अन्तरबैंक व्याजदर घटेन


काठमाडौं माघ २०
केन्द्रिय बैंकले सरकारी ऋणपत्रको धितो रिपो मा साढे २३ अर्ब रुपैयाँ बैंकहरुलाई कर्जा उपलब्ध गराइसकेपनि बैंकहरुले आपसमा लिने सापटी अन्तरबैंक को व्याजदर घट्न सकेको छैन । वुधवार सापटीको व्याजदर साढे ११ प्रतिशत छ ।
पुस अन्तिम साता पाँच अर्व रुपैयाँ कर्जा उपलब्ध गराएपछि १५ प्रतिशतमा रहेको सापटीको व्याजदर ११ प्रतिशतमा झरेको थियो । त्यसयता पनि पटक-पटक रिपोमार्फत बैंकहरुले पैसा पाएका छन् । वुधवार मात्रै केन्द्रिय बैंकले ६ अर्ब रुपैयाँ रिपोमार्फत नगद उपलब्ध गराएको छ । यसको प्रभाव भने विहीवारबाट देखिन थाल्नेछ ।
वुधवार कृषि विकास डिसिबिएल एभरेष्टलगायतका बैंकले अन्य बैंकलाई सापटी उपलब्ध गराएका छन् । माछापुच्छे्र सिद्धार्थ कुमारीलगायतका बैंकले सापटी लिएका छन् । ुअहिले बैंकले माग्ने सापटी रकमभन्दा वढी नै पैसा बजारमा छु एक बैंकका टे्रजरी विभाग प्रमुखले भने ुतर पनि सापटीको व्याजदर घट्न सकेको छैन ।ु प्रतिवद्धता जनाइसकेको कर्जामा रकम प्रवाह गर्नु परेकाले सापटीको सापटीको व्याजदर घट्न नसकेको उनले दावी गरे ।
केन्द्रिय बैंकले वुधवार औषत ९ दशमलव ४२ प्रतिशतको व्याजदरमा रिपोमार्फत पैसा उपलब्ध गराएको छ । यसका लागि २० बैंक तथा वित्त कम्पनीले पैसा माग गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

No comments:

Post a Comment

thanks for comment