुकसँग पनि विप्पाको तयारी भइरहेको छ ।' प्रधानमन्त्री भट्टराईले विदेशी लगानीको लागि सुरक्षित गन्तब्यको रुपमा नेपाल विकसित हुँदै गएको बताउँदै विदेशी लगानीलाई पूर्ण सुरक्षाको ग्यारेन्टी दिइने प्रतिवद्धता समेत गरे ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रिय विकास सम्वृद्धिको तत्कालिन कार्ययोजना बजेटको सीमा भित्रै रहेर ल्याइएको बताए । 'राष्ट्रिय प्राथमिकता क्षेत्र तोकेर आर्थिक विकासलाई अगाडि बढाउन खोजिएको छ । बजेटको सीमा भित्रै रहेर कार्यक्रम आएको हो,' उनले भने, 'यसका लागि पूरक बजेट ल्याउन आवश्यक ठानिएन ।' उनले कार्यक्रमबाट नीतिगत स्पस्टता ल्याउन खोजिएको र सकारात्मक सोचको विकास गर्न खोजिएको जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन अन्य मन्त्रालयको रकम रकमान्तर गरिने जानकारी दिए ।
विद्युत उत्पादनलाई प्राथमिकतामा राखेर अवरोध गर्न नपाइने ऐन ल्याउने तयारी भइरहेको भन्दै प्रधानमन्त्रीले अवरोध गरे सरकार कठोर हुनेसमेत बताए । 'जलविद्युत निर्माणमा कुनै अवरोध गर्न नपाइने प्रावधान राखेर ऐन निर्माण गर्दछौ,' उनले भने ।
प्रधानमन्त्रीले सरकारको प्राथमिकता शान्ति संविधान सुशासन र राहत सहितको समृद्धि रहेको बताए । उनले सुशासनले आर्थिक विकास र समृद्धिका लागि वातावरण बनाउने बताए । 'सुशासनले आर्थिक विकासका लागि वातावरण तयार पार्छ,' उनले भने । उनले नेपालीहरु साधन र स्रोतमा गरिव नभइ सोचाइमा गरिव भएको बताए । उनले जनतामा सकारात्म सोच जगाउन कार्यक्रम ल्याइएको दावी गरे । 'हामी लामो समयदेखि हिनतावोधले थिचिएर कुनै पनि कुरालाई सकारात्मक रुपमा नहेर्ने भयौं,' उनले भने । उनले लामो समयदेखि आर्थिक विकास नभएर वेरोजगारी वढेकाले यस्तो सोचाइको विकास भएकाले सरकारले रोजगारी वृद्धिका कार्यक्रम ल्याएको दावी गरे ।
उनले राजनीतिक प्रणालीमा रहेको त्रुटीका कारणले साधान स्रोतको ठिक ढंगले परिचालन र विनियोजन हुन नसकेर आर्थिक वृद्धि हुन नसकेको बताए । उनले यो अवधिमा सामाजिक न्यायको पाटो पनि ध्यान दिन नसकेकाले जनतामा निरासा बढेको बताए ।
प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासको प्रतिफल आम जनतामा पुर् याउन नसके राजनीतिक परिवर्तनबाट आएको उपलब्धि स्थायी हुन नसक्नदे बताए । उनले शान्ति र संविधान तयार पार्ने हो भने आर्थिक विकासको एजेन्डालाई पनि सँगसँगै लिएर जानु पर्ने बताए ।
प्रधानमन्त्रीले तत्काल आर्थिक वृद्धि गर्न विदेशी पुँजी आवश्यक भएपनि आन्तरिक पुँजीको समेत निर्माण गर्नु पर्ने बताए । 'सुरुको चरणमा विदेशी लगानी आवश्यक पर्छ । विस्तारै आन्तरिक पुँजीको निर्भरता वढाउनु पर्छ,' उनले भने ।
उनले आर्थिक वृद्धिलाई रोजगारीसँग जोड्न नसके यो उत्पादनमूलक नहुने दावी गरे । 'आथिक वृद्धि गर्ने आयोजना छ तर त्यसले रोजगारी वृद्धि गरेन भने ठूलो निरासा आउँछ,' उनले भने, 'यसले सामाजिक रुपान्तरण हुँदैन । आर्थिक वृद्धि मात्र हुन्छ विकास हुँदैन । साँचो विकास गर्न रोजगारी श्रृजनासमेत सँगसँगै हुनु पर्छ ।'
प्रधानमन्त्रीले योजना वनाउँदा कति प्रतिशत आर्थिक वृद्धिसहित कतिलाई रोजगारी दिन्छ भन्नेसमेत विश्लेषण गरिएको बताए । उनले आफूले ल्याएको योजनाबाट वार्षिक पौने सात लाखलाई रोजगारी दिने बताए ।
प्रधानमन्त्रीले समाजिक न्यायसहितको आर्थिक वृद्धि भएन भने यसले स्थिरता नदिने दावी गरे । उनले आर्थिक वृद्धिलाई सवै क्षेत्रमा पुर् याइने समेत बताए ।
उनले कृषिको रुपान्तरण विना दीगो आर्थिक विकास गर्न नसकिने भएकाले करोडौं जनताको जीवनमा सकारात्मक असर पार्न कृषिमा लगानी वढाउनु पर्ने बताए । 'कृषिमा छुट्याइएको १२ अर्ब रुपैयाँलाई दोब्बर पार्न निर्देशन दिइक्ष्सकेको छ,' उनले भने, 'गार्हस्थ उत्पादनको एक तीहाइ हिस्सा ओगट्ने कृषिलाई हामीले प्राथमिकतामा राख्नै पर्छ ।'
प्रधानमन्त्रीले राज्य अगाडि सरेपछि मात्रै निजी क्षेत्र आउने भन्दै प्राथमिकता प्राप्त क्षेत्रमा सरकारले लगानी गर्न योजना बनाएको बताए ।

