राष्ट्र बैंकले एकै समुहका वित्तीय संस्था जवरजस्ती मर्ज गराउने

निरन्तर एउटै परिवार र समुहले संस्था चलाइ रहन्छ भने त्यसलाई जवरजस्ती मर्ज गराउनु पर्ने हुन्छ । स्वेच्छिक मर्जरले काम नगरे मात्र जवरजस्ती गर्ने पक्षमा राष्ट्र बैंक छ ।
सुदर्शन सापकोटा
काठमाडौं पुस २३
एकाघर परिवार र समुहले चलाएको दुईभन्दा वढी संस्था स्वेच्छिक रुपमा नगाभिए राष्ट्र बैंकले जवरजस्ती मर्ज गराउने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको बताइ रहेका बेला राष्ट्र बैंकले एकाघर परिवार र समुहले चलाएको संस्था मर्ज गराउने भएको हो ।
'कयौं बैंक तथा वित्तीय संस्थामा एउटै परिवार समुहको लगानी छ,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकरीले नागरिकसँग भने, 'निरन्तर एउटै परिवार र समुहले संस्था चलाइ रहन्छ भने त्यसलाई जवरजस्ती मर्ज गराउनु पर्ने हुन्छ ।' उनले स्वेच्छिक मर्जरले काम नगरे मात्र जवरजस्ती गराउने जानकारी दिए ।
एनएमबी बैंक र क्लियन इनर्जी डेभलपमेन्ट बैंक एनआइसी बेंक र बैंक अफ एसिया नेपाल नेपाल बंगलादेश र नेपाल क्रेडिट एन्ड कमस्र ग्लोबल बैंक आइएमइ फाइना_िन्सयल इ_िन्स्ममटच्युसन र प्रभु फाइनान्स हिमालयन र लक्ष्मी बैंक सिटिजन्स् बैंक सिद्धार्थ विकास बैंक रिलायवल फाइनान्स र फेवा फाइनान्सलगायत अधिकांस बैंक तथा वित्तीय संस्थामा एकाघर परिवार र समुहको लगानी छ ।
'एउटै परिवार र समुहलाई वेग्लवेग्लै बैंक तथा वित्तीय संस्था आवश्यक छैन,' उनले भने, 'धेरै संस्था चलाउनु भन्दा एउटै दह्रो संस्था चलाउँदा लगानीकर्तालाई नै फाइदा हुन्छ ।' उनले राष्ट्र बैंकले जवरजस्ती गर्नुअघि यस्ता समुह र परिवारले स्वेच्छिक मर्ज गर्नु पर्ने जानकारी दिए ।
'सवै संस्था मर्ज हुनु पर्छ भन्ने हाम्रो सोचाइ होइन,' उनले भने, 'संस्थागत सुशासन पालना गर्दै सवै नीतिभित्र रहेर कारोबार गर्ने संस्थाले मर्जमा जानै पर्छ भन्ने राष्ट्र बैंक चाहँदैन ।' डेपुटी गभर्नर अधिकारीले सर्वसाधारणको पैसा सुरक्षित राख्छु भनेर उठाउने तर त्यो अनुसार काम नगर्ने संस्थामा समेत हस्तक्षेप गर्ने बताए । 'पैसा उठाएर दूरुपयोग गर्ने र त्यही कारणले समग्र बैंकिङ प्रणालीलाई असर पर्ने भए राष्ट्र बैंकले हस्तक्षेप गर्छ,' उनले भने, 'यो अवस्थामा जवरजस्ती मर्जर गराउनु पर्ने हुन्छ ।'
मर्जरका लागि राष्ट्रि बैंकले मार्गदर्शनसमेत जारी गरिसकेको छ । मार्गदर्शन आएपछि अधिकांस बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । माछापुच्छे्र बैंक र स्टेन्डर्ड फाइनान्स एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक भिवोर विकास बैंक र भाजुरत्न फाइनान्सले मर्जरका लागि औपचारिक सम्झौता गरिसकेका छन् । मर्जरका लागि ६ वित्तीय संस्थाले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृतिसमेत पाइसकेका छन् । डेढ दर्जन संस्थाले मर्जर स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । यसवाहेक अधिकांस बैंक तथा वित्तीय संस्थाले एक आपसमा गाभिनका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरिसकेका छन् ।
'मर्जर गर्छु भनेर विशेष प्रस्ताव पारित गरिएकाले बैंक तथा वित्तीय संस्थामा मर्जरका लागि अहिले उत्साह देखिएको मान्न सकिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'अहिलेको उत्साहले काम गर्छ गर्दैन भनेर ६ महिना हेर्छौं । काम गरेन भने वेग्लै खालको निर्णय गर्ने छौं ।' स्रोतका अनुसार राष्ट्र बैंकको मर्जर सम्वन्धि मार्गनिर्देशनका कारण उत्साहित भएर बैंक तथा वित्तीय संस्थाको साधारणसभामा मर्जर प्रस्ताव पारित भएको हो । यदि नियामकको आँखामा छारो हाल्ने काम भएको भए त्यही अनुसार मर्ज गराउने पक्षमा राष्ट्र बंैक छ ।
'आवश्यकता वा वाध्यता जे भनेपनि नेपालमा बैंक तथा वित्तीय संस्था धेरै भएकै हो,' स्रोतले भन्यो, 'अहिलेको एक तीहाइ संस्था भए प्रतिस्पर्धि वलियो र राष्ट्र बैंकलाई पनि नियमन गर्न सजिलो हुने छ ।' अहिले नेपालमा ३१ वाणिज्य बैंक ८८ विकास बैंक र ८२ फाइनान्स कम्पनी छन् । लघुवित्त विकास बैंकको संख्या २१ पुगिसकेको छ ।

No comments:

Post a Comment

thanks for comment