बैंकमा साचालन र बजार जोखिम

सुदर्शन सापकोटा
काठमाडौं असार १३
The Girl with the Dragon Tattoo
तरलता अभाव केही मत्थर हुन थालेपछि बैंकिङ क्षेत्रमा साचालन तथा बजार जोखिम वढेको छ । ुबैंकिङ क्षेत्रको अबको चुनौती साचालन जोखिम होु बैंकस्र संघका अध्यक्ष शशिन जोशीले भने ।
उपल्लो र मध्यम तहमा दक्ष कर्मचारी अभाव बैंक व्याजदर भवितव्य असुरक्षाजस्ता कारणले साचालन तथा बजार जोखिम बढेको हो । बैंकिङ क्षेत्रमा साचालन जोखिमलाई वाहिरी घटना आन्तिरिक प्रकृया अवरुद्ध तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारका कारणबाट हुने नोक्सानीलाई परिभाषित गरिन्छ ।
मूख्य रुपमा असुरक्षा व्याजदर र कर्मचारी अभावका कारण साचालन जोखिम बढेको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले बताए । बैंकरका अनुसार कर्जा जोखिम पनि वढ्दै गएको छ ।
चालु वर्षको चैत मसान्तसम्मको नाफा नोक्सान हिसाव खातामा पनि बैंकहरुको साचालन जोखिम वढ्दै गएको देखिन्छ । जुन कर्जाको कारणले सृजना भएको छ । बैंकहरुले संभावित नोक्सानी व्यवस्थाका लागि ठूलो रकम चैतमा छुट्याएका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको व्याज आम्दानीको तुलनामा नाफा घटेको छ । व्याज आम्दानी वढ्ने नाफा घट्ने र संभावित नोक्सानीमा ठूलो रकम खर्च हुनुले बैंकहरुको केही कर्जामा समस्या आएको देखिन्छ ।
नयाँ कर्जा लगानी गर्ना साथ बैंकहरुले संभावित नोक्सानी व्यवस्थामा प्रवाह भएको कर्जाको १ प्रतिशत छुट्याउनु पर्छ । तीन महिनासम्म कर्जाको व्याज नआए २५ प्रतिशत ६ महिनामा ५० र एक वर्ष नाघे १ सय प्रतिशत नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने हुन्छ । ुकेही बैंकमा समस्या देखिन थालिसकेको छु एक बैंकिङ जानकारले नागरिकसँग भने ुचालु वर्षको अन्त्यसम्म अरु बैंकका समस्या पनि देखिन थाल्छन् ।ु
साचानमा रहेका २७ बैंकमध्ये २४ ले कर्जाको सुरक्षण गरेका छन् । यसमध्ये १५ बैंकको सम्भावित नोक्सानी व्यवस्था रकम वढेको छ । नेपाल बैंकको यस्तो व्यवस्था ऋणात्मक छ । ुकर्जामा केही समस्या देखिएको छु राष्ट्र बैंकका एक अधिकारीले भने ुअसार मसान्तपछि मात्र यसै हो भन्न सकिन्छ ।ु
बैंकहरुले प्रकाशित गर्ने कम्पनी विश्लेषणमा पनि यस्तो जोखिमका बारेमा उल्लेख गरेका छन् । उनीहरुले यस्तो विश्लेषणमा राजनीतिक अस्थिरता कर्मचारी अभाव असुरक्षाजस्ता कारणलाई मात्र उल्लेख गरेको देखिन्छ ।
राष्ट्र बैंकका अुनसार वाणिज्य बैंकको शाखा ९ सय नाघिसकेको छ । तर त्यसै अनुसार दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । ुदुई बर्ष काम गरेको कर्मचारी शाखा व्यवस्थापकमा नियुक्त भइरहेका छन्ु नेसनल बैंकिङ टे्रनिङ इ_िन्स्टच्युटका प्रमुख कार्यकारी अधिकृत सिाजव सुब्बाले भने ुयस्तो अवस्थामा बैंक जोखिममा पनि पर्न सक्छ ।ु
तरलता अभावले गर्दा महंगोमा निक्षेप संकलन गर्न वाध्य बंैंकहरुलाई व्याजदरको दवाव पनि वढेको छ । अहिले बैंकहरुले निस्चित अवधिका लागि महंगोमा निक्षेप संकलन गरिरहेका छन् । ुतरलता अभाव कम हुँदै गएकाले नयाँ निक्षेप र कर्जाको व्याज घट्ने हुँदा अगाडि लिइएको निक्षेपको व्ययभार बैंकलाई पर्छु एक बैंकरले भने ुयो बजारबाट हुने जोखिम हो ।ु अहिले मुद्रा बजार टे्रजरी विल्स अन्तरबैंक व्याजदर रिपो आदि मा व्याजदर घटेको छ ।
बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले कर्जा-निक्षेप अनुपातमा सुधार नआएसम्म तत्काल निक्षेप कर्जाको व्याज घट्ने सम्भावना कम भएको जानकारी दिए । ुव्याजदरमा जोखिम छु उनले भने ुतर तत्काल नै छैन ।ु

No comments:

Post a Comment

thanks for comment