तोकिएभन्दा वढी व्याजमा ठूला लगानीकर्ता तान्दै बैंक


- तोकिएभन्दा चार प्रतिशत वढी व्याज
- वढी व्याज दिने पुराना बैंक

सुदर्शन सापकोटा
काठमाडौं माघ २५
तरलता अभावका कारण वाणिज्य बैंकहरुले तोकिएभन्दा वढी व्याज तिरेर संस्थागत ठूला बचतकर्ता तान्न थालेका छन् । बैंकहरुले अहिले वढीमा ११ प्रतिशतसम्म वार्षिक मुद्दति निक्षेपमा व्याज उपलब्ध गराउने सुचना प्रकाशित गरेका छन् । तर संस्थागत निक्षेपकर्तालाई त्योभन्दा वढी व्याज तिरेर बैंकहरुले बचत संकलन गरिरहेका छन् ।

बैंकहरुले तोकेभन्दा चार प्रतिशत विन्दुसम्म वढी व्याज उपलब्ध गराइरहेका छन् । ुतोकिएभन्दा वढी व्याज तिरेर संस्थागत बचतकर्ता तानिरहेको अवस्था छु नेपाल बैंकस्र एशोसिएसनका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले भने ुसाढे १३ प्रतिशतभन्दा कममा कसैले पनि निक्षेप लिएका छैनन् ।ु

सर्वसाधारणले एक बर्षे मुद्दतिमा सबैभन्दा वढी व्याज सिटिजन्स बैंक इन्टरनेसनलबाट पाउँछन् । बैंकले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार ११ प्रतिशत व्याज उपलब्ध गराउने जनाएको छ । यस्तै सिद्धार्थले साढे १० बैंक अफ एसिया नेपालले १० दशमलव २५ र डिसिबिएल बैंकले १० प्रतिशतसम्म मुद्दति निक्षेपमा व्याज उपलब्ध गराउने सुचना प्रकाशित गरेका छन् । बैंकहरुसँग नगद अभाव भएकाले संस्थागत निक्षेपकर्ताले योभन्दा वढी नै व्याज पाइरहेको अवस्था छ ।

संस्थागत निक्षेपकर्ताबाट बचत संकलन गर्नका लागि बैंकहरुले प्रकाशित गर्ने व्याजदरको सुचनामा चलाखीपूर्ण रुपमा ुआपसी सम्झौताु भन्ने शव्द पनि थप गरिएको हुन्छ । ुआपसी सम्झौताु भन्ने शव्द राख्दा बैंकहरुले तोकेभन्दा वढी व्याज ठूला निक्षेपकर्तालाई उपलब्ध गराउन सक्छन् । ठूला बचतकर्ता पनि अहिले वढी व्याजका लागि बैंकहरुसँग मोलतोल गर्न थालेको एक बैंकका प्रमुख कार्यकारीले बताए ।

बैंकहरुका अनुसार ठूला बचतकर्ताबाट एक पटक कम्तिमा पाँच करोड रुपैयाँ निक्षेप आउने भएकाले पनि उनीहरुलाई वढी व्याज दिनु परेको हो । साना निक्षेपकर्ताबाट अहिलेको नगद अभाव कम हुने गरी बचत नआउने भएकाले ठूलालाई वढी व्याज तिरेर भएपनि निक्षेप खाता खोल्नु पर्ने वाध्यता भएको उनीहरुले जनाएका छन् ।

बजारमा तरलता अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंकहरुबिच व्याजदरमा प्रतिस्पर्धाको होड चलेको छ । साना बचतकर्ताबाट अहिलेको नगद अभाव कम नहुने भएकाले बैंकहरुले ठूला बचतकर्तालाई लक्षित गर्दै व्याजमा वडावड गरेका हुन् । ुप्रतिस्पर्धाले व्याजदरमा वडावड भइरहेको छु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने ुतोकिएभन्दा वढी व्याज अफर गर्ने पुराना बैंक धेरै छन् ।ु

उनका अनुसार ठूला बैंकको निक्षेपमा व्याज खर्च धेरै छैन । यसले गर्दा उनीहरुले एक÷दुई अर्व महंगो व्याज तिरेर बचत संकलन गर्दा पनि खासै फरक पर्दैन । ुबैंकहरुबीच व्याजदरमा वडावड हुँदा ठूला बचतकर्तालाई फाइदा पुगेको छु खत्रीले भने ुयसले नयाँ बैंकलाई अप्ठ्यारोमा पारेको छ ।ु अहिले तोकेभन्दा वढी व्याज पाउने निक्षेप नविकरण गर्ने बचतकर्ता भएको उनले बताए । निक्षेप नविकरण गर्ने समयमा व्याजदरमा बैंकबिच प्रतिस्पर्धा भएकाले तीनै बचतकर्ता अहिले तोकेभन्दा वढी व्याज दिने बैंकमा जानथालेको खत्रीले जानकारी दिए ।

बैंकरका अनुसार तरलता समस्या नभएको बेलामा पनि ठूला बचतकर्ताले तोकिएभन्दा वढी व्याज पाउँदै आएका थिए । अहिले अभावले गर्दा बचतकर्ताले बैंकसँग ुवार्गेनिङु गर्न पाएका छन् । उनीहरुले ठूलो रकम जम्मा गर्ने भएकाले वढी व्याज पाउँदै आएका हुन् ।

बजारमा तरलता अभाव भएपछि गत सातासम्म केन्द्रिय बैंकले सरकारी ऋणपत्रको धितो रिपो मा साढे २३ अर्ब रुपैयाँ बैंकहरुलाई कर्जा उपलब्ध गराइसकेको छ । तर यसले पनि नगद अभाव कम नभएपछि यसको व्यवस्थापन गर्न बैंकहरुले निक्षेपको व्याजदर वढाएका हुन् । तरलता अभाव गत असोजदेखि बैंकहरुले झेल्दै आएका छन् ।

No comments:

Post a Comment

thanks for comment