डेरिभेटिभ्स कारोवार विकास बैंकले पनि गर्न पाउने

काठमाडौं चैत १८ नागरिक
राष्ट्रिय स्तरका विकास बैंकले पनि विदेशी मुद्रामा डेरिभेटिभ्स कारोवार गर्न पाउने भएका छन् । वाणिज्य बैंकले मात्र गर्दै आएको कारोवार विकास बैंकले पनि फरवार्ड अप्सन स्वाप र फ्युचरजस्ता उपकरणमार्फत गर्न पाउने छन् ।
यो उपकरणमार्फत बैंक तथा विकास बैंकले अहिले सम्झौता भएको डलरको मूल्यमा भविस्यमा पनि त्यतिमा नै भुक्तानी दिनसक्छ । उदाहरणका लागि अहिले भविस्यको डलर मूल्य ७५ रुपैयाँ अनुमान गरेर सम्झौता गरेपछि भविस्यमा डलरको मूल्य ८० पुगेपनि बैंकहरुले ७५ मै भुक्तानी दिन पाउँछन् । राष्ट्र बैंकले वुधवार एक निर्देशनात्मक परिपत्र जारी गर्दै यो उपकरण प्रयोग गर्न सम्वन्धित कम्पनीको साचालक समितिले तोकेको मापदण्डभित्र रहुन पर्ने सर्त राखेको छ ।
ुडलर तलमाथि हुँदा बैंक तथा विकास बैंकलाई मूल्यमा जोखिम हुने भएकाले यो व्यवस्था गरिएको होु राष्ट्र बैंकका एक अधिकारीले भने ।


No comments:

Post a Comment

thanks for comment