राष्ट्रि वाणिज्य बैंकका सिइओ भन्छन्-ऋण नतिरे पासपोर्ट खोस्न थाल्छौं

वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि बैंकले नयाँ गति लिएको छ । तर सम्पूर्ण रुपमा सुधार भइसकेको छैन । थप सुधारका लागि तपाईका योजना के छन् ?
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक
 सुधार कार्यक्रमबाट बैंकलाई धेरै नै उपलब्धि भएको छ । यसलाई निरन्तरता दिएर जान्छौं । जनताको अपेक्षाअनुसार चल्नुपर्ने देखिएको छ । जनविश्वास धेरै भएको बैंक भए पनि त्यही अनुसारको सेवा र सुविधा छैन भन्ने गुनासो छ । ग्राहक सुविधा बढाउने छौं ।

व्यवसाय पनि विस्तार गर्न आवश्यक छ । व्यवसाय विस्तार नगर्ने हो भने बैंकको खर्च धान्न गाह्रो छ । अन्य प्रतिस्पर्धी बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको प्रशासनिक खर्च चार गुणाभन्दा बढी छ । यसलाई घटाउनु पर्ने हुन्छ ।
 
 
सुधार कार्यक्रमले बैंकको ऋणात्मक पुँजी कोषलाई धनात्मक बनाउन सकेन । कार्यक्रमलाई कसरी समीक्षा गर्नु हुन्छ ?
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक

वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि बैंकले नयाँ रुप पाएकोमा द्विविधा छैन । कार्यक्रमका लागि छुट्याएको पैसा विशेषज्ञका लागि प्रयोग भएको थियो । त्यो पैसा बैंकमा पुँजी हाल्नका लागि प्रयोग भएको थिएन । विशेषज्ञ टोलीमा मात्रै पैसा खर्च भएपनि बैंकमा सुधारका संकेतहरु देखिए । बैंक आजको भोलि परिवर्तन हुने होइन विस्तारै हुन्छ । त्यसले बैंकलाई सुधारको बाटोमा हिँडाउन सहयोग गरेको पक्कै हो ।
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक
ऋणात्मक पुँजीलाई धनात्मक बनाउने योजना के छन् ?
बैंकको ऋणात्मक नेटवर्थका कारण सबैतिरबाट प्रश्न उठ्ने गरेको छ । यसलाई धनात्मक बनाउन आवश्यक योजनाहरु छन् त्यतातिर लाग्ने छु । पुँजी पर्याप्तता अनुपातलाई अन्य प्रतिस्पर्धी बैंकको जति १० प्रतिशतमाथि राख्नका लागि आवश्यक कार्यहरु अगाडि बढाउने तयारीमा छौं । बैंकको पुनसर्ंरचनाका लागि मानव संशाधनमा विशेष जोड दिन्छौं । यसका लागि कर्मचारीको अभाव छ । यसमा भएकै कर्मचारीको स्तरवृद्धि तथा नयाँ दक्ष कर्मचारी थप्नेछु ।
कसरी धनात्मक हुन्छ ?
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक

