नेपाल बैंकको पुँजी योजना मन्त्रालयमा

सुदर्शन सापकोटा
काठमाडौं फागुन २६

नेपाल बैंकले वित्तीय अवस्था सुधारका लागि पुँजी बढाउनुपर्ने कारण देखाउँदै हकप्रद सेयर जारी गर्ने प्रस्ताव ल्याएको छ ।

३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको देशकै सबभन्दा पुरानो बैंकले २ अर्ब रुपैयाँ पुँजी पुर् याउन सरकार र राष्ट्र बैंकसमक्ष यस्तो प्रस्ताव गरेको हो ।

सरकारले भने हकप्रद सेयरबाट पुँजी वृद्धि गर्नुको सट्टा रणनीतिक साझेदार खोज्ने योजना बनाएको छ । जुन संस्थापकका कारण बैंक नराम्रो अवस्थामा पुग्यो उनीहरु नै बलियो हुने स्थिति नआओस् भनेर सरकार रणनीतिक साझेदारीमा लागेको अधिकारीहरु बताउँछन् ।

बैंकको २० प्रतिशत सेयर सर्वसाधारणलाई ५५ प्रतिशत रणनीतिक साझेदारलाई र ५ प्रतिशत बैंकका कर्मचारीलाई दिने सरकारको योजना हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने सबै सम्भावनामाथि छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए । ुसरकारी योजनमाथि पनि हामी बोर्डमा छलफल गरिरहेका छौंु उनले बुधबार नागरिकसँग भने ुजसको प्रस्ताव बढी सम्भाव्य देखिन्छ त्यसैमा जाने हो ।ु

विश्व बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत रहेको नेपाल बैंकले हकप्रद सेयरको बिक्री बोलकबोलबाट गर्ने प्रस्तावसमेत गरेको छ ।

ुपुँजी कोष ऋणात्मक रहेकाले पि्रमियममा सेयर निष्कासन गर्न नसकिने हुँदा बोलकबोलमार्फत सेयर बिक्री गर्ने प्रस्ताव गरेका छौंु उनले भने । बोलकबोलबाट बेच्दा बढी मूल्य तिर्नेले सेयर पाउँछ । यसबाट बैंकले बढी लाभ उठाउनसक्ने उनले बताए । बैंकमा सरकारको ४० प्रतिशत सेयर छ ।

ुपुँजी पर्याप्तता अनुपात सिएआर कायम राख्ने चुक्ता पँुजी बढाउने र पुँजी कोष धनात्मक बनाउनेलगायत सुधारका लागि पुँजी योजना प्रस्तुत गरेका छौंु बैंकका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने ुयसका लागि ८ अर्ब रुपैयाँ लाग्छ ।ु पुँजी पर्याप्तता अनुपात १० प्रतिशत हुनुपर्छ ।

उनले नेपाल बैंकको पुँजी योजना सरकारी प्राथमिकतामा रहेकाले चाँडै टुङ्गो लाग्ने बताए । ुगभर्नर नियुक्तिपछि टुङ्गो लाग्लाु उनले भने ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल बैंकको वित्तीय अवस्था सुधारका लागि चाँडै ठोस कदम चालिने बताउँदै आएका छन् । यसपछि सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको सुधारमा लाग्ने उनले बताएका थिए ।

बैंकले ल्याएको पुँजी योजनामा कर्मचारी खर्च कटौती गर्ने प्रस्ताव पनि छ । बैंकको कुल खर्चमध्ये ६० प्रतिशत कर्मचारीमा हुन्छ । तीन वर्षभित्र यसलाई ३० प्रतिशतमा झार्ने योजना छ । यसका लागि बैंकका करिब ७ सय कर्मचारीलाई अवकास दिइनेछ । यसको तुलनामा निकै कम नयाँ कर्मचारी नियुक्त गरिनेछ ।

ु७ सयले अवकास पाएपछि २ सय नयाँ कर्मचारी नियुक्त गरिने हाम्रो योजना छु उनले भने ।

केही समयअघि मात्र बैंकले कर्मचारीको ३३ वर्षे अवधि ३० वर्षमा झारेको थियो । बैंकमा २ हजार ४ सय स्थायी र ४ सय करारका कर्मचारी छन् ।

