बैँकले आपसी सापटी पाएनन्

सुदर्शन सापकोटा
काठमाडौं, चैत १८
बैंकहरुले एक आपस (अन्तर बैंक) बाट सापटी पाउन छाडेका छन्। तरलता संकट गहिरिँदै गएपछि बढीमा सात दिनसम्म अन्तर बैंक सुविधा लिदै आएका बैंकले बैंकिङ प्रणालीभित्र पैसा कम भएपछि सापटी पाउन छाडेका हुन्।
मंगलबार अधिकांश बैंकले सापटी माग गरे पनि कसैले उपलब्ध गराउन सकेनन्। 'मंगलबार सापटी दिन कुनै बैंक तयार भएनन्,' लक्ष्मी बैंकका प्रमुख कार्यका अधिकृत सुमन जोशीले नागरिकसँग भने।

गत साता ६.५ प्रतिशतमा झरेको अन्तर बैंक व्याजदर अहिले १०.५ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकले नियमित रुपमा सरका ऋणपत्रको धितो (रिपो) मार्फत पैसा उपलब्ध गराउँदै आए पनि ४ अर्ब रुपैयाँ मात्र दिएको छ। गत साता अवधि पुगेको ९ अर्ब रिपोमध्ये ४ अर्ब रुपैयाँ मात्र राष्ट्र बैंकले नवीकरण (रोलओभर) गरेको थियो।

'गत साता तरलता अभाव कम भएर अन्तर बैंक व्याजदर ११ बाट एकैचोटी साढे ६ प्रतिशतमा झरेकाले ५ अर्ब रोलओभर नगरेको हो,' राष्ट्र बैंकका एक अधिकाले मंगलबार नागरिकसँग भने। उनका अनुसार आगामी बिहीबार ६ अर्बको रिपो रोलओभर गरिनेछ।
यसै साता नेपाल टेलिकमले बैंकिङ प्रणालीबाट करिव ३ अर्ब रुपैयाँ झिक्नु तरलता अभाव हुनुको एक कारण हो। 'चार अर्ब रुपैयाँ मात्र रोलओभर भएको र नेपाल टेलिकमले ठूलो रकम बैंकिङ प्रणालीबाट झिकेकाले अन्तर बैंक सापटी नपाएको हो,' जोशीले भने। लक्ष्मीले सोमबार मात्र अन्य बैंकलाई सापटी उपलब्ध गराएको थियो।

एक सातादेखि बैंकहरुले ४/५ दिनलाई लिएको अन्तर बैंक सापटी नवीकरण गराउँदै आएको एक बैंकरले जानका दिए। उनले आगामी बिहीबार केन्द्रीय बैंकले रोलओभर गराउन लागेको रिपो नपरे अन्तर बैंक सापटी नवीकरण गराएर जगेडा राख्न खोजेको पनि हुन सक्ने जानका दिए।

अन्तर बैंक सापटी उपलब्ध गराउँदै आएका स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नबिल, राष्ट्रिय वाणिज्य बैंकले पनि मंगलबार दिएनन्। 'पछिल्लो समयमा अन्तर बैंक सापटी दिनेभन्दा लिने बैंक बढेका छन्,' एक बैंकका प्रमुख कार्यका अधिकृतले नागरिकसँग भने, 'रिपो कम गर्दै गए बैंकिङ प्रणालीमा समस्या अझ चर्कदै जानेछ।'

मंगलबार सापटी माग्ने मात्रै बैंक भएकाले केन्द्रीय बैंकबाट तीन वाणिज्य बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम लगेका छन्। ती बैंकले १ अर्ब रुपैयाँभन्दा बढी एसएसएफ लगेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले साढे १३ प्रतिशतमा एसएलएफ लगेका हुन्। अन्तर बैंक सापटी नपाए पछि बैंकहरुले महंगोमा एसएलएफ लिन्छन्। एसएलएफ टे्रज, रिपो र अन्तर बैंकमध्ये जसको बढी व्याज हुन्छ त्यसमा ३ प्रतिशत थप तिरेर लिन सकिन्छ।

तरलता अभाव समाधान गर्न तत्काल बैंकको असल कर्जाको धितोमा कर्जा उपलब्ध गराउनु पर्ने एक बैंकरले बताए। 'रिपो सिटामोल मात्रै हो,' जोशीले भने, 'रोग पहिचान ग थप उपचारमा जानु पर्छ।'

बैंकरहरुले पुनर्कर्जा उपलब्ध गराउन सरकार र राष्ट्र बैंकसँग आग्रह गर्दै आएका छन्। केन्द्रीय बैंकले पनि पुनर्कर्जा उपलब्ध गराउन सैद्धान्तिक सहमति जनाइसकेको छ। 'पुनर्कर्जाका लागि यसको प्रारुपको बारेमा छलफल भइरहेको छ,' केन्द्रीय बैंकका एक अधिकारीले भने।

No comments:

Post a Comment

thanks for comment