'आक्रमक रणनीति लिने छौं'


- अबको दिनमा कारोवार विस्तार गर्ने हो भने मर्जरको विकल्प छैन । सम्भव भएसम्म हामी मर्जरमा जान्छौं ।
- हाम्रो कम्पनीको सेयर २२ सयको हाराहारीमा पुग्दा पनि कसरी वढ्यो भनेर वुझ्न सकेको थिइन र आज २५० को हाराहारीमा हुँदा पनि किन घट्यो भनेर वुझ्न सकेको छैन ।


सुधिर खत्री
प्रमुख कार्यकारी अधिकृत, डिसिबिएल बैंक




बैंकले नाम परिवर्तन गर्न लागेको रहेछ नि  ?

दुई बर्षअघि विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएपछि हामीले अहिलेसम्म बैंकको परिचय दिने हिसावले मात्र काम गर् र्यों । दुई बर्षको वाणिज्य बैंकिङ र योभन्दा अगाडिको ८ बर्षको विकास बैंकिङ अनुभवले हामीलाई विस्तारित रुपमा जानु पर्छ भन्ने लागेको छ । यही भएर हामी अहिलेको परम्परागत बैंकिङबाट एक फड्को अगाडि वढेर आक्रमक रुपमा बैंकिङ कारोवार गर्ने भएका छौं । दसैंसम्म हाम्रो परिचयात्मक चरण सकिन्छ । आक्रमक बैंकिङको सुरुवात बैंकको नाम परिवर्तनसँगै गर्ने भन्ने लागेर बैंक अफ नेपाल राख्न लागिएको हो । राष्ट्र बैंकले नाम परिवर्तनको स्वीकृति दिएमा आगामी साधारण सभाबाट यसलाई पारित गरी कारोवार सुरु गर्छौं ।

आक्रमक बैंकिङ गर्न नाम परिवर्तनको आवश्यकता किन पर् यो ?
अहिलेसम्म हामी परम्परागत बैंकिङ गर्दै आएका छौं । अब हामी यसबाट एक फड्को उक्लिएर कारोवार वृद्धि गर्छौं । अहिलेसम्म पनि कतिलाई डिसिबिएल भन्ने वित्तिकै विकास बैंक हो भन्ने लाग्छ । यो धारणमा परिवर्तन गर्नका लागि नाम परिवर्तन गर्न लागिएको हो । आक्रमक रुपमा जाने भएपछि सुरुवात नै नामबाट गरौं न भनेर पनि हो ।
आक्रमक बैंकिङमा जानका लागि कस्तो तयारी भएको छ  ?
आक्रमक बैंकिङका लागि हामी पूर्ण रुपमा तयार भइसकेका छौं । वाणिज्य र विकास बैंकको अनुभवबाट हाम्रो जग वलियो भएर आएको छ । हामी अर्थतन्त्रको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा छौं । कारोवारलाई विस्तार गर्नका लागि अहिलेको १२ वटा शाखालाई वढाएर आगामी तीन महिनाभित्र २० पुर् याउँदै छौं । आक्रमक बैंकिङका लागि नयाँ सेवाहरु सुरु गर्दैछौं । प्रविधिमा आधारित बैंकिङलागि विस्तार गर्छौं । भिसा कार्ड पनि सुरु गर्दैछौं ।
आजको दिनमा कारोवार विस्तार नयाँ खुलेका बैंक र हामीजस्तो पुँजी पर्याप्तता अनुपात धेरै भएका बैंकले मात्र सक्छन् । पुँजी पर्याप्तता अनुपात कुल कर्जाको २५ प्रतिशतसम्म एउटा क्षेत्रमा लगानी गर्नु पर्ने कारणले कारोवार विस्तार गर्न पुरानो बैंकलाई गाह्रो हुन्छ । हामीलाई यसले छेक्दैन । अहिले हाम्रो पुँजी पर्याप्तता अुनपात २४ प्रतिशतभन्दा वढी छ ।
कुन क्षेत्रमा लगानी गर्दै हुनु हुन्छ  ?
उत्पादनमूलक क्षेत्र खासगरी साना तथा मझौला उद्योग एसएमइ खाद्यन्न ऊर्जा सिमेन्ट छड उद्योगमा लगानी गर्छौ । भोटाहिटी टेकु र पाटन शाखाबाट एसएमइको काम सुरु गर्दैर्छौ । प्रतितपत्र एलसी रेमिट्यान्स ड्राफ्टको कामलाई विस्तार गरेर लैजान्छौं । रेमिट्यान्सका लागि त आफ्नै कम्पनी खोलेर काम गर्छौ । यसका लागि हामीले रेमिट्यान्स एजेन्ट नियुक्त गर्दैछौं । खासगरी छुट कमिसन र शुल्क आम्दानीको स्रोत वढाउनका लागि यसलाई विस्तार गर्न लागिएको हो । हामी पूर्ण रुपमा वाणिज्य बैंकिङ गर्छौं । सुनचाँदी आयात गरेर विक्री गर्ने स्वीकृति लिएका छौं ।
चालु आर्थि बर्षमा हामी कुल कर्जा ४ अर्बको हाराहारीमा वृद्धि गर्छौ । रियलस्टेट र हाउजिङ कर्जालाई राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि कममा झार्छौ । कुल कर्जा वढेपछि यो आफै पनि घट्छ । अबका दिनमा रियलस्टेट हम्रो प्राथमिकतामा कमै पर्छ ।
पुँजी वृद्धी पनि गर्दै हुनु हुन्छ ?
चैतसम्म चुक्ता पुँजी २ अर्ब पुर् याउँछौं । अहिले करिव १ अर्ब ७५ करोड पुँजी छ । १० प्रतिशत वोनस सेयर दिन्छौं । कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांस दिन्छौं । यसले पुँजी १ अर्ब ९२ करोड रुपैयाँ पुग्छ । वाँकी ८ करोड पाँच प्रतिशत हकप्रद निस्कासन गरेर जुटाउँछौं । दुई अर्ब पुँजीको औचित्य पुस्टी गर्नका लागि पनि हामीले कारोवार विस्तार गरेर अगाडि वढ्नु पर्छ । बैंकको जगलाई वलियो बनाउँदै लैजानु पर्छ ।
पुँजी वढाएपछि नाफा पनि त्यही अनुपातम कमाउनु पर्छ । अहिलेको अवस्थामा थुप्रै चुनौती छन् नि
पुँजी वृद्धि गरेपछि नाफाको वृद्धि वढाउनु पर्ने चुनौती थपिने छ । पुँजी वढेको अनुपातमा लगानीकर्तालाई वोनस सेयर र नगद लाभांस राम्रो दिने काम गर्नु पर्छ । यसका लागि हाम्रो व्यवस्थापन तथा कर्मचारी समुहले गम्भिर भएर काम गरिरहेका छन् । यसले निरन्तरता पाउँछ । हाम्रो बैंक साचालन इफिसेन्सी भएको बैंक हो । राष्ट्र बैंकको सबै नीति नियम मान्दै आएका छौं । साचालन खर्च कम भएको बैंकमध्ये हामी अग्रणी स्थानमा छौं ।
आक्रमक बैंकिङका लागि दुई अर्ब पुँजी पर्याप्त हुन्छ  ?

