बिमामा रोजगार

नागरिक सम्वाददाता
काठमाडौं साउन २५
बिमा कम्पनी खुल्ने क्रमसँगै यस क्षेत्रमा रोजगारीको अवशर पनि वढेको छ । नयाँ कम्पनी थपिने क्रममा रहेको तथा साचालनमा रहेका कम्पनीमा पनि दक्ष जनशक्ति अभाव भएका कारण रोजगारीको अवशर रहेको छ ।
बिमामा अहिले रोजगरको अवशर वढिरहेको छु बिमा समितिका अध्यक्ष फत्तवहादुर कार्कीले भने ।नेपालमा बिमासम्वन्धि अध्ययन गराउने शैािक्षक संस्था नभएकाले दक्ष जनशक्तिको अभाव भएको हो । बिमा भित्रको पनि प्राविधिक क्षेत्रमा जनशक्ति छैन ।
प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव छु नेपाल बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले बताए । उनले बिमा विशुद्ध प्राविधिक क्षेत्र भएकाले यसमा जनशक्तिको अभाव भएको बताए । नेपालमा बिमाको अध्ययन गराउने संस्था नभएकाले मागअनुसार जनशक्ति पाउन नसकिएको उनले जानकारी दिए ।
दक्ष जनशक्ति अभाव भएपछि बिमा सम्वन्धि अध्ययन गराउने संस्था खोल्ने प्रकृयामा समितिले काम थालेको छ । यसका लागि सम्भाव्यता अध्ययन गरिरहेको समितिले जनाएको छ । यसको प्रतिवेदन भदौभित्रमा आउने केसीले जानकारी दिए ।सबैभन्दा वढी पुर्नबिमा गराउने जनशक्तिको अभाव रहेको भट्टराईले बताए ।
उनले नेपालमा गरिएको बिमाको क्षति न्यूनीकरण गर्न विदेशी कम्पनीमा पहिले गरिएको बिमाको दाइत्व सार्ने दक्ष जनशक्तिको अभाव रहेको जानकारी दिए । उनका अनुसार हरेक बिमा कम्पनीलाई पुर्नबिमा गर्ने एकदेखि दुई जनशक्ति आवश्यक छ । कारोवार वढ्दै गएपछि यस्तो जनशक्ति थप आवश्यक हुने उनले बताए ।
अहिले नेपालमा ९ जीवन र १६ गैरजीवन बिमा कम्पनी साचालनमा छन् ।नेपालमा शुद्ध प्राविधिक जनशक्तिको अभाव रहेको समितिका केसीले बताए । उनले यस्तो आवश्यकता पुरा गर्न बिमा सम्वन्धि पढाइ हुने संस्था खोल्ने प्रकृया थालिएको बताए । पुर्नबिमा गर्नका लागि अहिले नेपाली कम्पनीले विदेशबाट तालिम लिँदै आएका छन् । बिमा कम्पनीमा अहिले बजार व्यवस्थापन गर्ने जनशक्तिको पनि अभाव रहेको संघका उपाध्यक्ष भट्टराईले बताए ।
कम्पनीले ल्याउने नयाँ नयाँ उत्पादनको बजार व्यवस्थापन गर्न प्राविधिक ज्ञान भएको जनशक्तिको अभाव रहेको छु उनले भने । भट्टराईले बिमामा रोजगारीको अवशर पर्याप्त रहेको जानकारी दिँदै ज्ञान आर्जन गरेर लाग्न चाहनेलाई अवशर नै अवशर रहेको बताए ।
उनले बिमा गर्नेको संख्या वढेकाले बिमा गराउने एजेन्टको संख्या पनि वढेको बताए । समितिले सार्वजनिक पछिल्लो वित्तीय प्रतिवेदन अनुसार २ लाख ७५ हजार ९ सय जनाले बिमा गराएका छन् । यो क्रम वर्षेनी बढिरहेको केसीले बताए । उनले मुलुकको अर्थतन्त्रसँगै बिमा क्षेत्र पनि वढ्दै गएको उल्लेख गर्दै यसमा रोजगारीको अवशर पनि थपिँदैै गएको बताए । उनका अनुसार मुलुकको बिमा बजारले जीवन बिमातर्फ मुस्किलले ४ प्रतिशतलाई मात्र ओगट्न सकेको छ ।
विस्तारै कम्पनीहरुको बजार विस्तार हुँदै गएकाले बिमा गर्नेको संख्या वढेर रोजगारीको अवशर पनि वढेको छु उनले भने । केसीले बिमा कम्पनी स्थापना हुने क्रम वढेको बताए । उनले समितिसँग ८ जीवन र ५ निर्जीवन बिमा कम्पनीले कारोवार अनुमति माग गरेको बताए । कम्पनी थपिएपछि प्राविधिक तथा एजेन्ट क्षेत्रमा थप रोजगारी थपिने बताए ।
देशभर बिमा गराउने एजेन्ट ४० हजारको संख्यामा रहेको बताए । ुएजेन्टको संख्या थपिँदो छु उनले भने ।उनले बिमा कम्पनीले शाखा विस्तारलाई पनि सँगसँगै लगेका कारण जनशक्ति थप आवश्यक हुने बताए । एउटा निष्चित समयपछि भने बिमामा रोजगारको अवशर कम हुने उल्लेख गर्दै उनले नयाँ कम्पनी तथा शाखा खुल्ने क्रम कम भएपछि यसमा रोजगारी अवशर कम हुने बताए ।
बैंकजस्तो यसमा कर्मचारी ठूलो संख्यामा एकबाट अर्कोमा सर्ने सम्भावना कम हुने भएकाले पनि निष्चित समयपछि रोजगारी कम हुन्छु केसीले भने ुतर अबका केही बर्षसम्म यस क्षेत्रमा रोजगारीको पर्याप्त सम्भावना छ ।ुकेसीका अनुसार अहिले गैरजीवन बिमा कम्पनीमा एजेन्ट वाहेक औषत ७० कर्मचारी कार्यरत छन् ।
कम्पनी गाउँगाउँ पुग्न नसकेको अवस्था पनि यति धेरै कर्मचारीले काम पाएका छन् भने शाखा विस्तार हुन थालेपछि यसमा जनशक्ति थपिने बताए । अहिले जीवन र गैर जीवन बिमा कम्पनी गरेर लगभग ३ हजार कर्मचारी कार्यरत रहेको विमक संघका उपाध्यक्ष भट्टराईले बताए ।
बिमामा जागिर कसरी पाउने-
एजेन्ट हुनलाई एसएलसी गरेर बिमा अभिमूखिकरण तालिम लिनु पर्छ । यो तालिम बिमा समिति र बिमा कम्पनीहरुले दिन्छन् ।
- बजार व्यवस्थापक हुनलाई बाणिज्य शास्त्रमा स्नातक गरेर बिमा अभिमूखिकरण तालिम तथा बजार व्यवस्थापनसम्वधि तालिम लिनु पर्छ । अभिमूखिकरण तालिम बिमा समिति तथा रोजगारदाता कम्पनी आँफैले दिन्छन् ।
- पुर्नबिमा गर्नका लागि नेपालमा अध्ययन गर्ने शैक्षिक संस्था छैन । यसका लागि विदेशका शैक्षिक संस्थामा अध्ययन तथा तालिम लिएको हुनु पर्ने छ । चाँडै नेपालमा पनि यो सम्वन्धि अध्ययन गराउने संस्था खुल्ने क्रममा रहेको छ ।

No comments:

Post a Comment

thanks for comment