बैंक वित्तीय सस्था प्रतिफल घोषणा गर्दै


प्रतिफल आस गरे अनुसार नपाउँदा बजार घट्दो
सुदर्शन सापकोटा
काठमाडौं असोज २१
वाणिज्य बैंकहरुले गत बर्ष कमाएको नाफाबाट वोनस सेयर तथा नगद लाभांस दिन थालेपछि सेयर बजार उकालो लाग्न सकेको छैन । बैंकिङ समुहबाट वढी प्रभावित हुने नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बैंकले प्रतिफल घोषणा गरेपछि थप घट्ने गरेको छ ।

नेप्सेमा सुचिकृत २४ वाणिज्य बैंकमध्ये आधाजतिले प्रतिफल घोषणा गरिसकेका छन् ।  'लगानीकर्ताले आसा गरेजति प्रतिफल बैंकहरुले दिन नसकेका कारण लगानीकर्ता निरास भएका छन्,' ज्याम्ब टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले नागरिकसँग भने, 'यही कारण बजारमा सुधार देखिएको छैन ।'
अहिलेसम्म एभरेष्ट एनएमबी एनआइसी नेपाल इन्भेस्टमेन्ट नबिल स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ काठमाण्डू बिओके किस्ट लक्ष्मी डिसिबिएल सिटिजन्स् बैंक इन्टरनेसनल र बैंक अफ एसिया नेपालले वोनस तथा लाभांस घोषणा गरिसकेका छन् । यसमध्ये केही बैंकले वितरण गर्न थालिसकेका छन् ।

नाफाबाट प्रतिफल घोषणा गर्ने १२ बैंकमध्ये ६ वटाले लाभांस मामत्र दिने भएका छन् । एनआइसी नेपाल इन्भेस्टमेन्ट किस्ट लक्ष्मी सिटिजन्स् र बैंक अफ एसियाल नेपालले लाभांस मात्र ख्वाउन लागेका हुन् । बाँकी बैंकले लाभांस र वोनस दुवै दिने घोषणा गरेका छन् ।
लाभांस घोषणा गरेका बैंकमध्ये केहीले मुद्दति निक्षेपको चलनचल्तीको ब्याज दरभन्दा कम प्रतिफल दिने भएका छन् । 'हकप्रद निस्कासनबाट दुई अर्ब पुँजी पुग्ने भएकाले हामीले लाभांस मात्र दिएका छौं,' सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भन्डारीले नागरिकसँग भने, 'हामीले घोषणा गरेको लाभांस मुद्दति निक्षेपमा राख्दा पनि ब्याजका रुपमा पाइन्छ ।' उनले कम लाभांस दिन सकेकोमा आफू असन्तुस्ट रहेको भन्दै आगामी बर्ष वोनस र लाभांस दुबै दिने जानकारी दिए ।
गत बर्ष तरलता अभावले गर्दा पहिलो छ महिना मात्र लगानी गर्न सकेका बैंकहरुले आशा गरे अनुसार नाफा गर्न नसकेकाले प्रतिफल कम दिन सकेको जनाएका छन् । बैंकहरुले गत बर्ष गरेको नाफाबाट २० प्रतिशत जगेडा कोषलाई छुट्याएपछि बाँकी रकमको प्रतिफल घोषणा गरेका छन् । अधिकांस बैंकको चुक्ता पुँजी २ अर्बको नजिक पुगिसकेकाले पनि वोनस सेयर र लाभांस कम दिएका हुन् ।
गत बर्ष १४ अर्ब रुपैयाँ नाफा गरेका वाणिज्य बैंकहरुमध्ये केहीले प्रतिसेयर आम्दानीको अनुपातमा कम प्रतिफल घोषणा गरेका छन् । सबैभन्दा वढी वोनस सेयर नबिल बैंकले दिने भएको छ । ७९.११ रुपैयाँ प्रति सेयर आम्दानी भएको बैंकले नाफाको ४० प्रतिशत वोनस सेयर र ३० प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।
करिव एक सय रुपैयाँ प्रति सेयर आम्दानी भएको एभरेष्ट बैंकले ३० प्रतिशतका दरले वानेस सेयर र नगद लाभांस दिने भएको छ । २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुर् याएको नेपाल इन्भेस्टमेन्ट बैंकले २५ प्रतिशत नगद लाभंस दिने भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १५ प्रतिशत वोनस सेयर र ५५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । सबैभन्दा कम लाभांस किस्ट बैंकले घोषणा गरेको छ । ७.०५ रुपैयाँ प्रति सेयर आम्दानी गरेको बैंकले ५ प्रतिशत लाभांसको घोषणा गरेको हो । बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । बिओकेले १५ प्रतिशत लाभांस र त्यति नै वोनस सेयर दिने भएको छ ।
विकास बैंक र वित्तीय संस्थाहरुले पनि धमाधम वोनस सेयर र नगद लाभंस घोषणा गर्न थालेका छन् । नेप्सेमा प्रभुत्व रहेको बैंक तथा वित्तीय कम्पनीले प्रतिफल घोषणा गर्न थालिसक्दा पनि बजारमा भने कुनै सुधारको संकेत देखिएको छैन । बजार ४ सय ५ अंकको वरिपरी घुमिरहेको छ । 'राजनीति स्थिरता बिना बजार उकालो लाग्दैन,' भन्डारीले भने, 'बैंक वित्तीय संस्थाले दिने प्रतिफलले मात्र बजार वढ्ने भए सेयर मूल्य उकालो लागिसक्थ्यो ।' गत बर्ष यतिबेला कम्पनीहरुले प्रतिफल घोषणा गर्दा नेप्से परिसुचक उकालो लागेको थियो ।

No comments:

Post a Comment

thanks for comment