सूर्या लाइफको सेयर


काठमाडौं फागुन ११
सूर्या लाईफ इन्स्योरेन्सले आगामी साता १० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनपछि पुँजी ३६ करोड रुपैयाँ पुग्ने छ । अहिले पुँजी २५ करोड २० लाख रुपैयाँ छ ।
दोस्रो बजारमा सेयर मूल्य निरन्तर ओरालो लागिरहेको बैंकले घरजग्गा कर्जामा कडाइ गरेको सुन आयात बन्द तथा मूल्य ओरालो लागेको अवस्थामा सूर्या लाइफले सेयर निष्कासन गरेको छ । लगानीका क्षेत्र सागुँरिदै गएका वेला एक सय रुपैयाँमै सेयर खरिद गर्न सकिने अवसर हुनसक्छ सूर्या लाइफ ।
कम्पनीले साचालनमा आएदेखि नै नाफा आर्जन गर्दै आएको छ । गत वर्ष १८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १ सय २ रुपैयाँ तथा जगेडा कोषमा ४५ लाख र जीवन बिमा कोषमा २ करोड ३ लाख रुपैयाँ छ । समग्रमा कम्पनीको वित्तीय अवस्था राम्रो छ ।
साधारण सेयरमा लगानी गरेपछि आम लगानीकर्ताको आसा कम्पनीले दिने वोनस सेयर तथा नगद लाभांसमा हुन्छ । साथै दोस्रो बजारमा पनि उच्च मूल्यमा कारोवार भएको लगानीकर्ता हेर्न चाहन्छन् । तर नेपाल स्टक एक्सचेन्ज नेप्स मा सुचिकृत १७ बिमा कम्पनीको महिनामा औषत ६ कारोवार मात्र हुने गरेको छ । थोरै समय कारोवार हुँदा मूल्य उकालो लाग्ने सम्भावना कम रहन्छ । उच्च प्रतिफलका लागि लगानी गर्नेलाई कुनै पनि बिमा कम्पनीको सेयरले निरास बनाउने छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेसनल लाइफ इन्स्योरेन्स वाहेक नेप्सेमा सुचिकृत बाँकी कम्पनीको सेयर मूल्य उत्साहप्रद छैन । लगानी नाफाका लागि गरिने हँुदा धेरै कम कारोवार हुने बिमा समूहको सेयर घट्दो बजार मूल्यबाट निरास भएका लगानीकर्ताका लागि उपयुक्त हुँदैन ।
अन्य कम्पनीको तुलनामा धेरै कम कारोवार हुने बिमा कम्पनीलाई कानुनी रुपमा नै चुक्ता पुँजी २५ करोड रुपैयाँभन्दा वढी नचाहिने भएकाले त्यसले पुँजी वृद्धि गर्नका लागि वोनस सेयर दिने सम्भावन न्युन छ । साधारण सेयर जारी नगर्दै २५ करोडभन्दा वढी पुँजी भएको कम्पनीको केही साताभित्रै ३६ करोड रुपैयाँ पुँजी पुग्दै छ । यसपछि तत्काल थप पुँजी आवस्यक नपर्ने भएकाले वोनस सेयर दिने सम्भावना कम भएको हो ।
बिमा कम्पनीहरुको अहिलेसम्मको अभ्यासमा नगद लाभांस २÷३ वर्षमा वितरण गर्ने गरिएको छ । एक सय रुपैयाँ नै सेयर मूल्य भएका बैंक तथा वित्तीय कम्पनीले नाफा भएमा बर्षेनी वोनस वा लाभांस अथावा दुवै दिने गरेका छन् । बैंक तथा वित्तीय कम्पनीमा लगानी गरेका लगानीकर्ताका लागि सूर्या लाइफको सेयरले नतान्न सक्छ ।
एक सय रुपैयाँ दरका सूर्या लाइफको सेयर न्युनतम ५० किक्ताका लागि आवेदन दिन सकिने छ । वढीमा ३६ हजार किक्तासम्म आवेदन दिनसकिने कम्पनीले जनाएको छ । कम्पनीको अध्यक्षमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रामवावु पन्त छन् ।

एक महिनामा कारोवार भएको दिन
बिमा कम्पनी - कारोवार दिन - अन्तिम मूल्य
नेपाल इन्स्योरेन्स कम्पनी - २ - ३७०
नेसनल लाइफ इन्स्योरेन्स - २ - ५२९
हिमालयन जनरल - ५ - २३०
युनाइटेड - ४ - २११
एभरेष्ट - ३ - २८५
पि्रमियर - ६ - १७६
नेको - कारोवार भएन - १२५
एलायन्स - २ - १९२
सगरमाथा - २१ - ३३०
एनबी इन्स्योरेन्स - कारोवार भएन - २३१
नेपाल लाइफ - ८ - १०००
लाइफ इन्स्योरेन्स - ९- ६८१
प्रुडे_िन्सयल - कारोवार भएन - १९६
लुम्बिनी - १५ - १९०
शिखर - ६ - ३३७
सिद्धार्थ - १३ - १७०

No comments:

Post a Comment

thanks for comment