पाचेश्वर प्रमुख प्रतिस्पर्धाबाट

विद्युत्बाट बार्षिक ४५ अर्ब ८८ करोड नाफा
काठमाडौं साउन १३
नेपाल-भारतबिच पाचेश्वर विकास प्राधिकरणको प्रमुख प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अनौपचारिक सहमति भएको उर्जा मन्त्री प्रकासशरण महतले नागरिकलाई जानकारी दिएका छन् । ुभारतसँग प्राधिकरण कार्यालय नेपालमा राख्ने तथा त्यसको प्रमुख प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अनौपचारिक सहमति भइसकेको छु उनले भने ।

आउँदो अगस्टमा हुने नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठकमा पाचेश्वर आयोजनाका बारेमा विस्तृत छलफल हुने भएको छ । आयोजना दुवै देशको संयुक्त लगानीमा बन्नेछ ।

लामो समयदेखि रोकिएको पाचेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना साना-साना कुरामा अल्झेर बसेका कारण अगाडि बढ्न नसकेको उनले बताए । उनले पाचेश्वरलाई अगाडि बढाउन यस पटकको बजेटमा रकम छुट्याइएको जानकारी दिए । चालू बजेटमा ३ करोड रुपैयाँ छुट्याइएको छ । १४ वर्षअघि नै निर्माण गरिने भनिएको आयोजना राजनीतिक विवादमा तानिएपछि कुनै पनि बजेटमा यसका लागि रकम छुट्याइएको थिएन ।

महतले बजेटमा छुट्याइएको रकमबाट परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ुरकम थोरै भए पनि अहिलेसम्म नभएका काम अघि बढाउन यो रकम छुट्याइएको होु उनले भने । यो रकमले परियोजना साचालन हुने संकेत गर्छ ।

परियोजना निर्माणपछि विद्युतबाट मात्रै नेपाललाई प्रतिवर्ष कम्तिमा ४५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने आयोजना प्रमुख दिल्लीबहादुर िसंहले बताए । उनले िसंँचाइबाट ५ अर्ब ६९ करोड आम्दानी हुने जानकारी दिए । पाचेश्वर निर्माणपछि पर्यटनबाट ५ अर्ब तथा माछापालनबाट बर्षेनी ५ अर्ब नै आम्दानी हुने छ । कार्वन टे्रडिङ भएमा ४ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ ।

आयोजना सुरु भएपछि कैलाली र काचनपुर जिल्लाको ९३ हजार हेक्टर जमिनलाई सिँंचाइ सुविधा पुग्ने उनले बताए । ुनिर्माण भएपछि नेपालले विद्युतलगायत अन्य गरेर वर्षेनी ६५ अर्ब ९१ करोड आम्दानी गर्ने छु उनले भने ुवर्षेनी हुने यो आम्दानीबाट हामी अन्य नयाँ परियोजनाहरु पनि थाल्न सक्छौं ।ु

महाकाली नदीमा बाँध बाधेर विद्युत उत्पादन गर्न २०५२ सालमा नेपाल-भारतबीच सन्धि भएको थियो । तर अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदनसमेत तयार हुन सकेको छैन । ुअब परियोजनाका केही काम अगाडि बढ्छु मन्त्री महतले भने ुयसलाई सकारात्मक रुपमा लिनुपर्छ ।ु विस्तृत परियोजना प्रतिवेदनसमेत तयार हुन नसकेको पाचेश्वरलाई बजेटमा रकम छट्याएपछि त्यो तयार पार्न सहयोग पुग्ने उनले बताए ।

ुपाचेश्वरका विषयमा भारतलाई सकारात्मक पाएका छौंं । दुई देशबिचको विवाद पनि मिल्दै जाँदैछु उनले भने ुबाँकी विवाद पनि मिलाउँदै परियोजनालाई अगाडि बढाउनु पर्छ ।ु पाचेश्वर विकास प्राधिकरणको कार्यालय नेपालमा राख्न आनाकानी गरिरहेको भारत कार्यालय यहीँ राख्न राजी भइसकेको महतले जानकारी दिए ।

६ हजार ४ सय ८० मेगावाटको परियोजना निर्माणका लागि नेपालले ३९ प्रतिशत लगानी गर्नुपर्छ । ६१ प्रतिशत लगानी भारतले गर्ने छ । िसंहले परियोजनाको अनुमानित निर्माण लागत ३ सय ४७ अर्ब अमेरिकी डलर रहेको बताए । कूल लागतको ३९ प्रतिशत लगानी गरे पनि नेपालले ५० प्रतिशत अर्थात ३ हजार २ सय ४० मेगावाट बिजुली पाचेश्वरबाट पाउने छ ।

हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको नेपालमा त्यति ठूलो आयोजना निर्माण भएपछि त्यो पूरै घटेर विद्युत् निर्यात गर्न सकिनेछ । नेपालमा अहिले जलस्रोतबाट ५ सय ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । जलविद्युत् तथा तापीय गरेर ६ सय ५० मेगावाटसम्म विद्यत् उत्पादन हुन्छ । हिउँदमा ३ सय ५० मेगावाट मात्र हुन्छ । विद्युत्को माग वर्षेनी ८० मेगावाटले बढिरहेको छ । हाल ३ सय मेगावाट विद्युत् अपुग छ ।





No comments:

Post a Comment

thanks for comment