सुनको मूल्य घटेपछि कमोडिटि बजारका लगानीकर्ता छरिए



नागरिक संवाददाता
काठमाडौं माघ २८
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि यसमा लगानी गर्ने स्थानीय लगानीकर्ता कमोडिटी बजारमा कारोवार हुने अन्य वस्तुको खरीद-विक्रीतर्फ आकर्षित भएका छन् । सुनको मूल्य घट्दा घाटा हुने भएकाले घाटा कम गर्दै नाफा कमाउन अन्य फ्युचर बजार वस्तुको कारोवारमा लगानीकर्ता लागेको सम्वद्ध अधिकारीले बताए ।
ुलगानीकर्ता सुनसँगै कच्चा तेल चाँदी तामालगायत अन्य बस्तुको कारोवारतर्फ लागेका छन्ु कमोडिटिज फ्युचर बजारको दलाल कम्पनी मर्निङस्टारका जोसेफ अधिकारीले नागरिकसँग भने । उनले एउटा वस्तुबाट घाटा भए अर्कोबाट घाटा कम गर्नका लागि लगानीकर्ता छरिएको जानकारी दिए । सुनपछि कच्चा तेल चाँदी र तामाको वढी कारोवार हुने गरेको अधिकारीले जानकरी दिए ।
सुनको मुल्य प्रति औंस १२ सय ५० अमेरिकी डलर पुग्ने अनुमानमा यसमा लगानी गरेका सर्वसाधारणले सुन १२ सय २६ बाट घट्न थालेकाले जोखिम व्यवस्थापनका लागि अन्य वस्तुमा पनि कारोवार सुरु गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा विहीवार सुनको मूल्य एक हजार ८० अमेरिकी डलर छ ।
तीन बर्षदेखि सुरु भएको कमोडिटिज फ्युचर बजारमा सबैभन्दा वढी सुनको कारोवार हुँदै आएको छ । लगानीका लागि सुन विश्वाशिलो क्षेत्र भएकाले यसको लगानीकर्ता अन्यको भन्दा वढी रहेको कमोडिटिज कारोवार गर्ने कमोडिटिज एण्ड मेटल एक्सचेन्ज कोमेन ले जनाएको छ । अहिले साचालनमा रहेका तीन कम्पनीमा दैनिक २ हजार किलोग्राम सुनको खरिद विक्री हुने गरेको छ । कोमेनमा ३ सय किलोग्राम मेक्समा १५ सय किलो ग्राम सुनको दैनिक खरिद विक्री हुने गरेको छ ।
सेयरजस्तै सुन चाँदीलगायतका वस्तुको खरिद विक्री हुने कमोडिटिज बजारमा कोमेन मर्कन्टाइल एक्सचेन्ज मेक्स र नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले लगानीकर्तालाई कारोवारका लागि ुप्लेटफर्मु उपलब्ध गराइरहेका छन् ।
ुजोखिम व्यवस्थापनका लागि पनि लगानीकर्ता एउटै वस्तुमा केन्द्रीत नभइ विभिन्न वस्तुम लगानी गर्न थालेका छन्ु कमोडिटिज फ्युचर बजारकी दलाल सृजना तिवारीले भनिन् । उनले एउटै वस्तुमा वढी लगानी गर्दा घाटा हुने सम्भावना वढी हुने भएकाले लगानीकर्ता त्यसलाई कम गर्न अन्य वस्तुको कारोवार तर्फ मोडिएको बताइन् । जोखिम व्यवस्थापनका लागि दलाल आफैले पनि लगानीकर्तालाई संभावना भएका विभिन्न वस्तुमा कारोवार गर्न सल्लाह दिन्छन् ।
सेयर बजार घटेपछि कमोडिटिज बजारमा सर्वसाधारणको आकर्षण वढिरहेका बेला नवुझी यो क्षेत्रमा लगानी गर्दा फाइदाभन्दा वढी घाटा हुने भएकाले लगानीकर्ता सुनपछि अन्य कमोडिटिज बस्तुको कारोवार गर्न थालेको मेक्सकी ग्राहक सेवा विभाव प्रमुख तेजश्वी शर्माले बताइन् । उनले केही समयदेखि लगानीकर्ता एकै वस्तुमा नभइ विभिन्न वस्तुमा छरिएर कारोवार गर्न थालेको जानकारी दिइन् ।
कमोडिटिज बजारमा लगानीकर्ताको संख्या पनि वढिरहेको एक्सचेन्ज कम्पनीहरुले जनाएका छन् । उनीहरुका अनुसार मासिक १० प्रतिशतका दरले नयाँ लगानीकर्ता यो क्षेत्रमा प्रवेश गरिरहेका छन् । अहिले कोमेनमा २ हजार लगानीकर्ता छन् भने मेक्समा १३ सय लगानीकर्ताले फ्युचर मार्केटमा कारोवार गरिरहेका छन् । ुफ्युचर बजार नयाँ क्षेत्र भएकाले यसमा लगानीकर्ता दैनिक रुपमा नै वढिरहेका छन्ु कोमेनका प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले भने । उनले अहिलेको वृद्धिदर हेर्दा केही समयपछि सेयर लगानीकर्ताको हाराहारीमा नै कमोडिटिज लगानीकर्ताको संख्या पुग्ने बताए ।





No comments:

Post a Comment

thanks for comment