व्यापार घाटा १ खर्व ५८ अर्व


आयात ४१ प्रतिशतले वढ्यो निर्यात १२ प्रतिशतले घट्यो

सुदर्शन सापकोटा
काठमाडौं फागुन २४
विदेशी वस्तुप्रतिको आत्मनिर्भरताले निर्यातभन्दा आयात वढि भएर व्यापार घाटा उच्च भएको छ । पुस मसान्तसम्म व्यापार घाटा १ खर्व ५८ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । मूख्यतया सुन पेट्रोलियम पदार्थ गाडि तथा त्यसको पाटपुर्जा कोल्ड रोल्ड सीट इन्क्वाइल मेशिनरी तथा पाटपुर्जा औषधि कम्प्युटरको पाटपुर्जा र विद्युतीय सामग्रीले आयात वढेको हो ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म आयात ४० दशमलव ८ प्रतिशतले वढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म २३ दशमलव ६ प्रतिशतले मात्र वढेको थियो । पुससम्म समग्र आयात १ खर्व ८८ अर्व ८० करोड रुपैयाँको भएको छ ।
निर्यात १२ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा यो १८ दशमलव ६ प्रतिशतले वढेको थियो । निर्यात ३० अर्व ८० करोड रुपैयाँको भएको राष्ट्र बैंकले जनाएको छ ।
ुकेही वस्तुको खपत अत्याधिक वढेकाले आयात करिव ४१ प्रतिशतले वृद्धि भएको होु राष्ट्र बैंकका कार्यकारी निर्देशक रविन्द्र पाण्डेले भने । तेस्रो मुलुकबाटको आयात ५० प्रतिशतले वढेको छ भने निर्यात २३ प्रतिशतले घटेको छ ।
भारतर्फ जीआई पाइप जुत्ता-चप्पल टुथपेष्ट खयर उनको गलैंचा तयारी पोशाक र जडीबुटीको निर्यात वढेको छ । ुकेही समयदेखि दाल र पस्मिनाको निर्यात घटेको छु राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने । उनका अनुसार चालु वर्षको पुस मसान्तसम्म सबैभन्दा वढी आयात सवारी साधन तथा त्यसको पाटपुर्जाको भएको छ । पुससम्म ४१ अर्व ९७ करोड रुपैयाँ वरावरको सवारी साधन तथा पाटपुर्जा आयात भएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ४५ प्रतिशतले वढी हो ।
पुससम्म ३३ अर्व ६० करोड ९५ लाख रुपैयाँ वरावरको सुन आयात भएको छ । सुन आयात धेरै भएर व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयात बन्द गरी सकेको छ । पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ दशमलव ५६ प्रतिशतले कम हो । सिलिन्डर ग्यास र मट्टितेलको माग घटेकाले समग्र पेट्रोलियम पदार्थको आयात प्रतिशतमा कम देखिएको हा । मट्टीतेल ३ अर्वको आयात भएकोमा चालु वर्षको पुसमा यो घटेर १ अर्वको मात्र आयात भएको छ ।
हल्का पेय पदार्थ तथा सुर्ति मिनरल तथा लुवि्रकेन्ट र घिउजन्य पदार्थको निर्यात घटेर समग्र निर्यात घटेको छ । मिनरल तथा लुवि्रकेन्टको निर्यात १ सय प्रतिशतले घटेको छ भने हल्का पेय पदार्थ तथा सुर्तिको ९४ प्रतिशतले घटेको छ । घिउजन्य पदार्थको पनि ७० प्रतिशतले निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अखाद्य सामग्रीको आयात ८६ दशमलव ३९ प्रतिशतले वढेको छ । खाद्यान्न तथा जिवित जनवार र औषधिको आयात क्रमशः २० र २० दशमलव २१ प्रतिशतले वढेको छ । ुपुस मसान्तसम्म सुन सवारी साधानका साथै खाद्यान्नको पनि आयात उच्च भएको छु राष्ट्र बैंकका अधिकारीले भने ।




No comments:

Post a Comment

thanks for comment