पुँजी पर्याप्तता अनुपात कायम गर्नका लागि आन्तरिक स्रोत परिचालन गरिने छ । असुलीबाट अलिकति सहयोग हुने छ । खासगरी भाका नाघेका ४ अर्ब बराबरको कर्जा उठाउनु पहिलो काम हुनेछ । यससँगै अपलेखन गरेर वासलातबाट हटाइएका साढे तीन अर्ब कर्जासमेत उठाउनेतर्फ लाग्ने छौं ।
 बैकिङ सम्पतिहरु बिक्री गरिने छ । बैंकका आफ्नै स्थिर सम्पतिलाई पुनर्मूल्यांकन गरिने छ । पछि सेयरमा परिवर्तन गरिने गरी लगानी बन्ड जारी गरिने छ । सुधारका लागि सरकारसँग पुँजी योजना पेस गरेका छौं । त्यहाँबाट पनि केही न केही पैसा आउँछ । एनआइडिसीसँग मर्जरका लागि कुरा चलिरहेको छ । अन्य सरकारी संस्थानसँग पनि मर्ज हुन सकिन्छ । यसबाट पनि सुधार हुने छ ।
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक
बैंकको यतिका समय नउठेको पैसा कसरी उठ्छ ?
पैसा उठाउनलाई पहिलो चरणमा ऋणीसँग छलफल गर्ने हो । तिर्ने वातावरण तयार पारिदिने हो । वातावरण दिँदासमेत पैसा तिरेनन् भने कालो सूचीमा राखेर पासपोर्ट खोसिने छ । त्यसपछि धितोमा रहेका सम्पति बिक्री गरेर पैसा उठाउन थाल्छौं ।
खोला बगर राखेर दिएको ऋण कसरी उठ्ला र ?
खोला बगर राखेर ऋण त्यति धेरै गएको छैन । त्यस्तो ऋण सामान्य मात्र हो । परियोजना कर्जा उठाउन भने केही समस्या छ । परियोजना धितो राखेर दिएको ऋण परियोजना असफल हुँदा उठ्न समस्या परेको छ ।
पुरानो बैंक भएपनि प्रतिस्पर्धी सेवा सुविधा छैन भन्नु भयो । यसका लागि के गर्दै हुनुहुन्छ ?
नयाँ सेवा सुविधा दिएन भन्ने गुनासो पक्कै छ । यो गुनासोलाई हटाउन आवश्यक आधुनिक सेवा दिने तयारीमा छौं । विभिन्न कार्ड सुविधा एसएमएस इ-बैंकिङ तथा मोबाइल बैंकिङ उपलब्ध गराइने छ । यसबाहेक अन्य निक्षेप तथा कर्जाका विशेष ुप्रडक्टु हरु समेत ल्याउने छौं ।
लगानीका लागि कुन क्षेत्रमा जाँदै हुनु हुन्छ ?
लगानीका लागि कम जोखिमको क्षेत्रमा जान्छौं । सरकारी बैंक भएकाले सरकारी प्राथमिकतामा रहेको कृषि क्षेत्रमा लगानी विस्तार गर्छौं । यसपछि साना तथा मझौला उद्योग पर्यटनलगायतमा लगानी बढाउँछौं । राजनीतिक स्थायित्व भएसँगै ठूला पूर्वाधारमा पनि लगानी गर्छौं । तर राज्यको प्राथमिकतामा रहेका ठूला पूर्वाधारमा पनि लगानी गर्न अहिले पनि तयार छौं ।
वित्तीय सुधार कार्यक्रम सुरु भएपछि गएका ऋणमा कस्तो समस्या छ ?
नयाँ कर्जा असुलीमा समस्या छैन । २००२ पछि गएको ऋणमध्ये बढीमा डेढ प्रतिशतसम्म मात्र भाखा नाघेको अवस्थामा छ । त्यही पनि तिर्न आउँछु भनिरहेका छन् । रियलस्टेटमा लगानी ३-४ प्रतिशतभन्दा बढी छैन । अहिले गुणस्तर कर्जा मात्र प्रवाह भएको छ । अहिले सबैलाई परेको समस्याको असर केही हामीलाई पनि परेको पक्कै छ । रियलस्टेटमा केहीले मात्र किस्ता बुझाउन सकेका छैनन् । २००२ सम्म १० अर्ब असल कर्जा थियो । अहिले ३६ अर्ब कर्जामध्ये ३२ अर्ब असल कर्जा छ ।
कृष्णप्रसाद शर्मा 
प्रमुख कार्यकारी अधिकृत 
राष्ट्रिय वाणिज्य बैंक

अहिले निजी क्षेत्रका बैंकहरुले ऋण लगानी लगभग बन्द गरेका छन् । तपाईहरुको अवस्था कस्तो छ ?
हाम्रोबाट ऋण रोकिएको छैन । जिल्लाका शाखाहरुबाट ऋण दिइरहेका छौं । खासगरी साना तथा मझौला उद्योगका लागि ऋण गइरहेको छ । शाखाहरुलाई कृषि र साना तथा मझौला उद्योग ऋण लगानी गर्न उत्प्रेरितसमेत गरिरहेका छौं ।
निजी क्षेत्रका बैंकले ऋणमा महँगो ब्याज लिन्छन् भनेर सर्वसाधारण सरकारी बैंक आउँछन् । अहिले त यहाँ पनि ब्याज महँगो भयो नि ?
अहिले पुँजी लागत बढेको छ । प्रतिस्पर्धाका कारण निक्षेप महँगो भयो । यसले गर्दा ऋणको ब्याज पनि केही बढेको हो । यद्यपि अन्य प्रतिस्पर्धी बैंकको भन्दा ऋणको ब्याज अझै २ प्रतिशतसम्म सस्तो छ । निक्षेप कम ब्याजमा पाउन थालेपछि पुँजी लागत घट्छ । यसपछि विस्तारै ऋणको ब्याज घटाउँछौं । अहिले १२-१३ प्रतिशत ऋणको ब्याज छ । अहिलेको अवस्थामा यो एकदमै उपयुक्त ब्याज हो ।
द्वन्दकालमा विस्थापित भएका शाखा कहिलेसम्म पुनस्र्थापना गरिसक्नु हुन्छ ?
द्वन्दकालमा एक सय शाखा विस्तापित भएका थिए । अहिले पुनस्र्थापना गरिरहेका छौं । २२ शाखा पुनस्र्थापना भइसकेको छ । सम्भाव्यता अध्ययन गरी बाँकी शाखा पनि पुनस्र्थापना गर्छौ ।
बैंकिङ तरलता बढी भयो भन्ने छ । यो पैसा विगतमा रियलस्टेटमा गएजस्तो अहिले अनुत्पादक क्षेत्रमा जाने अवस्था छ कि छैन ?
हिजो तरलता अभाव भएकाले अहिले अधिकजस्तो देखिएको हो । हिजो उठाएको निक्षेपको १ सय १० प्रतिशतसम्म ऋण लगानी भएको थियो । अहिले यो ८० प्रतिशतमा झारिसकेकाले पनि तरलता धेरै देखिएको हो । तरलता अहिले कही बढेकाले यसलाई दुरुपयोग हुन नदिन राष्ट्र बैंकले मौदि्रक औजार प्रयोग गरेर तान्नु पर्छ । अहिले तरलता तानिदिए पछि वातावरण बनेपछि लगानी गर्न सकिन्छ ।

No comments:

Post a Comment

thanks for comment