रावा बैंकलाई तत्काल सहयोग गर्न नसकिने


काठमाडौं माघ १० नागरिक
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको पुँजी कोषलाई धनात्मक बनाउन सरकारले तत्काल सहयोग गर्न नसक्ने बताएका छन् । उनले एक आर्थिक वर्षभित्र १६ अर्ब रुपैयाँ बैंकलाई मात्र सहयोग गर्दा अन्य क्षेत्र प्रवाभित हुने भएको भन्दै तत्काललाई त्यसो गर्न नसकिने बताएका हुन् ।
ुपहिलो चरणमा नेपाल बैंकलाई सहयोग गर्ने कार्यक्रम छु राष्ट्रिय वाणिज्य बैंकको ४३औं वार्षिकोत्सवमा उनले भने ुत्यसपछि मात्र वाणिज्य बैंकमा सहयोग गर्न सकिन्छ ।ु वाणिज्य बैंकलाई अहिले सहयोग गर्दा शिक्षा शडक स्वास्थ्यजस्ता क्षेत्रको बजेट कटौती गर्नु पर्ने हुँदा तत्काल सरकारले केही गर्न नसक्ने उनले बताए । यसका वावजुत पनि पुँजीकोषलाई धनात्मक बनाउन आफू प्रयत्नशील रहेको उनले जानकारी दिए । ुयसका लागि छलफल भइरहेको छु उनले भने ुअन्य वैकल्पिक उपायका वारेमा पनि खोजिभइरहेको छ ।ु अर्थमन्त्रीले नेपाल बैंकको पुँजीकोष धनात्मक वनाउन केही दिनमा नै ठोस कदम चाल्ने बताए ।
बैंक पहिलेको अवस्थामा फर्कन अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै उनले अहिलेको चुनौति निष्कृय कर्जा घटाउनु रहेको बताए । बैंकले अहिलेसम्म १७ अर्ब ५० करोड रुपैयाँ खराव ऋण असुली गरिसकेको छ । सात बर्षदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधारको प्रकृयामा रहेको बैंकले त्यसयता यति धेरै रकम ऋण असुली गरेको हो । सुधार कार्यक्रम पछिको अवधिमा बैंकले ९ अर्व ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ ।
अर्थमन्त्रीले अझैसम्म पनि बैंकिङ क्षेत्रमा नगद तरलता अभाव हटिनसकेको बताउँदै यसलाई समाधान गर्न प्रयत्नशील रहेको जानकारी दिए । उनले फागुनसम्ममा तरलता अभाव समाधान हुने बताए ।
आयात वढेर व्यापार घाटा अनियन्त्रित भएको भन्दै उनले यसलाई कम गर्न सुनको आयातमा कडाइ गरिएको जानकारी दिए । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म नेपाल भित्रिने पैसाभन्दा वाहिरिने पैसा शोधनान्तर २० अर्ब ४९ करोड रुपैयाँले वढी छ । आयातभन्दा निर्यात व्यापार घाटा ४८ दशमलव ९ प्रतिशतले वढेकाले शोधनान्तरस्थिति नकारात्मक भएको हो ।
अर्थमन्त्रीले विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्ट को वृद्धिदर घटेकाले पनि शोधनान्तर घाटा वढेको जानकारी दिए । उनले रेमिट्यान्सको भरमा मात्र अर्थतन्त्रलाई छाड्न नहुने उल्लेख गर्दैै स्वदेशी उत्पादन बेच्नतर्फ सबैले ध्यान दिनु पर्ने बताए । चालु आर्थिक बर्षको पहिलो चार महिनामा रेमिट्यन्सको वृद्धिदर ६ दशमलव ६ प्रतिशत मात्र छ । अघिल्लो बर्षको यसै अवधिमा वृद्धिदर ६५ दशमलव ९ प्रतिशत थियो ।
अर्थमन्त्री पाण्डेले बैंकको लगानी अनुत्पादक क्षेत्रमा वढि हुन थालेपछि सुन तथा घरजग्गा लगानीमा कडाइ गर्ने नीति लिएको बताए । उनले बचत संकलन तथा ऋण प्रवाह गर्ने सहकारी संस्थाहरुलाई पनि निगरानीमा राख्ने प्रयत्न भइरहेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आधुनिकीकरण कार्यक्रम अन्तर्गत बैंकका १ सय २० शाखा सुचना-प्रविधिको संजालभित्र आइसकेको बताए । उनले ४६ शाखामा कुनै पनि शाखाबाट पनि कारोवार गर्न सकिने एबिबिएस सेवा सुरु भइसकेको जानकारी दिए । ई-बैंकिङ एटिएम मोवाइल पे रिचार्जलगायतका सेवा पनि साचालन भइरहेको आचार्यले बताए । बैंकले अहिले २४ शाखाबाट सन्ध्याकालिन ६९ शाखाबाट एसएमएस बैंकिङ ८ शाखाबाट ३६५ दिने बैंकिङ सेवा साचालन गरिरहेको छ । बैंकले अहिले २२ स्थानबाट एटिएम सेवा उपलब्ध गराइरहेको छ ।
आचार्यले हेवी इक्विपमेन्ट कर्जा विल्डस्र कर्जालगायत जलविद्युतमा समेत कर्जा प्रवाह गरिरहेको बताए ।


No comments:

Post a Comment

thanks for comment