एनडेक्सले थप ८ वस्तुको कारोवार थाल्ने

नागरिक सम्वाददाता
काठमाडौं फागुन १७
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले थप ८ वस्तुको कारोवार थाल्ने भएको छ । आगामी वुधवारबाट एनडेक्सले गहुँ कटन कफी प्याराडियम प्लाटिनियम सोयाबिन सोयाबिन तेल र मकैको कारोवार गर्न लागेको हो । कमोडिटिज बजारमा सेयरजस्तै गरी यी वस्तुको कारोवर हुन्छ ।
कम्पनीले सुन चाँदी कच्चा तेल प्राकृतिक ग्यास तामा र हिटिङ ओयलको मात्र कारोवार गर्दै आएको छ । वुधवारबाट कारोवार हुने वस्तुको संख्या १४ पुग्नेछ । ुवढी माग भएका वस्तुको कारोवार थाल्ने भएका हौंु एनडेक्सका प्रमुख कार्यकारी अधिकृत सूर्य पोखरेलले भने ।
कम्पनीले वुधवारबाटै २४ घण्टे कारोवार पनि थाल्ने भएको छ । अहिले कम्पनीले दिनको १५ घण्टा मात्र कारोवार गर्दै आएको छ । ुअन्तर्राष्ट्रिय बजारमा वस्तुको कारोवार हुने भएकाले समय वढाएका हौंु उनले भने ।
कम्पनीले काष्ठमण्डप क्लियरिङ कम्पनीलाई क्लियरिङ हाउस बनाएको छ । क्लियरिङ हाउसले बस्तु खरिद तथा विक्रीकर्ता र कारोवर गर्ने कम्पनीबीच मध्यस्थताको काम गर्छ । कम्पनीले अहिले ३० दलाल कम्पनीबाट कारोवार सुरु गरिरहेको छ ।
एनडेक्सले एक किलोग्राम सुनका लागि ७५ हजार रुपैयाँ लिने गरेको छ । यो अरु साचालनमा रहेको अन्य दुई कम्पनीको तुलनामा सस्तो हो ।



No comments:

Post a Comment

thanks for comment