लगानीकर्ताको आन्दोलन सुरु


नागरिक संवाददाता
काठमाडौं फागुन ६
सेयर लगानीकर्ताले सरकारसँग २० सुत्रीय माग राख्दै विहीवारबाट आन्दोलन सुरु गरेका छन् । साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा आन्दोलन थालेका हुन् । ुबजार घटेर लगानीकर्ता सडकमा पुग्ने अवस्था आइसकेकाले यसलाई सम्वोधन गर्न सरकारलाई दवाव दिन आन्दोलन थालिएको होु लगानीकर्ता निर्मल प्रधानले भने ।
आफ्नो मागका बारेमा जानकारी गराउन उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्से को हाताभित्र पत्रकार सम्मेलन गर्दै आम्दोलन सुरु भएको घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरुले सेयर कारोवार स्थगित गर्नेदेखि नेपाल स्टक एक्सचेन्जको सरभर डाउन गराउनेसम्मको कार्यक्रम घोषण गरेका छन् ।
आगामी आइतवार र सोमवार सेयर खरीद विक्री कारोवार बहिस्कार गर्ने मंगलवार सेयर व्रोकरमार्फत कारोवार बन्द गराउन लगाउने वुधवार एक घण्टा नेप्सेको कारोवार गर्ने सरभर डाउन गराउने उनीहको आन्दोलनको कार्यक्रम छ । विहीवर दुई घण्टा र १७ गतेदेखि अनिष्चितकालका लागि सरभर डाउन गराउने कार्यक्रम रहेको साधारण लगानीकर्ता संघका अध्यक्ष दिपक कार्कीले बताए ।
५० लाखभन्दा माथि सेयर कारोवार गर्नेलाई मात्र स्थायी लेखा नंम्वर प्रमाणपत्रमा दर्ता हुनु पर्ने व्यवस्था गर्न पनि उनीहरुले माग गरेकाम छन् । उनीहरुले नेपाल बैंकको सेयर तत्काल कारोवार हुनु पर्ने तथा नेपाल विकास बैंकले जारीको गरी वाँडफाँड नगरको हकप्रद सेयरको वाँकी रकम तत्काल फिर्ता गर्नु पर्ने माग गरेका छन् ।
लगानीकर्ताले सेयर धितोमा कर्जा बजार मूल्यको ७० प्रतिशतसम्म पाउन पर्ने माग राखेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाले १ सय ८० दिने कारोवारको औषत मूल्यको ५० प्रतिशतसम्म मात्र यस्तो कर्जा उपलब्ध गराउँदै आएका छन् ।
सेयर कर्जामा सरलीकरण व्याजदरमा विशेष प्राथमिकताका साथै कर्जामा लिइदै आएको सेवा शुल्क हटाउने पर्ने माग उनीहरुको छ । लगानीकर्ताले पुँजीगत लाभरकलाई लगानी अवधिका आधारमा वर्गीकरण गरी यसको दर कायम गरिनु पर्ने तथा यो करलाई अन्तिम करको रुपमा मान्यता दिनु पर्ने माग गरेका छन् । यसका लागि एक बर्षको १० प्रतिशत दुई वर्षसम्मको ५ प्रतिशत र दुई वर्षभन्दा माथिको अवधिमा यस्तो कर नलाग्ने व्यवस्था गरिनु पर्ने उनीहरुले बताएका छन् ।
१९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन स्थगित गर्नु पर्ने साधारणसभाबाट पािरत भएको हकप्रद सेयर त्यसको ४ महिनाभित्र निष्कासन गरिसक्नु पर्ने तथा साधारण सेयर वाँडफाँड भएको एक महिनाभित्र नेप्सेमा सुचिकृत हुने पर्ने कम्पनी दर्ता हुँदा सुरुमै ४९ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने तथा हकप्रद र वोनस सेयरको प्रमाणपत्र वितरण भएको मितिदेखि नै सुचिकृत हुनु पर्ने लगानीकर्ताको माग छ ।
उनीहरुले संयुक्त लगानी कोष सम्वन्धि नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने सेयर दलाल थप्नु पर्ने केन्द्रिय निक्षेप प्रणाली तत्काल सुरु गरिनुजस्ता माग पनि उनीहरुले प्रमुखताका साथ उठाएका छन् ।


No comments:

Post a Comment

thanks for comment