कमोडिटी कारोवारका लागि वेयरहाउस खोलिने

नागरिक संवाददाता
काठमाडौं साउन १८

सेयरजस्तै धातु तथा खाद्यान्न कमोडिटी को कारोवार गर्ने मर्कन्टाइल एक्सचेन्ज नेपाल मेक्स ले कृषकलाई उत्पादन उपयुक्त समय र मूल्यमा विक्री गर्नका लागि वेयर हाउसको व्यवस्था गर्ने भएको छ । ुवेयरहाउसका लागि ३ महिना अघिदेखि नै कार्य प्रारम्भ भइसकेको छु आइतवार पत्रकार संमेलनमा मेक्सका प्रबन्ध निर्देशक दीपेन्द्रकुमार खतिवडाले भने ।

कृषकले उत्पादनको मूल्य सस्तो भएको वेला वेयरहाउसमा राखेर महङो हुँदा कमोडिटी बजारमा विक्री गर्न सक्ने छन् । मेक्सले विराटनगर र नेपालगाजमा वेयरहाउस खोल्ने जनाएको छ । वेयरहाउसमा राखिएको उत्पादनमा कृषकले बैंकबाट ऋण पनि पाउँछन् । खाद्यान्न भण्डारण गरिने अन्य गोदाममा राखिएको उत्पादनमा ऋण पाइदैन ।

खतिवडाले आयात गरिने बस्तुको जोखिम न्यूनीकरणका लागि पनि बजार उपलब्ध गराइने बताए । ुक्रुड पामतेल िजंक आल्मुनियम फलामलगायतका बस्तुको कन्ट्राक्ट इस्पेसिफिकेसन तयार गरी कारोवारका लागि उपलब्ध गराइने छु उनले भने । बजारमा उपभोग हुने आयातित कच्चा पदार्थको मूल्यमा हुने उतार चढावका कारण हुने जोखिम घटाउन कन्ट्राक्ट तयार गरिन्छ ।

बजारको अवस्था देखाउने सुचकांकहरु तयार गरी त्यसलाई सूचना र कारोवार प्रयोजनका लागि उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । मेक्सले कृषि र बजार सूचकांकको कार्य सुरु गरिसकेको छ । उनले घरमा प्रयोग हुने केही अतिआवश्यकीय बस्तुको कृषि सूचकांक बनाइने बताए । बैंक व्याजदर मूल्यबृद्धि उपभोक्ता मूल्य सूचकांकको छुट्टै बजार सूचकांक तयार पारिने उनले जानकारी दिए ।

केही समयदेखि कमोडिटी मार्केटको विकास भइरहे पनि यस सम्वन्धि ऐन नियम तथा नियामक निकाय नहुँदा कारोवारमा असर परेको उनले बताए । उनले यससम्वन्धि ऐन र नियामक नहुँदा कसरी कमोडिटी बजारलाई अगाडि वढाउने भन्नेमा द्विविधा रहेको बताए । चालु आर्थिक बर्षको बजेटमा कमोडिटी बजारलाई नियमन गर्न नियमनकारी संस्था स्थापना गरिने उल्लेख छ ।

कमोडिटी बजारमा संलग्नले गत आर्थिक बर्षमा सरकारलाई १ करोड रुपैयाँ राजश्व वुझाएका थिए । अहिले कमोडिटीको कारोवार गर्ने ३ संस्था छन् । अहिले नेपालमा सुन चाँदी तामा जिङ्क र आल्मुनियमको कारोवार हुँदै आएको छ ।

No comments:

Post a Comment

thanks for comment