माग पुरा भएपछि आन्दोलन फिर्ता

काठमाडौं फागुन १७
अधिकांस माग पुरा भएको भन्दै एक सातादेखि आन्दोलनरत सेयर लगानीकर्ताले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । सोमवार लगानीकर्ताले अर्थमन्त्रालयका सचिव रामेश्वर खनालसँग बार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । उनीहरुले माग पुरा नभए अनिष्चितकालका लागि सेयर कारोवार वन्द गराउने बताएका थिए । ुलगभग सबै माग पुरा भएको छु आन्दोलनरत नेपाल इन्भेष्टर फोरमका सदस्य राजकुमार तिमिल्सनाले भने ।
२२ सूत्रीय माग राख्दै आन्दोलनरत साधारण लगानीकर्ता संघ नेपाल इन्भेष्टस्र फोरम र धितोपत्र लगानीकर्ता संघका पदाधिकारीसँग अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले उनीहरुसँग वार्ता गरेका हुन् ।
सत् प्रतिशत सेयर कर्जा नवीकरण गर्न पाउनु पर्ने माग राख्दै आएका लगानीकर्ताले ७५ प्रतिशतसम्म नवीकरणमा चित्त वुझाएका छन् । राष्ट्र बैंकले गत अघिल्लो सोमवार निर्देशिका जारी गर्दै ७५ प्रतिशतसम्म नवीकरण गर्ने व्यवस्था गरेको थियो । आन्दोलनअघि ५० प्रतिशत कर्जा मात्र नवीकरण हुन्थ्यो ।
बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा पाउनु पर्ने माग पनि आिशंक पुरा भएको छ । बजार मूल्यको ५० प्रतिशत मात्र सेयर धितोमा कर्जा पाउदै आएका लगानीकर्ताले ६० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । साथै १० प्रतिशतसम्म सेयर मूल्य घट्दा मार्जिन कल नआउनेमा लगानीकर्ताले सहमति जनाएका छन् । राष्ट्र बैंकले केही दिनअघि १० प्रतिशतसम्म मूल्य घट्दा कल नगर्ने व्यवस्था गरेकेा थियो । ु१० प्रतिशतसम्ममा मार्जिन कल नआउने र ६० प्रतिशतसम्म कर्जा पाउने भएपछि हामीले राखेको ७० प्रतिशतको माग पुरा भएको छु उनले भने ।
१९ प्रतिशत संस्थापक सेयर साधारणमा अक्सनबाट मात्र परिणत गर्न सहमति भएको छ । साथै साधारणसभाबाट हकप्रद सेयर पारित भएको मितिले ४ महिनाभित्र निष्कासन गर्नु पर्ने लगानीकर्ताको मागमा मन्त्रालयले त्यसका लागि नियमावली शंसोधन गर्ने भएको छ । हकप्रल र वोनस सेयरको प्रमाणपत्र वितरण भएको मितिदेखि नै सुचिकृत हुने व्यवथा मिलाउन राष्ट्र बैंकका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीलाई निर्देशन दिइने सहमति भएको तिमि_िल्सनाले बताए ।
सेयर व्रोकर थप्ने प्रकृया आगामी साताबाट सुरु गरिने भएको छ । यसका लागि मन्त्रालयले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिनेछ । बजार विस्तारका लागि केन्द्रिय निक्षेप प्रणाली सिडिएस आगामी ८ महिनाभित्र साचालनमा ल्याइने भएको छ । चालु वजेटले गत असोजमा नै सिडिएस स्थापना गर्ने भनेको थियो ।
पुँजीगत लाभकर र स्थायी लेखा नंम्वर प्यान का वारेमा लगानीकर्ताले राखेको माग आगामी बजेटमा पुरा गरिने सहमति भएको छ । लगानीकर्ताले पुँजीगत लाभकरलाई लगानी अवधिका आधारमा वर्गिकरण गरी यसको दर कायम गरिनु पर्ने माग राखेका थिए । साथै ५० लाखभन्दा माथिको सेयर कारोवार गर्ने व्यक्तिलाई मात्र प्यान प्रमाणपत्रमा दर्ता हुनु पर्ने माग राखेका थिए ।
सरकारी स्वामित्वको नेपाल बैंकको सेयर नेप्सेमा कारोवार गर्नका लागि वाटो खुला गरिदिने पनि सहमति भएको छ । सरकारले यसका लागि चाँडै प्रकृया सुरु गर्ने भएको छ । म्युचुअल फण्ड कार्यान्वयनमा ल्याउन सहमति भएको छ ।
सोमवारको वार्तामा भएको सहमतिको लिखित माइन्युट भने मंगलवार मात्र हुने छ ।

यसैबिच लगानीकर्ताले धितोपत्र वोर्डका अध्यक्ष शुरवीर पौडेललाई आफ्ना मागका वारेमा जानकारी गराउन सोमवार उनै कार्यकक्षमा भेटेका छन् । भेटमा उनले लगानीकर्ताले उठाएको सम्पूर्ण माग जायज भएको भन्दै अर्थमन्त्रीले चाहेमा तत्काल सबै माग पुरा हुने बताएका छन् । आन्दोलनरत सेयर लागनीकर्तासँग उनले वोर्डको साचालक समितिको वैठक वस्न सकेमा मात्र पनि अधिकांस माग पुरा गर्न सकिने बताए ।






No comments:

Post a Comment

thanks for comment