हिमालयनमा अध्यक्ष र प्रमुख कार्यकारी नयाँ आउने

सुदर्शन सापकोटा
काठमाडौं, पुस १९
हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फेरिने भएका छन्। अध्यक्षमा प्रेमप्रकाश खेतान आउने निश्चित भए पनि प्रमुख कार्यकारी अधिकृतको भने टुंगो लागेको छैन। आगामी वैंशाखबाट अहिलेका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक राणाको समयावधि सकिँदैछ।
वैशाखदेखि बैंकमा 
नयाँ कार्यकारी 
..........................
मनोजबहादुर श्रेष्ठ
अध्यक्ष
दुवैले दुई कार्यकाल बैंकको सञ्चालक समिति र व्यवस्थापनमा बिताइसकेका छन्। अध्यक्ष श्रेष्ठ र संस्थापक सेयरधनीसमेत रहेका प्रमुख कार्यकारी राणाको आपसी विवादका कारण नयाँ नेतृत्व आउन लागेको हो।
'आगामी वैशाखबाट अध्यक्ष, प्रमुख कार्यकारी नयाँ आउने पक्का भइसकेको छ,' श्रेष्ठले सोमबार नागरिकसँग भने, 'प्रमुख कार्यकारी अधिकृत छान्न शुक्रबार समिति गठन भइसकेको छ।'
बैंकमा राणा समूहको १२.७५ प्रतिशत सेयर छ। श्रेष्ठ समूहको २० प्रतिशत सेयर हिस्सा छ। श्रेष्ठ समूहले राणा समूहलाई 'बैंकको नाफाबाट लाभांश पनि लाने र जागिर पनि खाने' भन्दै अवधि सकिएपछि पुन प्रमुख कार्यकारी अधिकृतमा अशोक राणालाई राख्न नचाहेको हो। राणा समूहले दुई कार्यकालपछि श्रेष्ठले अध्यक्ष छाड्छु भनेर लिखित प्रतिवद्धता जनाएकाले प्रमुख कार्यकारीको पदमा अड्को थाप्न नहुने बताउँदै आएको छ।
श्रेष्ठले दुई कार्यकालपछि 
छाड्छु भन्नु भएकाले 
वैशाखपछि नयाँ अध्यक्ष 
.........................
अशोक राणा
प्रमुख कार्यकारी अधिकृत

'श्रेष्ठले दुई कार्यकालपछि छाड्छु भन्नु भएकाले उहाँ आगामी वैशाखपछि अध्यक्ष बस्नु हुन्न,' राणाले भने, 'प्रमुख कार्यकारीको पदबारे भने सञ्चालक समितिले निर्णय गर्ने छ।' स्रोतका अनुसार राणाले बैंकर्स संघको कार्यकालसम्मका लागि आफूलाई प्रमुख कार्यकारीका रुपमा छाडिदिन सञ्चालक समिति सदस्यसँग माग गरिरहेका छन्। उनी संघमा एक वर्षअघि अध्यक्ष अध्यक्ष निर्वाचित भएका थिए। उनको एक वर्ष कार्यकाल बाँकी छ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको नेतृत्वमा संस्थापक सेयरधनी हबिब बैंक अफ पाकिस्तानका तर्फबाट अश्रफ एम वाथ्रा र खेतान सम्मिलित प्रमुख कार्यकारी छान्ने समिति बनाएको हो। 'समितिले प्रमुख कार्यकारी छान्ने मापदण्ड तयार पारिसकेको छैन,' श्रेष्ठले भने, 'मापदण्ड तयार पारेपछि छान्न सुरु गछार्ंै। वैशाखदेखि हिमालयन बैंकमा नयाँ प्रमुख कार्यकारी हुने छन्।' वैशाखपछि पाकिस्तानी सेयर सदस्य अश्रफ एम वाथ्राका ठाउँमा नयाँ सदस्य सञ्चालक समितिमा आउने उनले जानकारी दिए।
स्रोतका अनुसार राणाले आफूलाई प्रमुख कार्यकारी अधिकृतमा समय नथपे श्रेष्ठ पक्षबाट व्यवस्थापन सम्हाल्ने व्यक्ति ल्याउन नदिने बताएका छन्। राणाले आफ्नो मान्छे ल्याउन नहुने भन्दै स्वतन्त्र प्रमुख कार्यकारी ल्याउन दबाब दिएका थिए।
सुरुमा प्रमुख कार्यकारी अधिकृत छान्ने जिम्मा श्रेष्ठलाई दिएपछि राणाको दबाबमा समिति बनाइएको स्रोतको दाबी छ। 'श्रेष्ठले छान्दा आफ्नो मान्छे ल्याउने सम्भावना भएकाले समिति बनाइएको हो,' स्रोतले भन्यो, 'समितिले राष्ट्र बैंकले मानेको अवस्थामा विदेशी प्रमुख कार्यकारी अधिकृत ल्याउने छ।'
हिमालयन बैंकका सञ्चालकबीच विवाद आएपछि बैंकर्स संघमा नेतृत्व कसले गर्ने भनेर छलफल हुन थालेको छ। अहिलेका उपाध्यक्ष राजनसिंह भन्डारीले कार्यवाहकका रुपमा चलाउने भन्ने एक पक्षको भनाइ छ भने अर्कोथरी नयाँ निर्वाचन गराउनुपर्ने छलफलमा जुटेको छ। 'छलफल सुरु भइसकेको छ,' संघका एक सदस्यले भने, 'वैशाखमा हिमालयनको अवस्था टुंगो नलागुन्जेल खुलेर कुरा गर्न मिलिरहेको छैन।'
बैंकको सर्वसाधारणमा चुक्ता पुँजीको १५ प्रतिशत सेयर छ। गत १३ गतेको १९औं वार्षिक साधारणसभाले चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो। बैंकको २ अर्ब रुपैयाँ चुक्ता पुँजी छ।

No comments:

Post a Comment

thanks for comment