असुरक्षाबाट व्यसायिक क्षेत्र प्रताडित

काठमाडौं चैत २६ नागरिक
असुरक्षाबाट सबैभन्दा प्रताडित व्यवसायिक क्षेत्र रहेको निस्कर्षसहित दुई संस्थाले अनुसन्धानपत्र बिहीवार सार्वजनिक गरेका छन् । राष्ट्रिय व्यवसायिक पहल एनबिआइ र इन्टरनेसनल अलर्टले सात जिल्लामा गरेको अनुसन्धानमा असुरक्षा वढेपछि व्यसायिक क्षेत्रले असल आचरण लिएको पनि उल्लेख गरिएको छ ।

ुगैरकानुनी तरिकाले व्यवसाय साचालन गर्नेलाई वढीजसो अपराधिक समुहले धम्क्याउने गरेको पाइएको छु अनुसन्धानपत्र सार्वजनिक कार्यक्रममा अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत डिबी सुवेदीले भने । उनले टे्रड युनियनका कारणले पनि उद्योगधन्दा साचालनमा असर परेको अनुसन्धानबाट देखिएको बताए । बढ्दो युवा वेराजगारी दरका कारण युवाहरु निरास भएर अपराधिक कार्यमा सम्लग्न हुन थालेको उनले जानकारी दिए ।

बन्द हड्ताल धम्की अपहरणले व्यवसायिक असुरक्षा वढेर गरिवीको खाडल गहिरिएको उनले बताए । उनले अनुसन्धानका क्रममा गरिएको अधिकांस अन्तर्वार्ताकारले असुरक्षाको विषयलाई बेलैमा शंवोधन नगरिए गरिवी झनै वढेर जाने बताए । अनुसन्धानका क्रममा उद्योगी व्यवसायी टे्रड युनियन अधिकारी नागरिक समाज सर्वसाधारणलगायत ५० जनासँग अन्तर्वार्ता र छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमस्रका अध्यक्ष तथा एनबिआइका महासचिव सुरेन्द्रवीर मालाकारले असुरक्षाले औद्योगिक वातावरण नहुँदा पुँजी पलायन भएको बताए । उनले १०९ सशस्त्र समुहलगायत अन्य समुहबाट व्यसायिक क्षेत्रमा असुरक्षा वढेको जानकारी दिए । ुसबैसँग हामीले वार्ता गर्ने कुरा हुँदैनु उनले भने ुयो विषयमा राज्य चनाखो भएर वार्ताबाट असुरक्षाको वातावरण अन्त्य गर्नुपर्छ ।ु

एनबिआइका अध्यक्ष पद्म ज्योतीले विभिन्न क्षेत्रसँग हुने विवाद द्वन्द व्यवस्थापन गर्न संयन्त्र बनाउनु पर्ने बताए । उनले रोजगारी श्रृजनाका लागि व्यवसायीले सरकारसँग मिलेर जानु पर्ने आवश्यकता औंल्याए । ज्योतीले सुरक्षा निकायलाई पनि जिम्मेवार दक्ष र जवाफदेही बनाउन आवश्यक रहेको बताए ।

एनबिआइ सदस्य तथा घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सुरेश प्रधानले औद्योगिक वातावरण नहुँदा उत्पादनको लागत वढेर मूल्यवृद्धि भएको भन्दै तत्काल सुरक्षाको वातावरण वनाउन सबै पक्षले पहल गर्नु पर्ने बताए । उनले औद्योगिक वातावरण नहुँदा रोजगारी श्रृजना नभएर असुरक्षा वढेको बताए ।

No comments:

Post a Comment

thanks for comment