१ खर्ब ९४ अर्ब निक्षेपको सुरक्षण

काठमाडौं माघ १४
निक्षेप तथा कर्जा सुरक्षण निगममा बिहीबार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले निक्षेपको सुरक्षण गराएका छन् । यससँगै निक्षेपको सुरक्षण ३१ वटै वाणिज्य बैंकको भएको छ । निगमका अनुसार ८५ विकास बैंक ७३ वटा फाइनान्स कम्पनी र २ लघुवित्त विकास बैंकले निक्षेप सुरक्षण गराएका छन् ।
निगमका महाप्रबन्धक भोलाप्रसाद शर्मा अधिकारीका अनुसार ७९ लाख निक्षेपकर्ताको बचतको सुरक्षण भएको छ । 'कुल १९१ बैंक तथा वित्तीय संस्थाको १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको निक्षेप सुरक्षण भएको छ,' उनले  नागरिकसँग भने । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गराउन निर्देशन दिएको थियो ।
शर्माका अनुसार ३१ वाणिज्य बैंकको ५२ लाख निक्षेपकर्ताको बचत सुरक्षण भएको छ । वाणिज्य बैंकको १ सय ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप सुरक्षण भएको हो । ८५ विकास बैंकको १० लाख निक्षेपकर्ताको २७ अर्ब ९७ करोडको निक्षेप सुरक्षण भएको उनले जानकारी दिए ।
निगममा ७३ फाइनान्स कम्पनीका ५ लाख ५२ हजार निक्षेपकर्ताको ३१ अर्ब रुपैयाँ बचतसमेत सुरक्षण भएको छ । २ लघुवित्त विकास बैंकका १ लाख ४२ हजार निक्षेपकर्ताको ४७ करोड २१ लाख रुपैयाँ बराबरको बचत सुरक्षण भएको शर्माले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment