प्राधिकरणले ४ बर्षभित्र ६ सय मेगावाट विद्युत उत्पादन गर्ने


सुदर्शन सापकोटा
काठमाडौं भदौ २
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कम गर्न आफ्नै लगानीका ६ आयोजनालाई ४ बर्षभित्र सम्पन्न गर्ने भएको छ । चमेलिया कुलेखानी तेस्रो त्रिशुली त्रिए माथिल्लो त्रिशुली त्रिवी राहुघाट र नलस्याउगाड जलविद्युत आयोजना ४ बर्षभित्र निर्माण सम्पन्न गर्ने भएको छ ।

ुअहिलेकै अवस्थामा लोडसेडिङ कम गर्न भारतबाट आयात गर्नु पर्ने भएकाले त्यसलाई केही समयपछि कम गर्न ४ बर्षे लक्ष्य सहित आफ्नो लगानीका ६ आयोजना निर्माण शुरु भइसको छु प्राधिकरणका कार्यकारी निर्देशक जिवेन्द्र झाले भने । ६ सयभन्दा वढी मेगावाटको आयोजना प्राधिकरणले निर्माण गरिरहेकाले ४ बर्षभित्र लोडसेडिङ धेरै कम हुने उनले बताए । नेपालमा १६ लाख ७० हजार ६ सय १० परिवारले विद्युत उपभोग गरिरहेका छन् ।

अहिले पानीबाट ५ सय ३६ मेगावाट विद्युत उत्पादन भइरहेकॊ छ । कुल ८ सय १३ मेगावाट विद्युत आवश्यक भएको नेपालमा २ सय ७७ मेगावाट अपुग छ । बर्षेनी औषत ८० मेगावाटले विद्युत माग वढिरहेको प्राधिकरणले जनाएको छ ।

उनले ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण ठेक्का चाइना डाइभस्रन गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिएको जानकारी दिए । ग्रुपले आयोजनाको ३५ प्रतिशत काम सकिसकेको छ । यसले दुई प्रवेश सुरुङ एक डाइभस्रन सुरुङ दुई कनेक्टिङ सुरुङ र एक एरेशन सुरुङ निर्माण गरिसकेको झाले बताए ।

१४ मेगावाटको कुलेखानी तस्रो जलविद्युत आयोजनाको निर्माण २०११ सम्ममा सकिने झाले बताए । २ अर्ब ४३ करोड रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनाका सुरुङ निर्माण भइसकेको तथा विद्युत गृह निर्माण कार्य सुरु भएको छ ।

६० मेगावाटको त्रिशुली त्रिएका लागि परेको वोलपत्र प्राविधिक प्रस्तावको मूल्यांकन सकिन लागेको झाले जानकारी दिए । उनले आयोजना अर्को सुख्खायामबाट सुरु गरिने जानकारी दिए । माथिल्लो त्रिशुली त्रिवीको मस्यौदा वोलपत्र र नक्शा वनिसकेको बताए । यो आयोजना ३७ मेगावाट क्षमताको छ ।

३० मेगावाट राहुलघाट जलविद्युत अयोजनाका प्राविधिक काम अगाडि वढिसकेको छ । ४ बर्षभित्र यो आयोजना निर्माण गरिसक्ने प्राधिकरणले जनाएको छ । ४ सय मेगावाटको नल्स्याउगाड आयोजनाको प्राविधिक कार्यहरु अघिवढिरहेको झाले बताए । उनले ४० मेगावाटको माथिल्लो मोदी ए अयोजनाका लागि कोरियाली पब्लिक कम्पनीसँग लगानीकालाग वार्ता भइरहेको जानकारी दिए ।






No comments:

Post a Comment

thanks for comment