रेमिट्यान्सको वृद्धिदर घट्यो


सुदर्शन सापकोटा
काठमाडौं फागुन २५
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स को वृद्धिदर ४६ दशमलव ६८ प्रतिशत विन्दुले घटेको छ । चालु वर्षको पुस मसान्तसम्म रेमिट्यान्सको वृद्धिदर १८ दशमलव ८५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा वृद्धिदर ६५ दशमलव ५३ प्रतिशत थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार चालु वर्षको पुससम्म १ खर्व ५ अर्व रुपैयाँ वरावरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो पुसमा ८६ अर्व ७७ करोड रुपैयाँ वरावरको रेमिट्यान्स भित्रिएको थियो । ुरेमिट्यान्समा अडिएको मुलुकलाई यसको वृद्धिदर घट्दा समग्र अर्थतन्त्रमा प्रभाव पर्छु राष्ट्र बैंकका एक अधिकारीले भने ।
निर्यातको तुलनामा आयात ६ गुणाभन्दा वढीले वृद्धि भएको बेला रेमिट्यान्सको वृद्धिदर भने झर्दा यसले समग्र अर्थतन्त्रलाई संकटमा पुर् याउने उनले दावी गरे । विदेशमा नेपालीले पाउने तलव घटेकाले पनि रेमिट्यान्सको वृद्धिदर तल झरेको हुनु पर्ने उनका अनुमान छ ।
चालु वर्षको पुससम्म व्यापार घाटा १ खर्व ५८ अर्व रुपैयाँ भएको छ । आयात १ खर्व ८८ अर्व ८० करोड रुपैयाँको हुँदा निर्यात ६ गुणाभन्दा कम अर्थात ३० अर्व ८० करोडको मात्र भएको छ । नेपाल भित्रिनेभन्दा वाहिरीने पैसा धेरै भएकाले देशको विदशी मुद्रा सिाचती पनि घटेको छ । मंसिरसम्म मात्र शोधनान्तर अवस्था १९ अर्व ६० करोड रुपैयाँ घाटामा छ । ुशोधनान्तर घाटा वढ्दै गएमा विदेशी मुद्रा सकिएर देश टाट पल्टने अवस्था आउन सक्छु एक अधिकारीले भने ुरेमिट्यान्समा मात्र भर नपरेर निर्यातमूलक उद्योगको विकास नगरे अर्थतन्त्रमा भयावह अवस्था आउने छ ।ु
आर्थिक वर्ष २०६३÷६६ मा ९६ अर्व १६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । ०६४÷६५ मा १ खर्व २० अर्वको भित्रिएकोमा गत वर्ष १ खर्व ८२ अर्व भित्रिएको थियो । ुरेमिट्यान्सको वृद्धिदर जुन रुपमा घटेको छ त्यसको असर अर्थतन्त्रमा पर्न नदिन दुई वटा उपाय तत्काल अपनाउनु पर्ने हुन्छु राष्ट्र बैंकका एक अधिकारीले भने ुकि आयात घटाउनु पर् यो कि निर्यात वढाउनु पर् यो ।ु
पुससम्मको तथ्यांक हेर्दा सवारी साधन तथा पाटपुर्जा सुन र पेट्रोलियम पदार्थको आयात वढेर व्यापार घाटा उच्च भएको छ । पुससम्म ४१ अर्व ९७ करोड रुपैयाँ वरावरको सवारी साधन तथा पाटपुर्जा आयात भएको राष्ट्र बैंक स्रोतले बतायो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ४५ प्रतिशतले वढी हो ।
सुन पनि ३३ अर्व ६० करोड ९५ लाख रुपैयाँ वरावरको आयात भएको छ । सुन आयात धेरै भएर व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयात बन्द गरी सकेको छ । पेट्रोलियम पदार्थ २० अर्व ५३ करोड रुपैयाँको आयात भएको छ । ुरेमिट्यान्सको वृद्धिदर घटिरहेको वेला अतिआवश्यकीय वस्तु वाहेक अन्यको आयात बन्द गर्नु पर्छु उनले भने । ६ महिनाको अवधिमा अतिआवश्यकीय वस्तु पेट्रोलियम पदार्थको आयात करिव १४ प्रतिशतले घटिसकेको छ ।
पछिल्लो ६ महिनामा कृषिजन्य पदार्थको आयात उच्च भएर पनि व्यापार घाटा वढेको छ । तेस्रो मुलुकबाट कमै आउने चामलको आयात २ सय प्रतिशतभन्दा वढीले वृद्धि भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार चालु वर्षको पुसमा ५७ करोड ३० लाखको चामल आयात भएको छ । भटमासको कच्चा तेलको आयात पनि ४७ प्रतिशतले वढेको छ । पाउडर दुधको आयात १ सय ३५ प्रतिशतले वढेको छ ।

०६६÷६७ को रेमिट्यान्स
महिनारेमिट्यान्स
साउन१८ अर्व ३५ करोड
भदौ१५ अर्व ३ करोड
असोज१९ अर्व १४ करोड
कात्तिक१४ अर्व ४५ करोड
मंसिर१५ अर्व ८५ करोड
पुस२० अर्व ३० करोड




No comments:

Post a Comment

thanks for comment