बैंकको निक्षेप र कर्जा घट्यो

सुदर्शन सापकोटा
काठमाडौं फागुन ८
तरलता अभावको प्रभाव बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएको छ । गएको दुई महिनामा वाणिज्य बैंकहरुको निक्षेप २ अर्व ९९ करोडले घटेको हो । गत पुससम्म ५ सय ३६ अर्व रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको बचत फागुन अन्तिम सातासम्म ५ सय ३३ अर्व रुपैयाँमा झरेको छ ।
ुदशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएकाले निक्षेप घटेको होु एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आइतवार नागरिकसँग भने । सर्वसाधारणको विश्वास आर्जन नगरेसम्म निक्षेप नबढ्ने उनले दावी गरे ।
साचालनमा रहेका २६ वाणिज्य बैंकमध्ये १७ बैंकको निक्षेप दुई महिनामा घटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । १२ बैंकको कर्जा प्रवाह घटेको छ । यसमध्ये ८ बैंकको निक्षेप र कर्जा दुवै घटेको स्रोतले जनाएको छ ।
निक्षेप वढाउनलाई पछिल्लो अवधिमा सबै बैंकबिच व्याजदर वढाउने प्रतिस्पर्धा नै चलेको छ । बैंकहरुले व्याजदर वढाएर १२ प्रतिशतसम्म पुर् याएका छन् ।
सरकारी स्वामित्वको नेपाल बैंक तथा कृषि विकास बैंक र निजी क्षेत्रको प्राइम बैंकको निक्षेप १ अर्व वढीले घटेको छ । एनआइसी स्ट्यान्डर्ड चार्टर्ड एभरेष्ट र एनएमबी बैंकको निक्षेप ५० करोडभन्दा माथिले घटेको छ ।
निक्षेप घट्नेमा हिमालयन नेपाल इन्भेस्टमेन्ट एनसिसी सनराइज लुम्बिनी सिद्धार्थ लक्ष्मी डिसिबिएल नबिल र कुमारी बैंक छन् । ुतरलता अभावले गर्दा निक्षेप घटेको होु राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । उनले तरलता अभाव समाधानका लागि राष्ट्र बैंकले चाँडै शंवोधन गर्ने तयारी गरिरहेकेा जानकारी दिए ।
राष्ट्रिय वाणिज्य र प्राइम बैंकको कर्जा एक अर्व वढीले घटेको छ । नेपाल एसबिआइ बैंक अफ काठमाण्डौं नेपाल इन्भेष्टमेन्ट लक्ष्मी एनआइसी एभरेष्ट लुम्बिनी कुमारी एनसिसी र माछापुच्छे्र बैंकको कर्जा प्रवाह पनि घटेको छ । ुतरलता अभावले व्याजदर वढेर कर्जाको माग नहुँदा कर्जा प्रवाहमा पनि असर परेको होु ती अधिकारीले भने । सवै बैंकले प्रवाह गर्ने कर्जा भने ४ अर्व १९ अर्वले वढेको छ ।
तरलता अभाव गहिरिँदै गएपछि अधिकांस बैंकले नयाँ कर्जा प्रवाह रोकेका छन् । उनीहरुले पहिले नै प्रतिवद्धता जनाएको क्षेत्रमा कर्जा दिँदा समग्र कर्जा प्रवाह वढेको हो । ुअहिले कर्जा दिने अवस्था पनि छैन र माग पनि घटेको छु एक बैंकका अधिकारीले भने ुनिक्षेपसँगै कर्जाको व्याजदर वढेकाले पनि माग घटेको हो ।ु ती अधिकारीले तरलता समस्या बारे तत्काल सरकार र राष्ट्र बैंकले शंवोधन नगरे निक्षेप र कर्जा दुवै घट्ने दावी गरे ।

No comments:

Post a Comment

thanks for comment