सहकारीलाई दश लाखमाथिको कारोवार विवरण अनिवार्य

काठमाडौं चैत १४ नागरिक
बचत तथा कर्जाको कारोवार गर्ने सहकारी संस्थाले पनि १० लाखभन्दा माथिको कारोवारको विवरण वित्तीय जानकारी इकाईलाई दिनु पर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गतको इकाइले आगामी बैंशाक १ बाट यस्तो विवरण उपलब्ध गराउन सहकारी संस्थालाई निर्देशन दिएको हो ।
सहकारी संस्थाले ग्राहकको स्पष्ट कायम गरी त्यसको विवरण राख्नु पर्ने व्यवस्था सहित इकाइले सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी निर्देशन-२०६६ जारी गरेको जनाएको छ । ग्राहकले पनि बैंकले मागेको विवरण दिनु पर्नेछ ।
शुक्रवार जारी निर्देशनमा जति सुकै रकमको भएपनि शंकास्पद कारोवारको विवरण तुरुन्त उपलब्ध गराउन भनिएको छ । यसका लागि सम्वन्धित सहकारीले कार्यान्वयन अधिकृतको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ ।
सहकारी संस्थाले इकाइले मागेको वित्तीय जानकारी उपलब्ध नगराए जरिबाना तथा सम्पति सुद्धिकरण व्यवस्था अन्तर्गत कारवाही हुने छ ।

No comments:

Post a Comment

thanks for comment