रियलस्टेट सुधार्ने सरकारी नीित
प्रधानमन्त्रीले रियलस्टेट व्यवसायलाई उकास्ने सरकारी नीति भएको बताएका छन् । उनले रियलस्टेटमा पुँजी फसेकाले बैंक कर्जा चुक्त गर्न नसकेकाले यसको असर अन्य क्षेत्रमा पनि परेको भन्दै सुधारका लागि सरकारले कार्यक्रम ल्याउने ब ताए । 'तत्कालका लागि कर्जा पुनर्तालिकीकरण गर्नै नीतिगत निर्णय गरेका छौं,' उनले भने ।
उनले रियलस्टेट क्षेत्र व्यवसायलाई उकास्नलाई निस्चित नीति बनाएर सरकारले नै किन्ने योजना बनाएको बताए । उनले यसका लागि सरकारी कर्मचारी उच्च पदस्थ व्यक्तिहरुलाई यस्तो घर किनेर उपलब्ध गराउने सरकारी या ेजना रहेको सुनाए ।
'आफै आर्किटेक भएका नाताले पनि मलाई यसको महत्वका बारेमा राम्ररी थाहा छ,' उनले भने । प्रधानमन्त्रीले उच्च पदस्त व्यक्तिलाई घर उपलब्ध गराए राजनीतिबाट पनि एकहदसम्मको विकृति हट्ने बताए ।
'मेरो घरसर केही छैन । प्रधानमन्त्री भएको मान्छे भोली ससडकमा सुत्ने भन्ने त हुँदैन,' उनले भने, 'सरकारले केही व्यवस्था गरेन भने सत्तामा वसुन्जेल म कमाउन थाल्छु । यसले पनि हाम्रो राजनीति विकृत भएको छ ।' उनले यस्तो विक्रृतिको अन्त्य गर्नका लागि पनि निस्चित व्यक्तिका लागि आवास उपलब्ध गराउनु पर्ने बताए ।




No comments:

Post a Comment

thanks for comment