दलाल थप्ने प्रकृया सुरु नगरिए आन्दोलनको चेतावनी

काठमाडौं चैत २९ नागरिक
सेयर दलाल थप्ने प्रकृया तत्काल सुरु गर्न सात दिने म्याद दिँदै स्टक एक्सचेन्ज नयाँ सेयर दलाल आवेदक संघर्ष समितिले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर दलाल हुन योग्य ठहरिएका ३१६ जनाको संघर्ष समितिले आइतवार अर्थमन्त्रालय र धितोपत्र वार्डलाई ज्ञापन पत्र वुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

नेप्सेले करिव आढाइ वर्ष पहिले सेयर दलाल थप्ने प्रकृया शुरु गरि योग्य ठहरिएका ३१६ आवेदकको ७५ नम्वरको नतिजा समेत प्रकासित गरिसकेको छ । १ सय नंवरको परिक्षामा बाँकी २५ नम्वरको परिक्षा हुने अघिल्लो दिन दलाल थप्ने प्रकृया रद्द गरिएको थियो । संघर्ष समितिले दलाल हुने आवेदनका लागि लाखौ रुपया खर्च भईसकेको २ वर्षभन्दा वढि समयसम्म प्रकृया शुरु नभएको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएको जनाएका छन् ।
दलाल थप्नका लागि सर्वोच्व अदालतले पनि स्वीकृति दिइसकेको छ । दलाल थप्ने प्रकृया रोक्न परेको मुद्दाको सुनुवाइ गर्दै थप्नु पर्ने पक्षमा सर्वोच्चले फैसला सुनाएको थियो ।
ुहाम्रो शिष्ट र सालिन व्यवहार र धैर्यतालाई कमजोरी सम्झी वेवास्था गरिएमा बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउने छु संघर्ष समितिले आइतवार वुझाएको ज्ञापनपत्रमा भनिएको छ ुहाम्रो मागलाई अझैपनि वेवास्ता गरिएमा यसबाट उत्पन्न हुने परिणामको भागेदार सम्वन्धित नेपाल स्टक एकस्चेाज धितोपत्र वोर्ड र अर्थ मन्त्रालय हुनेछ ।ु

No comments:

Post a Comment

thanks for comment