घ वर्गका वित्तीय संस्थाले निक्षेप परिचालन गर्न पाउने

नागरिक संवाददाता
काठमाडौं चैत १६
राष्ट्र बैंक अन्तर्गतका वित्तीय संस्थाले प्राथमिक पुँजीको ५ गुणासम्म निक्षेप परिचालन गर्न पाउने भएका छन् । ुघु वर्गका वित्तीय संस्थाले यसका लागि वाह्य लेखापरीक्षणबाट विगत ३ वर्षदेखि खुद मुनाफा आर्जन गरेको प्रमाणित गराएपछि मात्र निक्षेप परिचालन गर्न पाउने सर्त केन्द्रिय बैंकले राखेको छ ।
खुद्रा बैंकिङ कारोवार गर्ने ती वित्तीय सस्थाले प्रबन्धपत्र तथा नियमावलीमा सर्वसाधारणबाट निक्षेप परिचालन गर्नसक्ने व्यवस्था गरेर केन्द्रिय बैंकले तोकेको न्युनतम पुँजीकोष पुरा गरेको हुनु पर्नेछ । साथै पूर्व साचालन खर्च पनि पूर्ण रुपमा अपलेखन भएको हुनु पर्ने सर्त केन्द्रिय बैंकको छ ।
निक्षेप परिचालन गर्न ती संस्थाको बचत कर्जा र कोष परिचालन नीति तयार गरेर पछिल्लो त्रैमासको विवरणमा निस्कृय कर्जा ५ प्रतिशतभन्दा तल हुन पर्छ । साथै कुल समुह सख्या कम्तिमा ५ सय वा २५ सय सदस्यसँग कर्जाको कारोवार गरिरहेको हुनु पर्छ ।
निक्षेप परिचालनका लागि अन्य निकायबाट प्राप्त गरेको ऋण शत प्रतिशत नै आफ्ना ग्राहकमा लगानी गरेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । तर सर्वसाधारणबाट संकलित निक्षेपको सीमामा समूहमा आवद्ध सदस्यको बचत गणना हुँदैन ।
वित्तीय संस्थाले २ वर्षसम्मको मुद्दती निक्षेप मात्र परिचालन गर्न पाउँछन् । कुनै एउटा फर्म कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको वढीमा बीस प्रतिशतसम्मको सीमामा रहेर संस्थागत निक्षेप परिचालन गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बचत परिचालन गर्ने संस्थाले त्रैमासिक रुपमा सम्पत्ति तथा दायित्वको अवस्थाबारे अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ । संस्थाले कुल निक्षेप दायित्वको २ प्रतिशत अनिवार्य मौज्दात वापत राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने छ ।

No comments:

Post a Comment

thanks for comment