नेपाल बैंकमा सबभन्दा बढी सर्वसाधारणको ४९ दशमलव ९४ प्रतिशत सेयर छ । त्यसपछि सरकारको ४० दशमलव ४९ प्रतिशत छ । वाणिज्य बैंकहरुको ४ दशमलव ९२ र राष्ट्र बैंकबाट स्वीकृतप्राप्त वित्तीय कम्पनीको ३ दशमलव ४२ प्रतिशत सेयर छ । यसअतिरिक्त विभिन्न संस्थाको शून्य दशमलव ५२ र अन्यको शून्य दशमलव ७१ प्रतिशत सेयर छ ।



विनोद आत्रेय
प्रमुख कार्यकारी अधिकृत नेपाल बैंक लि

बैंकको वित्तीय अवस्था कस्तो छ ?
पुससम्म बैंकले ३४ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ । निष्क्रिय कर्जा १० दशमलव ९६ प्रतिशतबाट ३ दशमलव ७७ प्रतिशतमा झरेको छ । यसलाई सुधारका रुपमा लिनुपर्छ । ऋणात्मक नै रहे पनि जगेडा कोष घटेको छ । अहिले जगेडा कोष ५ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुससम्म यो ५ अर्ब ९३ करोड रुपैयाँ ऋणात्मक थियो । निक्षेप पनि बढिरहेको छ । निक्षेपको अनुपातमा नै कर्जा पनि बढेको छ ।

जनताले विश्वास गरेको बैंक भएकाले पनि बैंक नराम्रो अवस्थामा हुँदा निक्षेप फिर्ता लैजाने भएनन् । शाखा १ सय ९ वटा भएकाले ग्रामीण भेगसम्म हाम्रो राम्रो साजाल छ । अहिले हामी खराब कर्जा उठाउने चरणमा छौं । खराब कर्जा उठेकाले पनि हाम्रो नाफा राम्रो भइरहेको छ । कर्जा निक्षेप अनुपात पनि बढीमा ७० प्रतिशतमात्र छ । अहिले हाम्रो सम्पत्ति लगभग ७६ करोड रुपैयाँ छ । यसलाई पुनःमूल्यांकन गर्ने भएका छौं । पुनःमूल्यांकन गर्दा यो १० अर्ब पुग्ने अनुमान छ ।

बैंकका तत्कालका योजना के छन् ?
अन्य प्रतिस्पर्धी वाणिज्य बैंकजस्तै हामीले पनि इ-बैंकिङ कुनै पनि शाखाबाट कारोबार गर्न सकिने सेवा एटिएम कार्डलगायत सेवा ल्याइसकेका छौं । निक्षेपको ब्याज दरमा पनि प्रतिस्पर्धी भएका छौं । भर्खरैमात्र हामीले महिला मुद्दतिमा साढे ७ प्रतिशत ब्याजदरको योजना ल्याएका छौं । क्षेत्रगत रुपमा जान अन्य निक्षेप योजना पनि ल्याउने योजना छ । निक्षेप वृद्धिका लागि बजार प्रबद्र्धनको आवश्यकता देखेर यसतर्फ पनि हामी अगाडि बढेका छौं । सम्भाव्यता भएको स्थानमा शाखा विस्तार गर्दै लैजान्छौं । आगामी ६ महिनाभित्र थप २० शाखा खोल्छौं । अहिले हाम्रा ६० शाखा कम्प्युटराइज्ड छन् । यो वर्षभित्र सबै शाखा कम्प्युटराइज्ड गर्ने योजना छ ।

तरलता अभावको प्रभाव कस्तो परेको छ ?
समग्र बैंकिङ क्षेत्रमा तरलता अभावको प्रभाव परिरहेका बेला नेपाल बैंकमा मात्र नपर्ने भन्ने हुँदैन । केही परेको छ । यस्तो प्रभाव पर्न नदिन हामीले कर्जा लगानीमा कडाइ गरेका छौं । उपभोक्ता कर्जा र रियलस्टेट तथा हाउजिङमा कर्जा प्रवाह बन्द गरेका छौं । सम्भाव्य ठाउँमा मात्र लगानी गरेका छौं । पहिले खराब कर्जाका कारण बैंकको यो अवस्था भएकाले सुरक्षित कर्जा प्रवाह गर्नुपर्छ भन्नेमा व्यवस्थापन समूह एकदमै चनाखो छ । तरलता अभावकै कारण हामीसँग भएका ग्राहक अरुसँग नजाउन् भनेर निक्षेपको ब्याजदर बढाएका हौं ।





No comments:

Post a Comment

thanks for comment