इन्डोनेसियालाई कागजी नोट छाप्ने जिम्मा


काठमाडौं असोज १८ (नागरिक)
नेपालले ८५ करोड ५० लाख रुपैयाँ वरावरको कागजी नोट छाप्ने जिम्मा इन्डोनेसियाको पेरुरी कम्पनीलाई दिएको छ । केन्ििद्रय बैंकले ५० १०० र ५०० रुपैयाँको नोट छाप्ने जिम्मा दिएको हो ।

'नेपालले दर्जनभन्दा वढी कम्पनीसँग प्रतिस्पर्धा गराएर पेरुरीले नोट छाप्न दिइएको हो,' केन्द्रिय बैंकका एक वरिस्ठ अधिकारीले सोमबार नागरिकसँग भने, 'तीन पटक गरेर यो नोट नेपाल आउँछ ।' केही समयअघि छाप्न दिएको १००० रुपैयाँ वरावरको नोट भने नेपालले पाइसकेको छ ।
नेपालले इन्डोनेसियावाहेक वेलायत प्रुान्स इन्डिया अस्टे्रलियालगायतका देशमा समेत नोट छाप्न दिने गरेको छ । 'हाम्रो लिस्टमा विश्वभरी सुचिकृत १५ वटा जति नोट छाप्ने कम्पनी छन्,' ती अधिकारीले भने 'जसले सस्तोमा नोट छाप्छ उसैलाई दिने गरेका छौं ।'

सरकारी स्वामित्वको कागज तथा बैंक नोट छाप्ने पेरुरीले यो बर्ष नेपाली नोट अहिले प्रयोग गरिएभन्दा वढी सुरक्षा चिन्ह प्रयोग गरी छापिने आफ्नो वेवसाइटमा जनाएको छ ।
  • Video Release
    Promote your biz and get results! Sign up and see your traffic grow
    www.MyPRGenie.com
  • Live Premier League
    Live scores, goals, substitutions, fouls, injuries & match statistics
    www.my11.com/livepremierleague
  • Find Katrina Kaif Sexy?
    Get All News, Pics, Bios & More Of Beautiful Katrina. Tune In Here!
    www.DesiHits.com/KatrinaKaif
  • Nepal News
    Latest Nepal News for Political Researchers & Analysts
    EINnews.com/Nepal

सन् २००७ देखि नै नेपाली नोट छाप्दै आएको यो कम्पनीले मलेसिया थाइल्यान्ड अरजेन्टिना श्रीलंका र बंगलादेशको समेत छापिने पेरुरीका कार्यकारी निर्देशक जुनिनो जाफ्जाले वेव साइडमा भनेका छन् । कम्पनीले दक्षिण एसिया पूर्व तथा पश्चिम एपि्रुका र ल्याटिन अमेरिकाका देशहरुको पनि कागजी नोट छाप्छ ।
नेपाली नोट छाप्नका लागि गृहकार्य थालिसकेको पेरुरीले आफ्नै देशको नोटसमेत छाप्ने तयारी गरेको छ ।

No comments:

Post a Comment

thanks for comment