१५ हजारमा एक किलो सुनको कारोवार

नागरिक संवाददाता
काठमाडौं फागुन १९
नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स ले १५ हजार रुपैयाँमा नै एक किलो सुनको कारोवार गर्न सकिने सेवा सुरु गरेको छ । सुन खरिद गरेपछि २३ घण्टाभित्र नै विक्री गरिसक्नु पर्ने मार्जिन एक्सपोजर वुधवारबाट सुरु भएको हो । ुछोटो अवधिको कारोवार गर्नेहरुका लागि लक्षित गरेर यो सेवा सुरु गरिएको होु पत्रकार सम्मेलनमा एनडेक्सका प्रमुख कार्यकारी अधिकृतले सूर्य पोखरेलले भने ।
सामान्य अवस्थामा एनडेक्समार्फत ७५ हजार रुपैयाँमा एक किलो सुनको कारोवार गर्न सकिन्छ । मार्जिन एक्सपोजरमा कारोवार गर्नेहरुले २३ घण्टाभित्र सुनको राफसाफ नगरे वाँकी ६० हजार रुपैयाँ थप गरेर कारोवार अवधि वढाउन सक्छन् । मार्जिन एक्सपोजरमार्फत एकै दिनमा नाफा आर्जन गर्न नसकिने भएमा ६० हजार थपेर केही समयपछि नाफा आर्जन गर्न सकिने भएमा त्यसको राफसाफ गर्न सकिने छ । लगानीकर्ताले एक्सपोजरमा एक पटकमा एक किलो सुन मात्र खरिद गर्न सकिने पाखरेलले बताए । एक्सपोजर नेपाली कमोडिटी बजारका लागि नयाँ लगानीको औजार हो ।
कम्पनीले वुधवारबाट थप ८ वस्तुको कारोवार थालेको छ । कम्पनीले गहुँ मकै सोयाविन सोयाविन ओयल कटन कफि प्लाटिनम र प्लाडियमको कारोवार सुरु गरेको हो । ु८ वसुतको १२ कन्ट्राक्टमा कारोवार थालेका हौंु उनले भने । कम्पनीले यसअघि ६ वस्तुको ११ कन्ट्राक्टमा कारोवार गर्दै आएको थियो । कम्पनीले सुन चाँदी कच्चा तेल प्राकृतिक ग्यास तामा र हिटिङ ओयलको कारोवार गर्दै आएको हो । ुलगानी विविधीकरणका लागि वस्तु थप गरिएको होु पोखरेलले भने ुयस पटक कृषि वस्तुलाई लक्षित गरेका छौं ।ु
एनडेक्सले वुधवारबाटै कारोवार अवधि २४ घण्टा पुर् याएको छ । यसअघि कम्पनीले १५ घण्टा मात्र कारोवार गर्दै आएको थियो । ुअन्तर्राष्ट्रिय बजारमार्फत कारोवार हुने भएकाले समय वढाएका हौंु उनले भने । ५ करोड चुक्ता र १० करोड अधिकृत पुँजी रहेको कम्पनीले काण्ठमण्डप क्लियरिङलाई क्लियरिङ हाउस नियुक्त गरेको छ । क्लियरिङ हाउसले वस्तु खरिद तथा विक्रीकर्ता र कारोवार गर्ने कम्पनीको बिच मध्यस्थता गर्ने काम गर्छ । कम्पनीले ३० दलाल कम्पनीबाट कारोवार गरिरहेको छ ।

No comments:

Post a Comment

thanks for comment