राष्ट्र बैंक पुनर्कर्जा दिन सहमत


नागरिक संवाददाता
काठमाडौं फागुन ३

बैंकहरुको असल कर्जामा ऋण दिन केन्द्रिय बैंक सहमत भएको छ । बैंकहरुको छाता संगठन नेपाल बैंकस्र एशोसिएसनका पदाधिकारीसँग मंगलवार छलफल गर्दै राष्ट्र बैंक पुनर्कर्जा दिन सहमत भएको हो ।
ुसैद्धान्तिक रुपमा पुनर्कर्जा दिन केन्द्रिय बैंक सहमत भएको छु बैंकस्र एशोसिएसनका अध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले मंगलवार नागरिकसँग भने ुकुन प्रारुपमा कर्जा दिने भन्ने बारेमा छलफल भयो ।ु
पुनर्कर्जा बैंकहरुले राष्ट्र बैंकमा राख्ने कुल निक्षेपको ५।५ प्रतिशत अनिवार्य नगद अनुपात टे्रजरी विल्स वा असल कर्जाको धितोमा उपलब्ध गराउन सकिन्छ । बैंकहरुले यसमध्ये असल कर्जाको धितोमा पुनर्कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकसँग आग्रह गरेका हुन् ।
वैठकमा बैंंकस्रले पुनर्कर्जा छिटो र सरल तरिकाले उपलब्ध गराउन केन्द्रिय बैंकसँग आग्रह गरेका थिए । ुकेही दिनभित्र हुने राष्ट्र बैंक साचालकहरुको वैठकमा पुनकर्जाका बारेमा छलफल गरी टुङ्गोमा गुग्छौंु कामु गभर्नर कृष्णवहादुर मानन्धरको भनाइ उदृत गर्दै एक बैंकरले नागरिकसँग भने ।
बैंकरले तरलता अभावले नयाँ क्षेत्रमा कर्जा बन्द भएकाले तत्काल पुनर्कजा दिन आग्रह गरेका हुन् । अधिकांस बैंकसँग सरकारी ऋणपत्र टे्रजरी विल्स सकिसकेकाले त्यसको धितो रिपो मार्फत कर्जा लिन नसक्ने भएकाले पुनकर्जाको माग गरिएको एक बैंकरले जानकारी दिए । रिपोको अवधि २८ दिन मात्रै हुने भएकाले मध्यकालिन लगानीका लागि पुनर्कजाको प्रस्ताव बैंकहरुले राष्ट्र बैंकमा लगेका हुन् । बैंकरहरुले १४ देखि १८ महिना अधिका लागि यस्तो कर्जा मागेको उनले जानकारी दिए ।
ुपुनर्कर्जा सरल तरिकाले दिुनपर् योु एक बैंकका अधिकारीले भने ुथाल अगाडि राखेर मुख थुन्ने काम राष्ट्र बैंकले गर्नु भएन ।ु बैंकहरुले असल कर्जाको विवरण राष्ट्र बैंकमा वुझाएपछि त्यसको आधारमा कर्जा दिन केन्द्रिय बैंकसँग भनेका छन् । बैंकले दिएको हरेक कर्जाको तमसुक हेरेर कर्जा दिँदा ढिलाइ हुने बताउँदै एक बैंकरले भने ुप्रकृया लम्बिएमा आगोले खरानी भएपछि त्यसलाई निभाउन दमकल आएजस्तो मात्र हुन्छ ।ु

पुनर्कर्जाको प्रकृया लामो हुन नहुने बैंकरको भनाइ छ । ुपुनर्कर्जाको प्रकृया व्यवहारिक हुनु पर्छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुव्यवहारिक भएन भने सवै कम्पनीले कर्जा नलिनसक्छन् ।ु उनले बैंकहरुले दिने असल कर्जाको विवरणलाई आधार मानेर कर्जा उपलब्ध गराउन बैंकरले राष्ट्र बैंकलाई आग्रह गरेको जानकारी दिए ।
राष्ट्र बैंकले पुनर्कर्जा पुँजी कोषका आधारमा दिन सकिने प्रस्ताव बैंकहरुसँग गरेको छ । पुँजी कोषको ३० देखि ४० प्रतिशत कर्जा असल कर्जाको धितोमा दिन सकिने प्रस्ताव उसको हो । तर बैंकहरुले पुँजी कोषको आधारमा पुनर्कर्जा दिँदा तरलता समस्या समाधान हुने गरी पैसा बजारमा नआउने बताएका छन् ।
बैंकरका अनुसार पुँजी कोषको आधारमा कर्जा दिँदा बैंकिङ प्रणालीमा २२ अर्व रुपैयाँसम्म आउँछ जुन तरलता समस्या समाधानका लागि अपर्याप्त हुन्छ । ुअहिले ४० अर्व रुपैयाँ बैंकिङ प्रणालीमा चाहिएको छु एक बैंकरले भने ुजुन असल कर्जाको धितोमा १५ प्रतिशत ऋण उपलब्ध गराउँदा आउँछ ।ु
राष्ट्र बैंकले भने वाणिज्य बैंकको हकमा उनीहरुले प्रमाणित गरेको असल ऋणमा पुनर्कर्जा दिन सकिए पनि विकास बैंक र फाइनान्स कम्पनीलाई दिन नसकिने जनाएको छ । ुविकास बैंक र फाइनान्स कम्पनीको राम्रो नियमन पनि हुन नसकेको र राम्रो वित्तीय अवस्थामा पनि नरहेकाले उनीहरुले प्रमाणित गरेको भरमा नै कर्जा दिन गाह्रो छु राष्ट्र बैंकका एक उच्च अधिकारीले नागरिकसँग भने ।
छलफलमा बैंकरहरुले अनिवार्य नगद अनुपात सिआरआर १ प्रतिशत विन्दुले घटाउन केन्द्रिय बैंकसँग आग्रह गरेका थिए । राष्ट्र बैंकले सिआरआर घटाउन भने मानेन । अहिले सिआरआर ५।५ प्रतिशत छ ।

No comments:

Post a Comment

thanks for comment