प्राधिकरणको घाटा ३ अर्ब

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २-
नेपाल विद्युत प्राधिकरण गत वर्ष ३ अर्ब रुपैयाँ घाटामा गएको छ। सडक बत्ति मिनाहा, वैदेशिक मुद्रा विनिमय दर वृद्धि तथा महंगोमा विद्युत आयात गर्नु परेका कारण प्राधिकरण घाटामा गएको हो।

'विद्युत चुहावट, सडक बत्ति मिनाहा तथा विद्युत आयात गर्नु परेकाल घाटा भएको हो,' प्राधिकरणको २४औं वाषिर्कोत्सवमा कार्यकारी निर्देशक जीवेन्द्र झाले भने । उनले अहिलेसम्ममा प्राधिकरणको कुल घाटा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको बताए।

झाका अनुसार, कुलेखानी जलाशयमा पानी कम हुनु तथा अन्य नदिनालामा पनि बहाव कम भएकाले लोडसेडिङ बढेर १ अर्ब रुपैयाँ नोक्सान भएको छ । माग पुरा गर्न भारतबाट महंगो विद्युत आयात तथा तापिय विद्युत केन्द्र सञ्चालन गर्नु परेकाले ५० करोड रुपैयाँ थप भार परेको छ । सडक बत्तिको १ अर्ब रुपैयाँ मिनाहा तथा विनिमय दर बढ्दा ८० करोड रुपैयाँ नोक्सान भएको झाले बताए। उर्जामन्त्री अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले सडक बत्ति मिनाहा गरेको हो।

उनले विगत ९ बर्षदेखि प्राधिकरणले विद्युतको शुल्क नवढाएको जानकारी दिए । नौ बर्षको बिचमा अन्य सबै बस्तु तथा सामग्रीको मूल्यबृद्धि अनुसार विद्युत शुल्क नवढ्दा बर्षेनी प्राधिकरणको घाटामा बृद्धि भएको झाले बताए ।

प्राधिकरणले बेच्ने बिजुलीको मूल्य प्रतियुनिट ९ रुपैयाँ ५ पैसा पुगिसकेको भएपनि ६ रुपैयाँ ७१ पैसा मात्र सर्वसाधारणबाट उठाउने गरेको छ। अन्य आम्दानीबाट भएको प्रतियुनिट ४३ पैसा फाइदालाई मिलान गर्दा पनि प्राधिकरणले प्रतियुनिट १ रुपैयाँ ९१ पैसा घाटा भइरहेको झाले जानकारी दिए । 'विद्युत उत्पादन लागत मूल्य ग्राहकले तिर्ने शुल्कसँग समायोजन गर्न आवश्यक भइसकेको छ,' उनले भने, 'मूल्य समायोजन नगरे घाटा वर्षेनी वढ्दै गएर प्राधिकरण टाट पल्टिने छ।'

प्राधिकरणले विद्युत बिक्रीबाट १६ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १ दशमलव १९ प्रतिशत वढी हो । प्राधिकरण सञ्चालन खर्च पनि वढेको छ । अहिले खर्च वढेर १६ अर्ब १८ करोड पुगेको झाले बताए । 'प्राधिकरणको वित्तीय अवस्था नाजुक भइसकेको छ,' उनले भने । झाका अनुसार, सरकारको ३२ अर्ब २७ करोडसमेत गरेर प्राधिकरणको ऋण ५८ अर्ब २२ करोड पुगिसकेको छ । प्राधिकरणले विभिन्न आयोजनामा २ अर्ब ३२ करोड लगानी रहेको उनले बताए । 'संस्थालाई जोगाउने हो भने सरकारले तत्काल प्रभावकारी वित्तीय पुनर्संरचना कार्यक्रम ल्याउनु पर्छ,' झाले भने ।

उनले प्राधिकरणलाई नोक्शानीबाट जोगाउन सरकारी कर्जामा विद्यमान व्याजदर घटाउनु पर्ने बताए । अहिले प्राधिकरणले सरकारी कर्जामा औषत ८ प्रतिशत व्याज तिर्दै आएको छ । प्राधिकरणलाई आर्थिक रुपमा सवल बनाउन आवश्यक भइसकेको बताउादै उनले विद्युत महशुल वढाउनु पर्ने, बषर्ाको समयमा वढी भएको उर्जा व्यवस्थापन गर्नु पर्ने तथा दातृ निकायबाट सञ्चालित आयोजनालाई क्षेत्रगत औषत मूल्यमा पुाजीकृत गर्नु पर्ने जानकारी दिए ।

चुहावटका कारणले पनि प्राधिकरणको घाटा बढेको उनले बताए । विद्युत चुहावट २५ दशमलव २७ प्रतिशत छ । प्राधिकरणका कारणले नै चुहावट वढेको बताउादै उनले यसलाई घटाउन प्राधिकरण प्रयासरत रहेको जानकारी दिए । 'चुहावटले गर्दा प्राधिकरणको घाटा धेरै बढाएको छ,' उनले भने ।

No comments:

Post a Comment

thanks for comment