तरलता अभाव बैंकको चुनौती


काठमाडौं फागुन १

- तरलता अभावका कारण व्याजदरमा भएको प्रतिस्पर्धाले समग्र बैंकिङ व्यवसायमा थप चुनौती थपिएको छ ।
- देशमा व्याप्त शान्ति सुरक्षाको कमजोर स्थिति बन्द हड्तालले देशको समग्र अर्थतन्त्रमा असर पर्ने हुँदा बैंकिङ क्षेत्रमा समेत यसको असर पर्ने
- वढ्दो दक्ष जनशक्ति अभाव
- निक्षेप र कर्जाको वढ्दो व्याजदर
- मूल्यवृद्धिले वढ्दो साचालन खर्च
- लोडसेडिङले वढायो खर्च

बैंकहरुले भोगेको वर्तमान चुनौती हो यो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको विश्लेषण गर्दै बैंकहरुले प्रकाशित गरेको विवरणमा सवैभन्दा ठूलो चुनौतीका रुपमा तरलता समस्यालाई लिइएको छ । ुतरलता अभावले व्याजदर महंगिएर निक्षेपको व्याजदर अस्वभाविक वढेको छु एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने ुयसले बैंकहरुले प्रदान गर्ने सेवाको मूल्य वढाएको छ ।ु उनले व्याजदर बढ्दा नयाँ व्यवसायका लागि कर्जा लिने घटेको जानकारी दिए ।
ुतरलता अभावका कारण महंगोमा निक्षेप लिएर महंगोमा नै कर्जा प्रवाह गर्नु पर्ने वाध्यता छु बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले शनिवार नागरिकसँग भने ुयसले गर्दा कर्जा लिएकालाई त्यो तिर्न कठिन हुन्छ र उत्प्ादनको लागत पनि वढ्छ ।ु तरलता अभावले बैंकलाई मात्र नभएर बैंकसँग जोडिएका सबै पक्षलाई चुनौती थपिएको उनले जानकरी दिए । ुकर्जा महंगिएपछि त्यो नउठ्ने डर बैंकहरुलाई छु उनले भने ुकर्जा नउठे समग्र अर्थतन्त्रलाई नै ठूलो चुनौती थपिने छ ।ु
माओवादी मुलधारमा आइसक्दा पनि शान्ति सुरक्षाको अवस्था कमजोर छ । यस्तो अवस्थामा नयाँ लगानीको बाटो बन्द हुने र पुरानो लगानी पनि संकटमा पर्ने बैंकसर्ंको भनाइ छ । ुकानुन व्यवस्था एकदमै कमजोर छ उजुरी गर् यो भने पनि त्यसको छानविन हुँदैनु क्षेत्रीले भने । उनले यस्तो अवस्थामा बैंकलाई भन्दा बैंकसँग ऋण लिएका व्यवसायीलाई अप्ठ्यारो परेको बताए । ुऋण लिएकालाई असर परेपछि त्यसको असर बैंकलाई पनि पर्ने नै हुन्छु उनले भने ।
अकोर्ं चुनौती वढ्दो लोडसेडिङ भएको बैंकरको भनाइ छ । उनीहरुका अनुसार लोडसेडिङले बैंकको साचालन खर्चका साथै ऋण लिएका व्यवसायीको उत्पादन खर्च पनि वढ्छ । डिजेलबाट उत्पाति विजुलीबाट उद्योग साचालन गर्दा उत्पादन त बढ्छ नै लोडसेडिङमा उत्पादन बन्द गर्दा माग अनुसारको आपुर्ति नहुँदा उद्योगले गर्ने आम्दानी धेरै नै घट्छ । ुलोडसेडिङले गर्दा व्यवसायीले ऋण तिर्छन÷तिर्दैनन् भनेर सोच्नु पर्ने भएको छु क्षेत्रीले भने ।
बैंकिङ उद्योग वढेपनि त्यो अनुसार दक्ष जनशक्तिको उत्पादन नहुँदा बैंकहरुलाई चुनौति थपिएको एनएमबीका पौडेलले बताए । उनले अहिले सवै बैंक तथा वित्तीय कम्पनी शाखा विस्तारको रणनीति लिएर अगाडि वढिरहेको बताउँदै माग अनुसार जनशक्ति उत्पादन हुन नसकेको जानकरी दिए । ुशाखा प्रमुख नपाएर मूख्य कार्यालयबाट कर्मचारी पठाएर शाखा साचालनु गरिरहनु परेको छु पौडेलले भने । उनले दक्ष कर्मचारी अरुकोबाट आफ्नामा तान्ने होडले बैंकहरु साच्चै चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ुआफ्नोमा धेरै समय लगाएर सिकाएको कर्मचारी अर्को बैंकले थुतिदिन्छु उनले भने ुयसले अप्ठ्यारामा पारेको छ ।ु
बैंकस्रका अनुसार निर्यातको तुलनामा आयात वृद्धिले व्यापार घाटा वढ्दा वैदेशिक मुद्रा सिाचति घटिरहेको छ । यसले बैंकको अन्तर्राष्ट्रिय व्यापारमा चुनौती थपिएको छ । ुअहिले कतिपय बस्तुको प्रतितपत्र खोल्न बन्द गर्नु परेको छु पौडेलले भने ुयसले बैंकिङ व्यवसाय खुम्चिएर नाफामा असर पर्ने निष्चित छ ।ु केन्द्रिय बैंकले हालै सुन आयात गर्न प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । अरु बेला बार्षिक ८ अर्वको सुन आयात हुने गरेकोमा चालु बर्षको छ महिनामा ३३ अर्व ६० करोड रुपैयाँभन्दा वढीको सुन आयात भएपछि यस्तो निर्देशन दिइएको हो । ऊन आयातमा पनि अहिले कडाइ गरिएको छ । ुसमग्र अर्थतन्त्र नराम्रो हुँदा बैंक मात्र राम्रो हुने भन्ने हुँदैनु क्षेत्रीले भने ुयसको असर बैंकलाई पनि परिरहेको छ ।ु




No comments:

Post a Comment

thanks for comment