समितिले भनेको बिमा कम्पनीले नमान्ने

सुदर्शन सापकोटा
काठमाडौं असार १६
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]
बिमा समितिले माग गरेको पाँच वर्षे व्यवसायिक योजना धेरैजसो बिमा कम्पनीले दिन अस्विकार गरेका छन् । ुबार्षिक रुपमा के के गर्छौ भनेर माग गरिएकाले दिन सकिँदैनु नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले वुधवार नागरिकसँग भने ।
समितिले आधारभूत रणनीति तथा दिगो विकास हासिल गर्ने आधारसहित पाँच वर्षे व्यवसायिक योजन गत बैशाख मसान्तसम्मको समय दिँदै माग गरेको थियो । आर्थिक वर्ष २०६७÷६८ देखिको पाँच वर्षे योजना माग गरेको सतितिले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै योजना माग गरिएको जनाएको छ ।
ुपाँच वर्षपछि कहाँ पुग्ने भन्ने दृष्टिकोणा आओस् भन्ने उद्देश्यले व्यवसायिक योजना माग गरिएको होु समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने । उनले योजना माग गरिएको समय सकिए पनि केही कम्पनीले समय वढाउन आग्रह गरेको भन्दै आधा दर्जनले वुझाइ सकेको जानकारी दिए । व्यसायिक योजना जीवन र गैरजीवन दुवै बिमा कम्पनीले तयार पार्नु पर्छ ।
उनका अनुसार बिमा कम्पनीहरुले भावी दिनमा व्यवसाय वृद्धि गर्न के कस्ता काम गर्न खोजिरहेका छन् बिमा सम्वन्धि कस्ता सेवा-सुविधा ल्याउँदैछन् भन्ने कुरा योजनाबाट थाहापाउन सकिने छ । अहिले १६ गैरजीवन र ९ जीवन बिमा कम्पनी साचालनमा छन् ।
यसअघि नयाँ आएका चार बिमा कम्पनी एसियन लाइफ प्राइम लाइफ सुर्या लाइफ र गुँरास लाइफ इन्स्योरेन्सलाई कारोवार स्विकृति दिँदा नै समितिले पाँच वर्षे योजना माग गरेको थियो । ुहामीले दिएको योजना चुहिएमा कमजोर कम्पनीले फाइदा उठाउन सक्छन्ु नेपाल लाइफका भट्टराईले भने ुपाँच वर्षमा कुन स्थानमा पुग्छौं भनेर दिन सकिन्छ तर के के गरेर अगाडि वढ्छौं भनेर दिन सकिँदैन ।ु उनले व्यवसायिक योजना समितिलाई दिनमा कुनै समस्या नभएको उल्लेख गर्दै अन्य बिमा कम्पनीसम्म योजना पुगेमा प्रतिस्पर्धि भएर अगाडि वढ्न नसकिने बताए ।
नयाँ निर्देशन अनुसार पुराना कम्पनीसहित नयाँ चारले पनि पुनः योजना तयार पार्नु पर्ने हुन्छ । नयाँ चार कम्पनीलाई अहिलेसम्म के भयो र हुन नसकेको भए त्यसको कारणसमेत माग गरिएको छ । ुकम्पनीहरुलाई योजनावद्धरुपमा नियमन गर्न समितिलाई सहयोग पुग्छु अर्यालले भने ।
अर्यालले कम्पनीहरुले नै तयार पारेको योजनाका आधारमा अनुगमन गर्न तथा केही समस्या आए सुधारको वाटोमा हिँडाउन योजनाबाट सहयोग पुग्ने जानकारी दिए । उनले व्यवसायिक योजना वुझाउने समय नाघेमा सम्वन्धित कम्पनीसँग ताकेता गर्ने कम्पनीको साचालक सदस्यसँग छलफल गर्ने त्यतिले नभएमा अन्तिम विकल्प स्वरुप कारवाही गर्न सकिने जानकारी दिए । ुनियामक निकायले भनेको कम्पनीले मान्नु पर्छु उनले भने ुनमानेमा प्रकृया अनुसार कारवाहीसम्म पुग्न सकिन्छ तर यो अन्तिम विकल्प हो ।ु
कम्पनीहरुले बिमा लेख सम्वन्धि योजना बिमा व्यवसायका किसिम र प्रकार पुनर्बिमा सम्वन्धि योजना शाखा विस्तार नीति तथा संगठनात्मक संरचना र व्यवस्थापन सुचना प्रणालीका बारेमा व्यवसायिक योजनामा उल्लेख गर्नु पर्नेछ ।
समितिले योजनामा प्रविधि हस्तान्तरण सम्वन्धि योजना कारोवारको भौगोलिक क्षेत्र बजार प्रवेस तथा विकास रणनीति लगानी सम्वन्धि योजना र जनशक्ति विकास सम्वन्धि जानकारी उल्लेख गर्न भनेको छ । साथै पुँजीबाट हुने प्रतिफल वासलात नाफा-नोक्सान तथा नगद प्रवाह विवरण व्यवसायिक योजना तथा प्रक्षेपण तयार गर्दाको आधारहरु पनि योजनामा उल्लेख गर्नु पर्ने बिमा समितिले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment