कृषि बैंकका शाहद्वारा रानीनामा

काठमाडौं साउन २२
साचालक समितिले असहयोग गरेको भन्दै कृषि विकास बैंकका प्रमुख कार्यकारी जनक शाहले राजीनामा गरेका छन् । उनले आइतवारबाट लागू हुने गरी राजीनामा गरेका हुन् । ुशुक्रवारसम्म कार्यालय हुन्छु आइतवारदेखि लागू हुने गरी राजीनामा गरिसकेँु शाहले नागरिकसँग भने ।

राजनीतिक परिवर्तनपछि वोर्डमा नियुक्त भएका नयाँ साचालकहरुले काममा असहयोग गरेको उनले बताए । ुवोर्ड सदस्यले बैंकबाट वाहिरिएर सहयोग गर्न भनेपछि राजीनामा गरेको हुँु उनले भने । प्रमुख कार्यकारीसहित सात जना वोर्ड सदस्यमध्ये चार अर्थमन्त्रालय एक भूमिसुधार एक विज्ञ र एक अन्यबाट नियुक्त गरिन्छ ।

माओवादी नेतृत्वको सरकारले नियुक्त गरेको प्रमुख कार्यकारी भन्दै नयाँ नियुक्त वोर्ड सदस्यले असहयोग गरेको शाहले बताए । आफ्नामान्छे नियुक्त गर्न वोर्डले दवाव दिएको उनले आरोप पनि लगाए । ुनयाँ वोर्ड बनेपछि मलाई काम गर्ने वातावरण नै दिइएनु उनले भने ुराजीनामा गर्नुवाहेक अर्को विकल्प थिएन ।ु

गत मंसिर २५ गते नियुक्त भएका शाहले बैंकमा ८ महिना काम गरेका थिए । उनको कार्यकालमा आर्थिक बर्ष २०६५÷६६ मा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ मुनाफा कमाएको थियो । बैंकले ३५ अर्ब ४ करोड निक्षेप संकलन गरेको थियो । कर्जा लगानी ३८ अर्ब २२ करोड प्रवाह गरेको शाहले बताए ।

विकास बैंकको कार्यगर्दै आएको कृषि बैंक वाणिज्य वनिसक्दा पनि पूर्णरुपमा बाणिज्य बैंकको काम गर्न सकिरहेको थिएन । उनले पूर्ण वाणिज्य बैंक बनाउन आगामी भदौदेखि प्रतितपत्र बैदेशिक मुद्रा विनिमय अनलाइन तथा एटीएम सेवा सुरु गर्ने योजना दुई साताअघि सार्वजनिक गरेका थिए । ुपूर्णरुपमा वाणिज्य बैंक वनाउन बैदेशिक मुद्रा प्रतितपत्र एलसी अनलाइन बैंकिङ र एटीएम पनि साचालन गर्न काम सुरु गरिसकेको थिएँु उनले नागरिकसँग भने ।

उनको कार्यकालमा बैंकको निष्कृय कर्जा पनि घटेको थियो । ११ दशमलव ६९ प्रतिशतमा रहेको निष्कृय कर्जा ८ दशमलव ६६ प्रतिशतमा झारेको थियो । शाहले कोर बैंकिङ प्रणाली लागू गर्न बैंकिङ सफ्टवेयर खरिद गर्ने प्रकृया अघि वढाएको पनि बताए । उनले भदौभित्र सर्बसाधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिए । बैंकले ९६ करोड रुपैयाँ वरावरको सेयर निष्कासन गर्ने छ ।

कार्यकारीका लागि आवेदन माग
बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ । चार बर्षे अवधिका लागि वुधवार सुचना प्रकाशित गरी अवेदन माग गरिएको हो । शुक्रवारसम्मको समय दिएर मागिएको आवेदनमा ५ बर्ष बैंक तथा वित्त कम्पनीको साचालक समितिमा काम गरेको अनुभव हुनु पर्ने प्रावधान राखिएको छ । कार्यकारी हुन स्नातक उत्तिर्ण हुनु पर्ने छ ।

No comments:

Post a Comment

thanks for comment