कोमेनले चिनी र गहुँको कारोवार थाल्ने

काठमाडौं पुस २९
कमोडिटिज मेटल एक्सचेन्ज कोमेन ले वैशाकबाट कृषि वस्तुको पनि फ्युचर कारोवार गर्ने भएको छ । गहुँ र चिनीको कारोवार गर्न लागेको कोमेनले वढीमा ६ महिनाको कन्ट्राक्टु मार्फत कारोवार सुरु गर्ने भएको हो ।
स्वदेशी कृषि बस्तुको फ्युचर कारोवार गर्ने हामी पहिलो एक्सचेन्ज हौं-कोमेनका प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले वुधवार नागरिकसँग भने ।
कृषि बस्तु कागजमा मात्र खरिद नगरी त्यसलाई मगानउ चाहनेलाई उसले किनेको वस्तु उपलब्धसमेत गराइने उनले जानकारी दिए । यसका लागि कम्पनीले स्थानीय गल्ला तथा मण्डीवालामार्फत वस्तुको खरिद विक्री गर्ने छ ।
भण्डारको वेयरहाउस को जिम्मा गल्ला तथा मण्डीवालालाई दिइने छ-उनले भने -डेरिभेटिभ बजारलाई नियमन गर्ने निकाय आएपछि वेयरहाउसको व्यवस्था गरिने छ ।
विक्री भएको बस्तु ग्राहकसम्म पुर् याउनका लागि छुट्टै संंस्था स्थापना गरिने सत्यालले जानकारी दिए । उनले यसका लागि काम सुरु भइसको बताए । संस्थाले माग भएको वस्तु ग्राहकसम्म पुर् याउने छ । यो कोमेनको मातहतमा रहने उनले बताए ।
ग्राहकसम्म पुर् याउनका लागि वीरगाज र भैरहवालाई केन्द्रका रुपमा विकास गर्न लागिएको कोमेनले जनाएको छ । यसपछि चितवन र काठमाडौंमा केन्द्र राखिने सत्यालले बताए ।
कोमेनले घरमै वसेर कारोवार गर्न सकिने उद्देश्यले नयाँ सफ्टवेयरबाट काम सुरु गरेको छ । ग्राहकलाई युजरआइडी उपलब्ध गराएपछि घरमै बसेर उनीहरुले अन्तर्राष्ट्रिय मुल्य अनुसार विभिन्न वस्तुको कारोवार गर्न सक्ने उनले बताए । सफ्टवेयरको प्रयोगबाट कारोवार बढ्ने छ- उनले भने ।




No comments:

Post a Comment

thanks for comment