रुपालीगाडमा बाँध बाँध्न भारत सहमत

सुदर्शन सापकोटा
काठमाडौं साउन २४

नेपाली पक्षले माग गर्दै आएको पाचेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको ुरि-रेगुलेटिङु बाँध रुपालीगाडमा बनाउन भारतीय पक्ष सहमत भएको छ । एक सातापछि हुने प्रधानमन्त्रीको भारत भ्रमणमा त्यसले औपचारिकता पाउनेछ । १८ महिनाको नियमित प्रयासपछि रुपालीगाडमा बाँध निर्माण गर्ने सहमति भएको हो ।

ुनेपालले माग गरेको ठाउँमै बाँध निर्माण गर्न भारतीय राजदूतले सहमति जनाएका छन्ु ऊर्जामन्त्री प्रकाशशरण महतले शनिबार नागरिकसँग भने ।

यसअघि भारतीय पक्षले पूर्णागिरिमा बाँध बाँध्नुपर्ने प्रस्ताव राख्दै आएको थियो । पूर्णागिरिमा बाँध निर्माण गर्दा आफ्नो धेरै भूमि डुब्ने भन्दै नेपालले मानेको थिएन । बैतडीको पाचेश्वर गाविसमा पर्ने मुख्य बाँधको २० किलोमिटर दक्षिणमा रुपालीगाड छ । यो बैतडी र डढेल्धुराको सिमानामा छ ।

पाचेश्वर आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । रुपालीगाडमा बाँघ निर्माण गर्दा अतिरिक्त ३ सय मेगावाट विजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । नेपाली पक्षले विरोध गर्दै आएको पूर्णागिरीमा बाँध निर्माण गरेमा अतिरिक्त १ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । रुपालीगाडमा बाँध निर्माण गर्दा कम विद्युत् उत्पादन भए पनि डढेल्धुराको जोगबुडा सिस्ररा आलिताल गाविस डुबानमा पर्छन् ।

पाचेश्वर गाविसमा पर्ने मुख्य बाँधबाट छाडिने पानीले बाढी तथा अन्य विपत्ति निम्त्याउने भएकाले पूर्णागिरी वा रुपालीमध्ये एक ठाउँमा बाँध बाँध्नुपर्ने अध्ययनले देखाएको छ । रि-रेगुलेटिङ बाँध निर्माण गरेपछि पाचेश्वर गाविसको बाँधबाट छाडिएको पानीलाई व्यवस्थापन गर्न सकिन्छ । पाचेश्वरको मुख्य बाँध ३ सय १५ मिटर अग्लो हुनेछ । त्यहाँ निर्माण गरिएको बाँधले बैतडी आसपासका १८ गाविससम्म डुबानमा पर्न सक्छन् ।

महतले पाचेश्वरको विषयमा यो साताभित्र प्रधानमन्त्रीसँग छलफल हुने जानकारी दिए । प्रधानमन्त्री माधवकुमार नेपालले पाचेश्वर परियोजना निर्माण गर्न भइरहेको ढिलाइप्रति भारतसँग कुरा गर्ने शुक्रबार संसदीय समितिलाई बताएका थिए । भ्रमणमा उर्जामन्त्री महत पनि सहभागी हुने छन् ।

पाचेश्वरको अन्य विवाद मिल्दै गएको महतले जानकारी दिए । ुभारतलाई एकदमै सकारात्मक पाएका छौंु उनले भने । पाचेश्वर विकास प्राधिकरणको कार्यालय नेपालमा राख्न आनाकानी गरिरहेको भारत कार्यालय यहीँ राख्न सहमत भइसकेको छ । त्यसको प्रमुख कार्यकारी प्रतिस्पर्धाका आधारमा नियुक्त गरिने उनले जानकारी दिए ।

मन्त्री महतका अनुसार आउँदो अगस्टमा हुने नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठकमा पाचेश्वर आयोजनाबारे विस्तृत छलफल हुनेछ । िसंचाइ सम्बन्धी अझै पनि केही विवाद भने टुंग्याउन बाँकी छ ।

नेपालको ३९ प्रतिशत लगानी रहने आयोजनाबाट नेपली ९३ हजार हेक्टर जमिन िसंचाइ गर्न पानी पाउनेछ । ६१ प्रतिशत लगानी गर्ने भारतले १६ लाख हेक्टर आफ्नो जमिनमा पानी पुर् याउन पाउनुपर्ने माग राख्दै आएको छ । यो विवाद सचिवस्तरीय स्थायी संयुक्त समिति र मन्त्रीस्तरीय आयोगको बैठकले टुंगो लगाउनेछ । बैठक आगामी भदौ तेस्रो साता हुनेछ ।

उत्पादित बिजुली भने नेपाल र भारतले आधा-आधा पाउनेछन् । पाचेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजना प्रमुख दिल्लीबहादुर िसंहले परियोजनाको अनुमानित निर्माण लागत ३ सय ४७ अर्ब अमेरिकी डलर रहेको बताए ।


लामो समयदेखि रोकिएको आयोजना अगाडि बढाउन यस पटकको बजेटमा ३ करोड रुपैयाँ रकम छुट्याइएको छ । १४ वर्षअघि निर्माण गर्ने भनिएको आयोजना राजनीतिक विवादमा मुछिएपछि यसअघिका बजेटमा परेको थिएन ।

परियोजना निर्माणपछि विद्युतबाट मात्रै नेपाललाई प्रतिवर्ष कम्तिमा ४५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने िसंहले बताए । उनले िसंचाइबाट ५ अर्ब ६९ करोड आम्दानी हुने जानकारी दिए । पाचेश्वर निर्माणपछि पर्यटन र माछापालनबाट वार्षिक १० अर्ब आम्दानी हुनेछ । कार्बन टे्रडिङ भएमा ४ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ ।

ुनिर्माण भएपछि नेपालले विद्युतलगायत अन्य गरेर वर्षेनी ६५ अर्ब ९१ करोड आम्दानी गर्नेछु उनले भने ुवर्षेनी हुने यो आम्दानीबाट हामी अन्य नयाँ परियोजना पनि थाल्न सक्छौं ।ु

महाकाली नदीमा बाँध बाधेर विद्युत उत्पादन गर्न २०५२ सालमा नेपाल-भारत सन्धि भएको थियो । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदनसमेत तयार हुन सकेको छैन । ुअब परियोजनाका केही काम अगाडि बढ्छन्ु मन्त्री महतले भने ।

No comments:

Post a Comment

thanks for comment