राष्ट्र बैंकको नीतिले गर्दा चुक्ता पुँजी २ अर्ब पुर् याउनु पर्ने भएको हो । योभन्दा वढी पुँजी पुर् याउन रोकतोक छैन । चुक्ता पुँजीलाई पुँजी पर्याप्तता अनुपातले सन्तुलित बनाइ राख्ने भएकाले आगामी दिनमा बैंकको कारोवार विस्तार गर्न २ अर्ब पुँजीले मात्र पुग्दैन । यसो हुँदा आगामी दिनमा पनि हामी पुँजी वृद्धि गर्दै लैजान्छौं । यसका लागि नाफाबाट वोनस सेयर दिन्छौं ।
कारोवारका विस्तारका लागि पुँजी वृद्धि एउटा विकल्प हो भने अर्को एकअर्कामा गाभिने मर्जर विकल्प पनि छ । अहिले दुई तिन बैंकसँग मर्जरको कुरा अगाडि वढिरहेको छ । मर्जर आजको भोली नै हुने होइन । सार्थक कुराकानी भइरहे पनि मर्जन ऐन नआउन्जेल हामी गाभिदैनांै । प्रकि्रयालाई मात्र निरन्तरता दिन्छौं । अबको दिनमा कारोवार विस्तार गर्ने हो भने मर्जरको विकल्प छैन । सम्भव भएसम्म हामी मर्जरमा जान्छौं ।
निक्षेप नवढी कारोवार विस्तार गर्न कठिन छ । यसको स्रोत खोजिसक्नु भयो ?
सर्वसाधारणमा आधारित निक्षेप परिचालन गर्नका लागि हामीले शाखा संख्या १२ बाट २० पुर् याउन लागेको हो । सर्वसाधारणमा आधारित निक्षेप संकलन गर्न र लगानीको नयाँ क्षेत्र खोज्न शाखा विस्तार आवश्यक छ । संस्थागत निक्षेप अतिनै जोखिमपूर्ण र गम्भिर प्रकृतिको हुने भएकाले पनि सर्वसाधारणमा आधारित निक्षेप आवश्यक छ ।
सेयर मूल्य धेरै नै घटिसक्यो । १० प्रतिशत वोनस सेयरबाट लगानीकर्ताको चित्त वुझ्ला  ?
नेपालको सेयर बजार परिपक्क र वास्तविकतामा आधारित छैन । हाम्रो कम्पनीको सेयर २२ सयको हाराहारीमा पुग्दा पनि कसरी वढ्यो भनेर वुझ्न सकेको थिइन र आज २५० को हाराहारीमा हुँदा पनि किन घट्यो भनेर वुझ्न सकेको छैन । हाम्रो बैंकको नाफा तथा कारोवार वृद्धिको हिसावले अहिलेको बजार मूल्य धेरै कम छ ।
बजार कसरी वढाउन सकिएला  ?
सेयर मूल्य धेरै घटिसक्यो । यो राजनीतिक अस्थिरताले गर्दा हो । बजार बढ्नलाई राजनीतिक स्थिरता हुन जरुरी छ । लगानीकर्ताले आत्मविश्वास गुमाएका छन् अहिले ।



No comments:

Post a Comment

thanks for comment