माइखोला आयोजनामा बैंकले ऋण दिने

सुदर्शन सापकोटा
काठमाडौं चैत १
१५ दशमलव ६ मेगावाट क्षमताको विद्युतीय आयोजना निर्माणका लागि वाणिज्य बैंकहरुले लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको नेतृत्वमा इलामको माइखोला आयोजनाका लागि नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकले साहायक कम्पनीका रुपमा कर्जामा सघाउने भएका हुन् । ुदिर्घकालिन लगानीका लागि आयोजनामा सहयोग गर्ने भएका हौंु आयोजनाको लिड बैंक लक्ष्मीका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले नागरिकसँग भने ।
अनुमानित ३ अर्ब रुपैयाँ लागत लाग्ने सानिमा माइखोला हाइड्रो पावर आयोजनाका लागि अन्य ११ बैंकले पनि लगानीका लागि चासो देखाएका छन् । ुआयोजना निर्माणका लगि ११ बैंकसँग सैद्धान्तिक सहमति भइसकेको छु उनले भने ुकेही सातापछि कर्जा लगानीका बारेमा निचोडमा पुगिन्छ ।ु
जोशीले ११ बैंकबिच सैद्धान्तिक सहमति भएपनि अर्को बैठकपछि मात्र कुन-कुन बैंकले लगानी गर्ने भन्ने टुङ्गो लाग्ने जानकारी दिए । ुअहिले लगानीका लागि सैद्धान्तिक सहमति मात्र भएको होु उनले भने ुअर्को वैठकमा विस्तृत छलफल भइ लगानीका लागि टुङ्गोमा पुगिने छ ।ु तरलता अभावले बैंकहरुलाई नयाँ आयोजनामा लगानी गर्न भने कठिन छ । यद्यपी बैंकहरुले आफूलाई सहज भइन्जेल आयोजनालाई सहयोग गर्ने जनाएका छन् ।
माइखोलाका लागि बैंकहरुले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । ७५ प्रतिशत बैंकको कर्जा र बाँकी सानिमाले आयोजनाका लागि पैसा हाल्ने गरी सहमति भएको सानिमा हाइड्रो पावर कम्पनीको महाप्रवन्धक सुवर्णदास श्रेष्ठले जानकारी दिए । उनले बैंकसँग कर्जा सम्झौता भने भइनसकेको बताए । ुएकडेढ महिनामा सम्झौता गर्ने भनेर आश्वासन पाएका छौंु उनले भने ।
सहयोग गर्न सैद्धान्तिक सहमति देखाएका ११ बैंकसँग वित्तीय व्यवस्थापनको छिनोफानो भने भइसकेको छैन । जोशीले ती बैंकसँग पनि एक÷डेढ महिनाभित्र वित्तीय व्यवस्थापनको छिनोफानो हुने जानकारी दिए । तरलता अभाव भएको समयमा पनि बैंकहरुले आफूलाई सहज भइन्जेल आयोजनामा सघाउने प्रतिवद्धता देखाएको उनले बताए ।
माइखोला अयोजनाबाट उत्पादन हुने विद्युतको उर्जा खरिद सम्झौताको तयारी भइरहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए । ुवित्तीय व्यवस्थापनको छिनोफानो र खरिद सम्झौता एकडेढ महिनाभित्र नै हुन्छु उनले भने । उनले आयोजनालाई आवश्यक पर्ने पैसा समयमा नै उपलब्ध भएमा निर्माण कार्य ३÷४ महिनाबाट नै सुरु हुने बताए ।
लक्ष्मी बैंकसहित आधा दर्जन बैंकले निर्माणाधिन दाङको घोराही र शुभमंं सिमेन्ट उद्योगमा पनि कर्जा प्रवाह गरेको छन् । पछिल्लो समयमा विद्युत आयोजना र सिमेन्ट उद्योगमा बैंक लगानी वढेको एक बैंकरले जानकारी दिए ।
ुठूलो आयोजना तथा सिमेन्ट उद्योगका लगि एक बैंकले मात्र लगानी गर्न नसक्ने भएकाले मिलेर लगानी गर्ने क्रम वढेको छु नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले नागरिकसँग भने । बैंकहरुले घोराही र शुभंमलगायत ७ सिमेन्ट उद्योगमा ऋण लगानी गरेका छन् ।

No comments:

Post a Comment

thanks for comment