बैंकको घरजग्गा लगानी

सुदर्शन सापकोटा
काठमाडौं फागुन २
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रियलस्टेट तथा हाउजिङमा ९६ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

असोज मसान्तसम्म यो कर्जा ८ अर्व ९३ करोड रुपैयाँ थियो । २५ वाणिज्य बैंकको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो कुल कर्जाको २२ दशमलव ३४ प्रतिशत हो । हिमालयन बैंकको वित्तीय विवरण उपलब्ध नभएकाले यसमा समावेश गरिएको छैन ।
राष्ट्र बैंकले रियलस्टेट तथा हाउजिङको कर्जामा कडाइ गर्न बैंकहरुलाई निर्देशन दिएपछि प्रकाशित वित्तीय विवरणमा अधिकांस बैंकले रियलस्टेट तथा हाउजिङमा जाने कार्ज घटाएका छन् । तीन महिनाको अवधिमा ४८ प्रतिशत कर्जा रियलस्टेट तथा हाउजिङमा प्रवाह गरेको किष्ट बैंकले पुस मसान्तसम्म यसलाई झारेर ४४ दशमलव १९ प्रतिशतमा पुर् याएको छ ।
डिसिबिएलले ४६ बाट ४२ प्रतिशतमा यस्तो कर्जा घटाएको छ । सनराइजले ३७ बाट ३५ मा र प्राइमले ३७ बाट ३४ मा रियलस्टेट तथा हाउजिङ कर्जा घटाएको छ । तैपनि यी बैंक पुस मसान्तसम्ममा रियलस्टेट तथा हाउजिङमा वढी कर्जा प्रवाह गर्नेमा परेका छन् । ुराष्ट्र बैंकको निर्देशनपछि रियलस्टेट तथा हाउजिङ कर्जा घटाएका छौंु डिसिबिएल बैंकका प्रमुख कर्यकारी अधिकृत सुधिर खत्रीले सोमवार नागरिकसँग भने ुअसार मसान्तभित्र वढीमा २५ प्रतिशतसम्म झारिसक्छौं ।ु उनले रियलस्टेट तथा हाउजिङमा जाने कर्जा घटाएर अन्य क्षेत्रमा वढाएको जानकारी दिए ।
प्रतिशतका हिसावले सबैभन्दा कम कृषि विकास लुम्बिनी नेपाल बंगलादेश नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । रियलस्टेट तथा हाउजिङ अनुत्पादन क्षेत्र भएको र यो वढी जोखिमपूर्ण भएको भन्दै राष्ट्र बैंकले यी क्षेत्रमा भएको कर्जा लगानी घटाउन बैंकहरुलाई डेढ महिनाअघि निर्देशन दिएको थियो ।
माछापुच्छे्र बैंकका वित्तीय विभाग प्रमुख गोविन्द शर्माले रियलस्टेट तथा हाउजिङ क्षेत्रमा हुने कर्जा प्रवाह रोकेको जानकारी दिए । उनले अन्य क्षेत्रको कर्जा पनि बैंकले रोकेको बताए । ुतरलता समस्या समाधान नभइन्जेल कर्जा रोकेका हौंु उनले भने ु रियलस्टेट तथा हाउजिङमा गएको कर्जा असुलीले गर्दा घटेको छ ।ु माछापुच्छे्र बैंकले असोज देखि पुस मसान्तसम्म रियलस्टेट कर्जा ६ करोड रुपैयाँ असुली गरिसकेको छ ।
रकमका हिसावले सबैभन्दा वढी नेपाल इन्भेष्टमेन्ट नबिल किष्ट कुमारी र एभरेष्ट बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेका छन् । सबैभन्दा कम लुम्बिनी नेपाल बंगलादेश कृषि विकास नेपाल क्रेडिट एण्ड कमस्र र एनएमबी बैंकले कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले दिएको २५ प्रतिशतको सीमाभित्र ११ बैंकले रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह गरेका छन् । यी बैंकले कुल कर्जा प्रवाहको २५ प्रतिशतभन्दा कम यस क्षेत्रमा प्रवाह गरेको वित्तीय विवरणमा देखिएको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले रियलस्टेट तथा हाउजिङमा भएको कर्जा प्रवाह जोखिमपूर्ण नभएको बताए । उनको बैंकले पुस मसान्तसम्म यो क्षेत्रमा साढे १२ प्रतिशत कर्जा प्रवाह गरेको छ । ुअबका दिनमा हामी रियलस्टेट तथा हाउजिङमा कर्जा बढाउँदैनौंु उनले भने ।


बैंक - रियलस्टेट तथा घरजग्गा - कुल लगानीमा प्रतिशत
किष्ट - ५ अर्ब २३ करोड - ४४।१९
डिसिबिएल - ३ अर्ब ४ करोड - ४२।२२
सनराइज - ४ अर्ब ३० करोड - ३५
प्राइम - ४ अर्व ८६ करोड - ३४।१५
कुमारी - ५ अर्ब ६ करोड - ३२।४३
सिटिजन्स - ३ अर्ब ४६ करोड - ३२
बैंक अफ एसिया - ३ अर्ब ३१ करोड - ३१।८२
एनएमबी - २ अर्ब १७ करोड - ३१।५६
लक्ष्मी - ४ अर्ब ६२ करोड - ३०।५६
माछापुच्छे्र - ४ अर्ब २१ करोड - २७।३७
ग्लोवल - ३ अर्ब २० करोड - २६।९१
स्ट्यान्डर्ड चार्टर्ड - ४ अर्ब १० करोड - २६।४४
इन्भेष्टमेन्ट - ११ अर्ब ६ करोड - २६।४२
सिद्धार्थ - ४ अर्ब २७ करोड - २६
एनसिसी - १ अर्ब ८९ करोड - २१।९२
नबिल - ६ अर्ब ९४ करोड - २०।४९
एनआइसी - २ अर्ब ८५ करोड - १९।६८
एसबिआइ - ३ अर्ब ५५ करोड - १९।२७
बिओके - ३ अर्ब २७ करोड - १८।७३
एभरेष्ट - ४ अर्ब ९८ करोड - १७।३७
राष्ट्रिय वाणिज्य ४ अर्ब ४८ करोड १३।३९
नेपाल बैंक - पाइएन - १२।५
नेपाल बंगलादेश - ९२ करोड - ९।१५
लुम्बिनी - ४४ करोड ६८ लाख - ७।४४
कृषि विकास - १ अर्ब ७३ करोड - ५



No comments:

Post a Comment

thanks for comment