२३ वाणिज्य बैंकको सिडी रेसियो उच्च


सुदर्शन सापकोटा
काठमाडौं फागुन १८
साचालनमा रहेकामध्ये २३ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात सिडि रेसियो वढी देखिएको छ । गत शुक्रवारसम्मको विवरण अनुसार २६ बैंकको औषत अनुपात ९३ प्रतिशतभन्दा वढी छ । अनुपातको वृद्धिले बैंकको जोखिम पनि वढाएको संकेत गर्छ । ुपुस माघको तुलनामा सिडी रेसियोमा सुृधार आएको छु राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नागरिकसँग भने ।
अन्तर्राष्ट्रिय अभ्यासमा सिडी रेसियो ६५ देखि ७० प्रतिशतसम्म भएमा राम्रो मानिन्छ । अरु सम्भावना नभएको अवस्थामा ८० प्रतिशतसम्मको सिडी रेसियोलाई नेपालमा राम्रै मान्नु पर्ने अधिकारीले बताए । उनले निक्षेप वृद्धि नभएको तर पहिले नै प्रतिवद्धता जनाएको कर्जा प्रवाह गर्नु परेकाले रेसियो वढेको जानकारी दिए । ुतेस्रो त्रैमाससम्म यसमा धेरै सुधार हुन्छु उनले भने ुपहिलेको तुलनामा अहिले सिडि रेसियोमा सुधार आएको छ ।ु
स्ट्यान्डर्ड चार्टर्डं नेपाल बैक र राष्ट्रिय वाणिज्य बैंकको सिडी रेसियो ८० प्रतिशतभन्दा कम छ । एक सय प्रतिशतभन्दा वढी सिडी रेसियो कृषि विकास नेपाल बंगलादेश सिद्धार्थ डिसिबिएल एनआइसी लुम्बिनी र हिमालयन बैंकको छ । ९० को लाइनमा १२ बैंकको सिडि रेसियो छ भने बाँकी कम्पनीको ८० को लाइनमा छ । साढे ३२ अर्व रुपैयाँ निक्षेप संकलन गरेर ४० अर्व रुपैयाँ कर्जा प्रवाह गरेको कृषि विकास बैंकको रिडी रेसियो १ सय २३ प्रतिशतभन्दा वढी छ ।
दोस्रो धेरै सिडी भएको नेपाल बंगलादेशको १ सय ८ प्रतिशत छ । बैंकले साढे ९ अर्व रुपैयाँ निक्षेप संकलन गरेर १० अर्व १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका महप्रबन्धक गोविन्दबावु तिवारीले ६ महिनाको अवधिमा करिव ६५ करोड रुपैयाँ निक्षेप घटेकाले सिडी रेसियो बढेको जानकारी दिए । उनले पछिल्लो दुई सातादेखि निक्षेप वढ्न थालेको बताउँदै उनले केही समयभित्रै सिडी रेसियोमा सुधार आउने दावी गरे । ुअसार मसान्तसम्म हामी यसलाई ९५ प्रतिशतमा झारिसक्छौंु उनले भने ।
१ सय ३ प्रतिशतभन्दा वढी सिडी रेसियो रहेको सिद्धार्थ बैंकले पछिल्लो अवधिमा व्यापार तथा औद्योगिक कर्जा वढेकाले रिसियो वढी भएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले पछिल्लो १५ दिनमा ७० करोड रुपैयाँ निक्षेप वृद्धि भएकाले बैंकको सिडी रेसियो घट्ने जानकारी दिए । ुतरलता अभावका वावजुत पनि प्रतिवद्धता जनाएकालाई कर्जा प्रवाह गर्नु परेकाले सिडी वढेको होु उनले भने ।
गत शुक्रवारसम्म बैंकहरुले ५ खर्व ८२ अर्व रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिसम्म ४ खर्व ६८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले निक्षेप आकर्षित गर्नका लागि त्यसको व्याजदर वढाए सोचेजस्तो वृद्धि भएन । तर पहिले नै दिन्छु भनेर प्रतिवद्धता जनाइसकेकाले कर्जाको प्रवाह वढ्यो । यसले गर्दा बैंकले उठाउने निक्षेपभन्दा कर्जा वढी भएर सिडि रेसियो वढेको हो ।
सबैभन्दा वढी निक्षेप राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट नविल नेपाल बैंक र हिमालयन बैंकले संकलन गरेका छन् । कर्जा तथा सापट क्रमशः नेपाल इन्भेष्टमेन्ट कृषि विकास नबिल राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले प्रवाह गरेका छन् ।



No comments:

Post a Comment

thanks for comment