नेपालमा ५ सय र हजार भारु चलाउन भारत सकारात्मक

काठमाडौं, कात्तिक ४
नेपालमा ५ सय र १ हजार दरका भारु चलाउन भारतीय अधिकारीहरू सकारात्मक देखिएका छन्। राष्ट्र बैंकका सञ्चालक विश्वम्भर प्याकुर्‍याल र पार्थिवेश्वर तिमिल्सिनासँगको छलफलमा रिजर्भ बैंक अफ इन्डियाका उच्च अधिकारीहरू सकारात्मक देखिएका हुन्। रिजर्भ बैंकका डेपुटी गभर्नरलगायत अधिकारीसँग छलफल भएको हो।

'पाँच सय र हजार भारु प्रचलनमा ल्याउने विषयमा भारतीय पक्ष सकारात्मक देखिएको छ,' प्याकुर्‍यालले बुधबार नागरिकसँग भने।
यसका लागि औचित्य प्रमाणित गर्ने प्रस्ताव नेपाली पक्षले पठाउनुपर्नेछ। 'ठूला भारु नेपालमा चलाउन उनीहरू जति नकारात्मक छन् भन्ने सुनिएको थियो, छलफलमा त्यस्तो पाइएन,' उनले भने।
ठूला नोट प्रचलनमा नरहँदा नेपालीलाई मात्र नभई सीमा क्षेत्रमा भारतीयलाई समेत असजिलो भएको धारणा प्याकुर्‍यालले राखेका थिए। नेपालीसँगै भारतीय उद्योगी र व्यापारीलाई समेत साना नोट प्रयोगबाट असजिलो भएको छ। यहाँ घुम्न आउने भारतीय पर्यटक अझ असजिलोमा पर्ने गरेका छन्।
ठूला नोट प्रयोगका लागि प्रस्ताव पठाउन नेपाली पक्षसँग अनुरोध गरिएको जानकारी उनले दिए।
  • Adventure Consultants
    Climb Everest, Cho Oyu, Ama Dablam 7Summits, Courses, Antarctica, NZ
    www.adventureconsultants.com
  • Global NepaliPatra
    Nepali news from the globe. Updated from around the globe.
    www.nepalipatra.com
  • Latest Nepali Videos
    Share and Explore latest Nepali Videos. You can Upload your videos
    nepalivideos.net
  • Pokhara
    Find Hotels, Compare Rates, Read Reviews & More. Try TripAdvisor!
    www.TripAdvisor.com
  • Classes 9-10, CBSE Board
    Tests, Lessons, Animations & more Math, Science, English, Hindi, SST
    www.meritnation.com
Ads by Google

सन् २००२ देखि भारतले ५ सय र यसभन्दा बढीका नोट नेपालमा पठाउन र लिन रोक लगाएको थियो। नेपालमा ठूला भारतीय नोट प्रचलन हुँदा पुँजी पलायन हुने विश्लेषण गर्दै रोक लगाइएको थियो।
त्यसयता कानुनी रूपमा नेपालमा ठूला भारतीय नोट प्रयोग गर्नु गैरकानुनी मानिए पनि व्यवहारमा प्रचलनमा छन्। नेपालसँगै भुटानका लागि पनि यही व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले केही समयअघि भुटानमा भएको छलफलमा ठूला नोट प्रचलनमा ल्याउन रिजर्भ बैंकका गभर्नरसँग अनुरोध गरेका थिए। यो अनुरोधसँगै भारतीय पक्षले ठूला नोट प्रयोगमा ल्याउँदा आपराधिक गतिविधिमा संलग्नलाई सहयोग पुग्ने आशंका व्यक्त गरेको थियो। 'छलफलका लागि खुला भने पनि भारतीय पक्ष ठूला नोट प्रयोगमा ल्याउन दिने पक्षमा छैन,' राष्ट्र बैंकका एक अधिकारीले भने।
नेपालमा भारतीय नोट प्रयोग उच्च रूपमा बढेको विषयमा रिजर्भ बैंकका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। भारतीय नोट प्रयोग अबैध कार्यका लागि प्रयोग भएको उनीहरूले शंका गरेका छन्। 'नक्कली भारु प्रयोगमा ल्याउने समूहले यसको प्रयोग बढाएको उनीहरूको शंका छ,' प्याकुर्‍यालले भने।
भारु प्रयोग बढेको विषयमा भारतीय पक्षले नेपालमा अनुसन्धान टोली पठाएर तथ्य संकलन गरेको उनले बताए। 'भारतीयले यहाँ आएर अध्ययन गरेको उता गएर छलफल गर्दा थाहा भयो,' उनले भने।
खुला सिमाना मात्रै भारुको प्रयोग बढ्नुको कारण नभएको भारतीय पक्षको विश्लेषण छ। जति माग्यो त्यति भारु नेपाललाई दिने पक्षमा भारतीय पक्ष नरहेको पनि प्याकुर्‍यालले बताए।
भारु प्रचलन बढ्नुलगायत विषयमा संयुक्त अध्ययन प्रस्ताव भारतीय पक्षले गरेको छ। अध्ययनका लागि दुई मुलुकका केन्द्रीय बैंकले प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए।
गत वर्ष नेपालले २ खर्ब ९ अर्ब भारु खरिद गरेको थियो। यो वर्ष ५९ अर्ब भारु खरिद गरिसकिएको छ। भारत र नेपालमा बिदाका दिनबाहेक हरेक दिन २ करोड अमेरिकी डलर बिक्री गरी भारु खरिद गर्ने गरिएको छ। 'अहिले भारु प्रयोग उच्च दरले बढेको छ,' प्याकुर्‍यालले भने, 'अबैध रूपमा भारु १ सय ६५ रुपैयाँमा समेत किनबेच भएको पाइएको छ।'
भारुसँग स्थिर विनिमयदर भए पनि नेपाली रुपैयाँको अवमूल्यन भइरहेको विश्लेषण प्याकुर्‍यालको छ। भारतसँग नेपालको व्यापार घाटा उच्च छ। यो घाटाले भारुको माग झन् बढाएको छ।

No comments:

Post a Comment

thanks for comment