िसंचाइ आयोजना समुदायलाई हस्तान्तरण गरिने


नागरिक संवाददाता
काठमाडौं भदौ ३
िसंचाइ विभागले निर्माण सम्पन्न भइसकेका िसंचाइ आयोजना समुदायलाई हस्तान्तरण गर्ने भएको छ । व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत आयोजना समुदायको जिम्मा लगाउन लागिएको हो । िसंचाइ आयोजनामा किसानको अपनत्व वढोस् भनेर यो कार्यक्रम ल्याइएको विभागले जनाएको छ ।

विभागले पहिलो चरणमा ८ हजार हेक्टर जमिन िसंचाइ गर्ने कन्काइ नहर समुदायलाई जिम्मा दिने भएको छ । सुनसरी-मोरङ नारायणी र महाकाली िसंचाइ आयोजनालाई हस्तान्तरण गर्ने विभागले जनाएको छ । विभागले आगामी ५ बर्षभित्र पूर्ण रुपमा आयोजना हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

सुनसरी-मोरङले ३८ हजार हेक्टर जमिन िसंचाइ गर्छ । महाकालीले ५ हजार हेक्टर गर्छ । िसंचाइ आयोजनाप्रति किसानले आफ्नोपन नदेखाएकाले त्यो वोध गराउन हस्तान्तरण गर्नु परेको विभागले जनाएको छ । आफ्नै खेतम िसंचाइ गर्ने आयोजना हो भन्ने वोध गराउन यो कार्यक्रमलाई निरन्तरता दिइएको हो । यसअघि पनि विभागले चितवनको पाचकन्या िसंचाइ आयोजना समुदायलाई हस्तान्तरण गरेको थियो ।

आयोजना जिम्मा लिएपछि त्यसको सानोतिनो मर्मत किसानले गर्नु पर्ने हुन्छ । ठूलो मर्मत गर्नुपरेमा विभागले आर्थिक सहयोग गर्नेछ ।


No comments:

Post a Comment

thanks for comment