ओटिसी कामविहीन

काठमाडौं चैत २९
करिव दुई वर्षअघि सुरु भएको ओभर द काउन्टर ओटिसी बजारमा हालसम्म पनि कुनै कम्पनीको सेयर तथा ऋणपत्र कारोवार भएको छैन । नेपाल स्टक एक्सचेन्ज नेप्से ले सुचीकरणबाट हटाएको विभिन्न कारणले सुचीकरण हुन नसकेको र सुचीकरण प्रकृयामा नआएका पब्लिक लिमिटेड कम्पनीको सेयर कारोवार गराउनका लागि ओटिसी बजारको सुरु गरिएको थियो ।
ुसेयर सुचीकरण गर्ने प्रकृया सहज भएकाले ओटिसीमा कारोवार नभएको हुनसक्छु नेप्सेका नायव महाप्रबन्धक प्रमोद भट्टराईले आइतवार नागरिकसँग भने । उनले ओटिसी बजारमा कारोवर गराउनका लागि पहल हुन नसकेकाले पनि कारोवार नभएको जानकारी दिए ।
ुपुँजी बजारको विस्तार र लगानीकर्ता हितमा नयाँ आयाम थपिएकोु भन्दै नेप्सेले ओटिसी बजारको सुरुवात गरेको थियो । न यसबाट अहिलेसम्म बजार विस्तार नै भएको छ न लगानीकर्ताको हित नै । नेप्सेका तत्कालिन महाप्रबन्धक रेवतवहादुर कार्कीको पहलमा सुरु गरिएको ओटिसीको बजार प्रवद्र्धन गर्न नसकिएकाले हालसम्म पनि कारोवार हुन नसकेको हो । सन्सारभर नै सुचीकरण नभएको तथा खारेज भएको कम्पनीको सेयर खरिद विक्री गर्न योग्य बनाउनलाई ओटिसीको अवधारणा आएको हो ।
नेप्सेले विभिन्न चरणमा ४२ कम्पनीको सुचीकरण खारेज गरिसकेको छ । सुचीकरण खारेज भएपनि सेयर लगानीकर्ता ओटिसी बजारमार्फत कारोवार गर्न सक्छन् । तर बजार सुरु भएको दुई वर्ष नाघ्नै लाग्दा पनि अहिलेसम्म कुनै कम्पनीको सेयर कारोवार हुनसकेको छैन ।
अन्तर्राष्र्टिय अभ्यासअनुसार सेयर निस्कासन गरेका कम्पनीले एक्सचेन्ज कम्पनीमा कारोवार गर्नुअघि ओटिसीमा गएर सेयर मूल्य वढाउँछन् । त्यहाँ उच्च मूल्यमा सेयर कारोवार हुन थालेपछि त्यही मूल्यमा कारोवार गराउनलाई एक्सचेन्ज कम्पनीमा सुचिकृत गर्छन । यसो हुँदा कम्पनीको सेयरप्रति सर्वसाधारणको आकर्षण सँधै वढिरहन्छ ।
नेप्सेले सुचीकरण खारेज गरेको कम्पनीबाट सेयरधनीलाई ६५ करोड ८७ लाख रुपैयाँ घाटा लागेको छ । यसमा नेपाल बैंकका लगानीकर्ताको सेयर रकम जोडिएको छैन ।
ओटिसी बजारमा कारोवार गर्दा लगानीकर्ताको सेयर नगदमा परिणत हुनसक्छ । तर यसको बारेमा सर्वसाधारणलाई जानकारी नहुँदा उनीहरुको करिव ६६ करोड रुपैयाँ डुबेको छ ।
ओटिसीमा कारोवार गर्नका लागि सेयर दलालको सहयोग पनि लिनु पर्दैन । सोझै नेप्सेमा गएर ओटिसीको कारोवर गर्न सकिन्छ । यसमा २५ हजारसम्मको कारोवार गर्दा २ प्रतिशत ५० हजारसम्म डेढ प्रतिशत र योभन्दा माथि १ प्रतिशत सेवा सुल्क लाग्छ ।

No comments:

Post a Comment

thanks for comment