कस्तो संस्थामा पैसा राख्ने
सुदर्शन सापकोटा
काठमाडौं चैत ४

अहिले एक लाख रुपैयाँ बैंकमा राखे घरै बसेर महिनाको हजार रुपैयाँसम्म कमाउन सकिन्छ । पाँच महिना अघिसम्म व्याजको यस्तो कमाइ आठ सय रुपैयाँभन्दा बढी हुन्थेन ।

यस अवधिमा बैंकहरुले सय प्रतिशतसम्म व्याज दर वृद्धि गरेपछि निक्षेपको प्रतिफल बढेको हो । तरलता अभावले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुमा व्याज बढाएर निक्षेपकर्ता तान्ने होडबाजी चलेको छ । त्यसमा पनि नयाँ खुलेका बैंकहरु व्याज बढाबढमा लागेका छन् ।

कुनै आर्थिक गतिविधिविना निक्षेपको व्याजदर बढ्नुलाई ुजोखिमपूर्णु मानिन्छ । नेपालको सन्दर्भमा व्याज दर बढ्नुको एकमात्र कारण बैंकिङ क्षेत्रको तरलता अभाव हो । यसले बैंकको कर्जा प्रवाहमै असर पारेको छ ।

ुनिक्षेपको व्याज दर बढ्नुले बैंकको पुँजी लागत बढेको छु बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले नागरिकसँग भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अर्थशास्त्री युवराज खतिवडाले उपभोक्ता सचेत भएर निक्षेप जम्मा गर्नु पर्ने बताएका छन् । ुबढी व्याजमा मात्र आकर्षित भएर निक्षेप जम्मा गर्नु हुँदैनु उनले वुधवार नागरिकसँग भने ।

उनले ुसबल संस्थाले भन्दा वित्तीय रुपमा दुर्बल र कमजोर व्यवस्थापन भएकाहरुले बढी व्याजदर घोषणा गरेर निक्षेपकर्ता आकर्षित गरिरहेकोु बताए । ुधेरै व्याजदर घोषणा गरेका संस्थामा राखिने निक्षेपमा बढी जोखिम हुनसक्छु उनले भने ।

भर्खरैमात्र नेपाल विकास बैंक टाट उल्टिएपछि त्यसका निक्षेपकर्ताले समस्या भोग्नुपरेको थियो । गएको जेठ महिनामा खारेजीमा गएको यो बैंकका सबै निक्षेपकर्ताले अझै पूरा पैसा पाएका छैनन् । करिब नौ महिना अन्योलमा रहेका निक्षेपकर्ताले गएको महिना आठ लाख रुपैयाँसम्मको निक्षेप फिर्ता लिए । त्योभन्दा बढी हुनेको रकम अझै त्यसमा फसेको छ ।

यो बैंकमा पैसा राखेका नेपाली सेना र कर्मचारी साचय कोषजस्ता संस्थापक निक्षेपकर्ताले अझै पैसा फिर्ता पाएका छैनन् । यो ७० करोड रुपैयाँजति छ ।

बैंक अफ काठमान्डुका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ भने ुलामो समय निक्षेपको व्याज दर कम रहेकाले अहिले सच्चिएको हुनसक्नेु बताउँछन् ।

ुआर्थिक गतिविधि नभएको समयमा व्याजदर बढ्नु अप्राकृतिक कुरा हो तर तरलता अभावका बेला यो सामान्य हुन्छु उनले बुधबार नागरिकसँग भने ।

वाणिज्य बैंकहरुमध्ये सबभन्दा बढी व्याजदर बैंक अफ एसिया नेपालले दिएको छ । तयसपछि सिटिजन्स बैंक इन्टरनेसनल लक्ष्मी सिद्धार्थ माछापुच्छे्र कुमारी डिसिबिएल र एभरेष्ट बैंकले बढी व्याज दिँदै आएका छन् । यी बैंकले वार्षिक मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज दिन थालेका छन् ।

हत्तपत्त व्याज नबढाउने केही बैंक पनि पछिल्लो अवधिमा यो प्रतिस्पर्धामा लागेका छन् । यसमा राष्ट्रिय वाणिज्य बैंक नेपाल बैंक हिमालयन नेपाल इन्भेस्टमेन्ट नबिल नेपाल बंगलादेश एनआइसी नेपाल एसबिआइ लगायत पर्छन् । यत्रो प्रतिस्पर्धामा पनि व्याज नबढाउनुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र कृषि विकास बैंक छन् ।

पैसा राख्दा केमा ध्यान दिने
निक्षेप राख्न बढी व्याज दिने कम्पनी मात्र छान्नु हुँदैन । व्याजसँगै बैंक तथा वित्तीय कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वासलातमा निम्न शीर्षक हेरेर निक्षेप जम्मा गर्दा जोखिम कम हुन्छ ।

- संकलन गरेको निक्षेपको तुलनामा कम कर्जा प्रवाह गरेका । अर्थात १ सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँसम्म मात्र कर्जा प्रवाह गरेका ।
- निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका
- कर्जाको व्याजभन्दा छुट कमिसन र शुल्कलगायत अन्य स्रोतबाट बढी आम्दानी गरेका
- कर्जामा विविधीकरण भएको
- खुद्रा निक्षेपकर्ता बढी भएको
- साचालक तथा व्यवस्थापक विश्वसनीय र व्यावसायिक भएको

No comments:

Post a Comment

thanks for comment