पाचेश्वर सुरु गरिने

पाचेश्वर सुरु गरिने
सुदर्शन सापकोटा, केशव लामिछाने
काठमाडौं साउन ११
लामो समयदेखि रोकिएको पाचेश्वर वहुउद्देश्यीय जलविद्युत् आयोजना चाँडै सुरु हुने उर्जा मन्त्री प्रकासशरण महतले जानकारी दिएका छन् । ुपाचेश्वरका बिषयमा भारतसँग कुरा मिलिसकेको छ । अब चाँडै सुरु हुन्छु उनले नागरिकसँग भने । १२ बर्षअघि नै निर्माण गरिने भनिएको आयोजना राजनीतिक विवादका कारण अघि वढ्न सकेको छैन ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको आयोजनाका बारेमा अब खासै विवाद नरहेको महतले बताए । ुसबै कुरा मिलिसकेको छु उनले भने ुअब अगस्टमा हुने नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठकमा बाँकी कुरा टुङगो लाग्ने छ ।ु महतले पाचेश्वर विकास प्राधिकरणको कार्यालय नेपालमा नै राख्ने विषयमा भारतले सहमति जनाइसकेको बताए ।

प्राधिकरण प्रमुख को हुने विषयमा अहिलेसम्म टुंगो लागिसकेको छैन । ुबैठकमा यो बिषयमा पनि टुङ्गो लाग्ने छु उनले भने ुहामीले भारतसँग प्रतिस्पर्धाको आधारमा प्रमुख नियुक्त गरौ भनेका छौ ।ु

महाकाली नदीमा बाँध वाधेर विद्युत् उत्पादन गर्न २०५२ सालमा दुई देशबिच सन्धि भएपनि अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदनसमेत तयार हुन सकेको छैन । नेपालका बामपन्थी दलहरुले सन्धीलाई राष्ट्रियता बेचिएको भन्दै विरोध गरेका थिए । नेपालमा व्यापक विरोध भएपछि भारत आयोजना निर्माणमा निष्कृय वसेको थियो ।

हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको नेपालमा ६ हजार मेगावाटको आयोजना निर्माण भएपछि त्यो पुरै घटेर विद्युत् निर्यात गर्न सकिने जलस्रोत विज्ञले बताए । नेपालमा ६ सय ५० मेगावाटसम्म विद्यत् उत्पादन हुन्छ । हिउँदमा ३ सय ५० मेगावाट मात्र हुन्छ । विद्युत्को माग बर्षेनी ८० मेगावाटले बढिरहेको छ । हाल ३ सय मेगावाट विद्युत् अपुग छ ।

पाचेश्वर आयोजना प्रमुख दिल्लीवहादुर िसंहले तीन तीन बर्षको अवधि तोकेर प्रमुख नियुक्त गर्ने बताए । उनले भने ुअहिले नै सबै कुरा मिलिसकेको छैन । हामीले प्रत्येक तीन बर्षमा एक अर्काले प्राधिकरणको नेतृत्व गर्नु पर्छ भनेका छौं ।ु

केही समयअघि नेपाल आएका भारतीय जलस्रोत मन्त्री पवनकुमार वंशलले नेपाल र भारतले मिलेर उर्जा उत्पादन गर्नु पर्ने बताएका थिए । उनले पाचेश्वर परियोजनालाई लक्षित गर्दै रोकिएका आयोजनालाई सहमति कायम गरी अघि वढाउनु पर्ने भनेका थिए ।

६ हजार मेगावाटको पाचेश्वर आयोजना निर्माण नहुँदा नेपाललाई बार्षिक १२ अर्ब रुपैयाँ नोक्सान भइरहेको उनले बताए । त्यसबाट प्रति किलोवाट ६ सय ३ डलरमा विद्युत् उत्पादन गर्न सकिन्छ । ुअन्य आयोजनाको तुलनामा यो सस्तो होु उनले भने ।

िसंहले पाचेश्वर आयोजनालाई आवश्यकताभन्दा वढी विवादमा ल्याइएको बताए । ुआयोजनाका बारेमा उत्पन्न विवाद पहिले पनि मिलाउन सकिन्थ्योु उनले भने ुपर्खेर बस्ने बानिका कारण निर्माणमा ढिलाइ भएको हो ।ुसन्धि हुँदा १७ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको खर्च अहिले बढेर ३० खर्व पुगेको छ ।

पछिल्लो पटक गत सेप्टेम्वरमा भएको तेस्रो जलस्रोत समितिको बैठकमा परियोजनाको खर्च दुबै देशले व्यहोर्ने सम्झौता भएको थियो । सम्झौतामा नेपाल र भारतका जलस्रोत सचिवले हस्ताक्षर गरेका थिए ।



No comments:

Post a Comment

thanks for comment