महँगो भयो मैदा

सुदर्शन सापकोटा, काठमाण्डौं साउन ११-
मैदा प्रतिकेजी डेढदेखि दुई रुपैयाँसम्म महँगो हुने भएको छ। सरकारले बजेटबाट मैदाको मूल्य अभिवृद्धि कर भ्याट मा दिँदै आएको छुट घटाएपछि महङो हुने भएको हो।

मैदामा दिदै आएको ५० प्रतिशत भ्याट छुट घटाएर २५ प्रतिशतमा झारेको छ । 'भ्याट छुट घटाएपछि थोक मूल्य प्रति क्विन्टल ८० रुपैयाँ महङो पर्छ'- नेपाल फ्लोर मिल्स् एशोसिएसनका अध्यक्ष कुमुदकुमार दुगडले नागरिकसँग भने ।

भ्याट छुट ५० प्रतिशत हुँदा पनि आधाजति मैदा मिल वन्द भएकोले व्यवसायीले भ्याट शुन्यमा झार्न आग्रह गरेका थिए। उनले बजेटबाट भ्याट छुट घटाएपछि साचालनमा रहेका उद्योग पनि बन्द हुने जानकारी दिए।

भारतले मैदामा कुनै कर लगाएको छैन। एशोसिएसनका अनुसार भारतीय उत्पादनभन्दा नेपाली मैदा प्रति क्विन्टल १ सय ५० रुपैयाँ महङो छ। 'कर छुट घटाएपछि नेपाली मैदाले भारतीयसँग प्रतिस्पर्धा गर्न सक्दैन'- उनले भने- 'चोरी पैठारी भएर भारतीय मैदा नेपाल आउने भएकाले नेपाली मिल संकटमा पर्नेछ ।' अहिले मुलुकमा २२ मध्ये १३ मैदा मिल मात्र साचालनमा छन्।

भारतले मैदाको कर छुट गरेपछि सिमावर्ती क्षेत्रमा भारतीय चलखेल सुरु भइसकेको उनले बताए। 'सीमाका चार स्थानमा भारतीयहरुले उद्योग खोलिसकेका छन्'- दुगडले भने। उनका अनुसार रक्सौलमा भारतीय मनकामना र सयम फ्लोर मिल साचालन छन् । सुनौलीमा जयसवाल फ्लोर मिल र नेपालगाजको रुपेडियामा सपना फ्लोर मिल नेपाललाई लक्षित गरेर खोलिएका छन्।

चौरी पैठारीका मैदा अहिले काठमाडौंसम्म आउन थालेको एशोसिएसनले जनाएको छ। 'केही वर्ष अघिसम्म सीमा क्षेत्रमा मात्र चोरी पैठारीका मैदा आउने गरेका थिए'- दुगडले भने 'अहिले चोरीपैठारीका मैदा काठमाडौंसम्म आउन थालेका छन्।'

आर्थिक बर्ष २०५७÷५८ सम्म नेपालले भारतमा मैदा निकासी गर्दै आएको थियो। '२०५७ सालसम्ममा हामीले मैदा भारत निकासी गरेका थियौ' उनले भने- 'अहिले भारतबाट अवैध आउँछ।'

उनका अनुसार भारतीय मैदा नेपाली बजारम कम गुणस्तरको आउने गरेको छ । 'अबैध मैदालाई अनुगमन भएको छैनुदुगडले भने ुनेपाली मैदा भने गुणस्तर मापदण्ड पुरा गरेर तोकिए अनुसार बजार आउँछ।'

No comments:

Post a Comment

thanks for comment