वंगलादेश बैंक नयाँ साचालकलाई जिम्मा


नागरिक संवाददाता
काठमाडौं पुस ३०
राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकको व्यवस्थापन विहीवार साचालक समितिलाई जिम्मा लगाएको छ । केन्द्रिय बैंकले ६३ साल कात्तिक २६ गते एनबी बैंकलाई संकटग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापन आफै सम्हाल्दै आएको थियो ।
वुधवार भएको निर्वाचनले सात सदस्यीय साचालक समिति चयन गरेपछि विहीवार विहान राष्ट्र बैंकले व्यवस्थापन नयाँ समितिलाई जिम्मा दिएको हो । तिर्थमान शाक्य अध्यक्ष रहेको समितिमा एनबी समुका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ पनि साचालकमा निर्वाचित भएका छन् । एनबी समुहले बंगलादेश बैंकबाट लिएको ऋण तिर्न नसक्दा राष्ट्र बैंकले उसलाई संकटग्रस्त घोषणा गरेको थियो ।
बैंक काण्डपछि विवादमा आएका श्रेष्ठले आफूले लिएको कर्जा खराव नभएको बताए ।
कर्जा खराव थिएन- उनले पत्रकार सम्मेलनमा भने -खराव भएको भए चुक्ता नै हुँदैन थियो ।
चुक्ता हुने कर्जा खराव नहुने उनले बताए । निकै हसिलो मुद्रामा प्रस्तुत भएका श्रेष्ठले आफूले कानुनी परिधिभित्र रहेर कर्जा लिएपनि साचार माध्यमले उछालेरु त्यसलाई खराव कर्जा बनाएको बताए ।
कर्जा लिएको पनि सत्य हो-उनले भने -र तिरेको पनि सत्य हो ।
एनबी समुहले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बेचेर ऋण तिरेको थियो । समुहले २ अर्ब ४५ करोड रुपैयाँ ऋण चुक्ता गरेको हो । बैंक संकटग्रस्त घोषण हुनु अघि त्यसमा समुहको ४५ प्रतिशत सेयर थियो । अहिले बैंकमा समुहको १० प्रतिशत मात्र सेयर छ ।
बैंक संकटग्रस्त घोषणा भएपछि बचतकर्ताले एकैचोटी तीन अर्ब रुपैयाँ निक्षेप झिकेका थिए । एकै समयमा यति धेरै निक्षेप बैंकबाट वाहिरिएको बैंकिङ इतिहासमा यो पहिलो घटना थियो ।
ुतीन बर्षअघि एकैचोटी बाहिरिएको निक्षेप रकम अहिले फिर्ता आइसकेको छु बैंकका महाप्रबन्धक गोविन्दबावु तिवारीले भने । उनले बैंक पुरानो अवस्थामा फर्किन धेरै समय नलाग्ने बताउँदै बैंकले सर्वसाधारणको विश्वास आर्जन गरिसकेको दावी गरे ।
गत बर्ष १ अर्ब ११ करोडको हकप्रद सेयर निष्कास गर्दा १ अर्ब ८ करोडको विक्री भएको थियो-उनले भने -यसबाट पनि पुष्टी हुन्छ बैंकले गुमाएको सर्वसाधारणको विश्वास पुनः प्राप्त गरिसकेको छ ।
बैंकको चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँ छ ।
बैंकले विहीवारसम्म ९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । यो अवधिमा १० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आयकर र कर्मचारी वोनस समायोजन अगाडि बैंकले ७५ करोड रुपैयाँ मुनाफा कमाएको तिवारीले जानकारी दिए ।
अन्य साचालकमा साधारण सेयरधनीका तर्फबाट इन्द्रवहादुर थापा विष्णुराज अधिकारी र अमृतनाथ रेग्मी निर्वाचित भएका छन् । बंगलादेशको आइएफआइसी र बैंक एसियाको तर्फबाट क्रमशः मोहम्मत लुत्फर रहमान र इरफानउद्धिन अहमद पनि साचालकमा छानिएका छन् ।
साचालक समितिले विहीवार नै बैंकका नायव महाप्रबन्धक तिवारीलाई महाप्रबन्धकमा वढुवा गर्दै प्रमुख कार्यकारीको जिम्मा दिएको छ । व्यवस्थापनको जिम्मा लिएपछि आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष शाक्यले अबदेखि संस्थापक कसैलाई पनि कर्जा नदिने बताए ।
संस्थापकलाई कर्जा र विशेष सुविधा केही पनि दिइने छैन-उनले भने -दिइदै आएको सुविधा पनि कटौति गरेर बैंकलाई पहिलेकै अवस्थामा पुर् याउने छौं ।
व्यवस्थापनको जिम्मा लिएपछि आयोजित पत्रकार सम्मेलनमा बैंकका महाप्रबन्धक तिवारीले अब बैंकलाई नयाँ गति दिने बताए ।
चालु आर्थिक बर्षभित्र खराव कर्जालाई ५ प्रतिशतभन्दा कममा झार्नु प्रमुख उद्देश्य हुनेछ-उनले भने । अहिले बैंकको खराव कर्जा १९ दशमलव २ प्रतिशत छ । उनले आगामी बर्ष सेयरधनीलाई नगद लाभांस दिने पनि बताए ।
तिवारीले बैंकलाई पहिलेकै अवस्थामा पुर् याउन इन्टरनेट बैंकिङ भारतमा समेत डेविटकार्डको भुक्तानी सेयरधनी बचत खाता ८ स्थानमा एटिएम भक्तपुरमा शाखा विस्तार सुनचाँदीको धितोमा कर्जा सुविधा उपलब्ध गराउने बताए । बैंकले रियलस्टेटमा लगानी बन्द गरेकेा बताए ।



No comments:

Post a Comment

thanks for comment