तेस्रो पक्ष बिमा शुल्क निर्धारण

नागरिक संवाददाता
काठमाडौं साउन २७
यातायात व्यवस्था विभागले तेस्रो पक्ष बिमाको शुल्क निर्धारण गरेको छ । नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघसँग छलफल गरी विभागले बार्षिक रुपमा तिर्ने बिमाको शुल्क निर्धारण गरॆको हो ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा सार्वजनिक तथा नीजि यातायात साधनले अनिवार्य रुपमा ५ लाख रुपैयाँ वरावरको तेस्रो पक्ष बिमा गर्नु पर्ने व्यवस्था गरेको छ ।
आगामी भदौदेखि लागूहुने यो बिमा सवारी दुर्घटनाबाट मृत्यु हुने परिवारलाई तत्काल राहत दिन ल्याइएको हो ।अहिलेसम्म सार्वजनीकि सवारी साधनका लागि मात्र बार्षिक बिमा शुल्क निष्चित भएको महासंघका महासचिव डोलनाथ खनालले बताए ।
उनले नीजि सवारी साधनको बिमा शुल्क सार्वजनिक सावारीको हाराहारीमा हुने जानकारी दिए । ुनीजीका लागि पनि लगभग निष्चित भइसकेको छ सार्वजनिक सवारीको हाराहारीमा यसले पनि बिमा शुल्क बुझाउनु पर्छु उनले भने ।मालवाहक सवारीले बार्षिक रुपमा १० हजार रुपैयाँ बिमा शुल्क वुझाउनु पर्छ । सवारीको प्रकृति हेरेर न्युनतम ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । पहिले यस्तो बिमा ५० हजार रुपैयाँको हुने गरेको थियो ।
यस्को बार्षिक शुल्क औषत ४ हजार रुपैयाँ बुझाउनु पर्थियो । प्रज्वलनशिल पदार्थ बोक्ने मालवाहक सवारीले बार्षिक रुपमा न्यूनतम ६ हजार ७ सय ५० रुपैयाँ बिमा शुल्क बुझाउनु पर्नेछ । सवारीको क्षमताहेरी वढीमा १० हजार ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्छ । पहिले त्यस्तो सवारीले न्यूनतम ३ हजारदेखि वढीमा ४ हजार ५ सय रुपैयाँसम्म बिमा शुल्क बुझाउनु पर्थियो ।यात्रुवाहक बसले प्रतिबर्ष वढीमा १० हजार रुपैयाँ बुझाउनु पर्छ ।
सिट क्षमताका आधारमा बसले कम्तिमा ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । १८ भन्दा कम सिटको बसले यति शुल्क तिर्नु पर्छ । ३५ सिटसम्मकोले ९ हजार रुपैयाँ तिर्नुपर्छ भने त्योभन्दा माथिकोले १० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था विभागले गरेको छ । पहिले यात्रुवाहक वसले तीन हजार रुपैयाँ तिर्नु पर्थियो ।ट्याक्सीले आफ्नो क्षमता सिसी को आधारमा वढीमा ६ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
८ सय सिसीको ट्याक्सीले ३५ सय १६ सय सिसीले ४ हजार ५ सय र त्योभन्दा माथिको सिसीले ६ हजार ५ सय तिर्नु पर्ने व्यवस्था विभागले गरेको छ । बजेटमा व्यवस्थाअघि ट्याक्सीले क्षमताहेरी १५ सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क बुझाउनु पर्थियो ।ट्याम्पोले पनि वढीमा ३ हजार रुपैयाँसम्म बार्षिक बिमा शुल्क बुझाउनु पर्नेछ । न्यूनतम ट्याम्पोले २ हजार तिर्नुपर्छ । यसअघि ट्याम्पोले एक हजरदेखि १ हजार ५ सय रुपैयाँसम्म बुझाउनु पर्थियो । सवारी दुर्घटनामा मृत्यु हुने मृतकका परिवारले वढीमा ५० हजार रुपैयाँ मात्र पाउने व्यवस्थाले गर्दा उनीहरुले शडक अवरुद्ध गर्ने क्रम वढेपछि पहिलो पटक सरकारले ५ लाख रुपैयाँ क्षतिपुर्ति पाउने व्यवस्था गरेको हो ।
यसले गर्दा शडक अवरुद्ध हुने क्रम घट्ने सरकारले विश्वास लिएको छ । अहिले शडक दुर्घटनाका कारण मृतकका आफन्त तथा छरछिमेकले तत्काल राहतको माग गरी सवारी साधन तोडफोड तथा शडक अवरुद्ध गर्ने घटनाहरु दिनप्रतिदिन वढ्दै गएको छ ।बजेटमा प्रत्येक सवारी साधनले अनिवार्य रुपमा ५ लाख रुपैयाँको तेस्रो पक्ष बिमा गर्नु पर्ने व्यवस्था छ ।
बिमा गरेका सवारी साधनले दुर्घटना गरेमा स्थानीय जिल्ला प्रशासनले मृतकका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने खनालले बताए । उनले स्थानिय प्रशासनले दुर्घटनापछिका सम्पुर्ण प्रकृया अगाडि वढाउनु पर्ने जानकारी दिँदै दुर्घटनापछि यातायात अवरुद्ध भएमा प्रशासनले तत्काल खोल्नु पर्ने बताए । तेस्रो पक्ष बिमा सम्वन्धि नियमावली मंगलवार वनिसकेको जानकारी दिँदै खनालले मन्त्रीपरिषद्ले यसलाई स्वीकृति गरेलगत्तै भदौ १ बाट लागू हुने बताए ।
उनले मन्त्रीपरिषद्ले स्वीकृति नदिएमा १ भदौमा लागू हुने भनिएपनि लागू नहुने जानकारी दिए ।अहिले तेस्रो पक्ष बिमा गर्ने १ हजार ५ सय व्यवशायीक सवारी छन् । यो कुल सवारी साधनको ५ प्रतिशत हुन आउँछ ।

No comments:

Post a Comment

thanks for comment